Wednesday, September 12, 2018

प्रतिभालाई सर्टिफिकेटले छेक्दैन

हरिबंश आचार्यको अभिनय हेरेर नहास्ने को छ । तर उनी SLC मा तिन पल्ट बल्ड्याङ खाएका मान्छे हुन् । रेखा थापाको फिल्म कल्ले हेरेको छैन । तर उनी हाइस्कुल ड्रप आउट सटूडेन्ट हुन् । यस्तै मिठो स्वरका धनी रामकृष्ण ढकालले जम्मा सात कक्षासम्म पढेका थिए ।

के रविन्द्रनाथ टैगोरलाई गितान्जली लेख्न कसैले सर्टिफिकेट माग्यो ? के कसैले वास्ता गर्छ कि पेलेले कतीसम्म पढेका थिए ? स्कुलनजादैमा थोमस एडिसनलाई केही फरक पर्यो ?

कलेजको पढाइ यदि तपाईको हितमा छैन भने त्यसलाई प्राथमिकता नदिनुहोस् । तपाईको मन चंगा खोज्छ तर स्कुलले ढुंगा दिन्छ भने त्यो के काम । माछाको ठाउमा सर्प पाइन्छ भने नलिएकै बेस ।

उजागर त तपाईको चाहनाको क्षेत्रलाई गर्नुहोस् । क्रिकेट खेलेर सनिन तेन्दुल्कर बन्नु छ भने त्यो छान्नुहोस् जसरी ब्रुस ली ले गरेका थिए । उनी अभिनयमा उठ्न चाहन्थे तर घाडो बनेको थियो कलेज । पछी उनले पढाइ त्यागे र प्रख्यात बने ।

पढाइ छोड्नु होइन, पढाइ जोड्नुपर्यो - सहि ठाउँमा । मेहेनत गर्ने हो, संघर्ष गर्ने हो, ठाउँ ठाउँमा परिक्षा पनि दिने हो तर मनले खाएको विषयमा मात्र ।

http://www.preraksansar.com.np/


http://aarthiknews.com/2016/10/11/67522/


अर्बपतीका बानि। कुन कुरामा हामि चुकी रहेका छौ ?

सफलता रातारात प्राप्त हुँदैन। जीवनमा सफल बन्नको लागि तपाईंमा लगनशीलता ,परिश्रम र अनुशासन अनिवार्य आवश्यकताका विषयहरु हुन्। विश्वका सफल व्यक्तिहरुमा कुनै न कुनै खास स्वभाव ,आनीबानी र व्यवहार रहेकै हुन्छ। अझ आफनै प्रयासबाट धनढ्य या सफल व्यक्तिहरुको स्वभाव अन्यको भन्दा  बिल्कुलै फरक हुने गरेको पाइन्छ। साधाणर मानिसबाट करोडपति या अर्बपति बनुन्जेल आफूलाई अनुशासित र संयमित बनाएका हुन्छन।
थोमस सी कार्ली भन्छन"धनि या गरिब ,खुशी या निराश तनाव या चंगा भई जीवनयापन ,राम्रा या खराब सम्बन्ध ,राम्रा या खराब स्वास्थ्य सबै तपाईंको स्वभावसँग सरोकार राख्ने विषयहरु हुन्।
'बिजनेस इन्साइडर' अनलाइन संस्कणले सन् २०१७ मा प्रकाशित गरेको कार्लिको रिपोर्टमा विश्वका सेल्फ-मेड साझा गुणहरुलाई उल्लेख गरेका छन्। रिपोर्ट अनुसार सफल उद्यमीहरु नियमित रूपमा पुस्तक पढ्ने ,व्यायाम गर्ने ,सफल व्यक्तिहरु संग नजिक रहने ,आफ्नो लक्ष्यलाई सधै पछ्याउने र एकाबिहानै उठ्ने गरेको पाइन्छ।
तेस्तै आम्दानीका विभिन्न स्रोतहरु खोजि गर्ने ,आफ्ना कमजोरी वा सफलताको जाच गर्ने ,सधै सकारात्म रहने असल शिष्टचार अपनाउने ,अरुलाई सफल हुन प्रेरित गरिराख्ने ,प्रत्येक दिन १५ देखि ३० मिनेट सोच्ने प्रतिक्रियाको प्रतिक्षामा रहने ,आफूले के चाहेको हो ? तेसबारे मनन् गर्ने ,जोखिमको मुल्यांकन गर्ने मनोरन्जनको साटो शिक्षित हुन पुस्तकहरु बढी पढ्ने , अरुको राम्रो बानि वा स्वभाव आफूमा विकसित गरेको पाइयो।त्यस्तै सफल उद्यमीहरु आफ्नो लक्ष्य आफै निर्धारण गर्दछन। त्यसलाई पछ्याउन 'पागल 'बन्छन। अर्जुन दृष्टिका आफ्नो लक्ष्य प्राप्तिका लागि सधै अग्रसर हुन्छन।

भाटभटेनीका मीनबहादुर गुरुङले सफलता पाउनुको १० रहस्य

नेपाल बैंकको जागीर छाडेर चौबीस वर्षअघि सानो ब्यापारमा लागेका मीनबहादुर गुरुङ कसरी नेपालको सुपर मार्केटको ब्यवशायका अग्रणी बने रु उनको ब्यापार ब्यवशाय अविच्छिन्न रुपमा देशब्यापी हुनु पछाडिका कारण के हुन् रु नाम र दामसंगै भाटभटेनी सुपरमार्केटलाई सुपर बनाउन मीनले प्रदर्शन गरेको जादु अचम्मको मात्र छैन, ज्ञानवर्दक पनि छ ।
भाटभटेनी सुपरमार्केटका शुरुवातकर्ता र संचालक मीनबहादुर गुरुंगसंग आफ्ना एमबिए अध्ययन गर्दै गरेका विद्यार्थीहरुको केही जिज्ञासा रहेको बताउँदा उनी एकदमै खुशी भए । विद्यार्थीहरु भविष्यका हरेक क्षेत्रका वास्तविक नेता भएकाले आफू उनीहरुसंग कुराकानी, वहस र छलफलमार्फत विचार आदानप्रदान गर्न सदैब तयार रहेको उनले बताए । उनीसंगको बसाई र कुराकानी एक उद्यमीसंग भन्दा बढी ब्यापार ब्यवशायका प्राज्ञिक व्यक्तित्व, उद्यमशीलताका लगनशील प्राध्यापकसंग वार्तालाप गरिरहेको अनुभूति भैरह्यो ।
कुराकानीको सार यही स्तम्भमार्फत व्यवस्थापनका विद्यार्थी, अन्य उद्यमी र सर्वसाधारणहरुसम्म पु¥याउन सकियोस् भनी उनको जीवनको लामो यात्राका कथाहरु खोतल्ने प्रयास गरिएको हो । उनी उनका पुराना केही साथीहरुसंगै यो लेखकसंग आफ्रनो साठी वर्षे जीवनका भोगाई, अनुभव र सिकाईहरु सफलताका गाथाका रुपमा सुनाउँदै गए
को हुन् मीनबहादुर गुरुङ्ग ?
दूर्गम पहाडी जिल्ला खोटाङ्गको एक विकट गाउँमा मध्यम बर्गीय किसान परिवारमा बि।सं।२०१४ सालमा जन्मिएका मीनबहादुर गुरुङ्गले विद्यालय स्तरको शिक्षा गाउँमै पाए । एसएलसी पश्चात महेन्द्र बहुमुखी क्याम्पस धरानबाट आईए पास गरि २०३१ सालमा उनी काठमाण्डौ प्रवेश गरे । २०३२ सालमा खुल्ला प्रतिस्पर्धाबाट नेपाल बैंकमा कार्यसहायक पदमा जागिर शुरु गरे ।
बैंकको जागीरमा मात्र उनी भुलेनन् । २०३४ सालमा त्रि–चन्द्र कलेजको रात्रीकालिन कक्षामा भर्ना भई आफ्नो अध्ययनलाई निरन्तरता दिई बीए पास गरे । नियमीत बैंकको काम गर्दा गर्दै केहि समय बेतलबी विदा समेत लिई उनले त्रिभुबन विश्वविद्यालय केन्द्रिय क्याम्पस किर्तिपुरबाट २०३९ सालमा अर्थशास्त्रमा एमए पास गरे ।
२०५० सालमा नेपाल बैंकको अधिकृत पञ्चम (सहायक प्रबन्धक) पदबाट राजीनामा गरेर जागिर छाडे । जागिर पश्चात भाटभटेनी, नक्सालमा सामान्य तर सम्पूर्ण उपभोग्य सामानहरुको खुद्रा बिक्रिकक्ष सहितको डिपार्टमेन्टल स्टोर खोलेर ब्यवशायमा लागे । उनी रुपमा उद्यमी÷व्यापारी बने ।
जागिरपछि व्यापार
विश्व प्रसिद्ध खुद्रा व्यापारीक संस्था डिपार्टमेन्ट स्टोर वालमार्ट, आहदा जस्तै सम्पूर्ण उपभोग्य सामाग्रीहरु उपलब्धहुने र ग्राहकहरुले खुद्रा मुल्यमा आफ्नो आबश्यकता, चाहना र उपलब्धताको आधारमा उपभोग्य सामाग्रीहरु एकै स्थान वा एउटै छाना मुनीबाट किन्न सक्ने व्यवस्था सहितको डिपार्टमेन्ट स्टोर भाटभटेनी सुपरमार्केट, २०५० साल भाद्र १ गते बिधिवत उद्धघाटन भयो ।
सुपरमार्केट शुरु गर्नु भन्दा पाँच बर्ष पहिल्यैदेखि गुरुङ्गकी धर्मपत्नीले भाटभटेनीमा नै दुईबटा पसल ९कवल० भाडामा लिई खुद्रा पसल कोल्डस्टोर सञ्चालन गदै आएकी थिईन् । ब्यापारको त्यही अनुभवले जागिर गरेर मात्र जीवन निर्वाह मात्र हुन्छ, केही गर्न सकिन्न भन्ने बुझेर उनी जागीर छाडेर व्यापार व्यावसायमा लागेका हुन् । उसो त जागिर गर्दा गर्दै पनि उनले पत्नीले शुरुगरेको पसलमा विहान, बेलुकी र विदाको समयमा पर्याप्त समय दिंदै आएका थिए । तर जुन दिन उनले नेपाल बैंकको जागिर छाडे, त्यसै दिनदेखि उनी आफ्नो व्यापार ब्यवशायमा पूर्णकालिन बनेर लागे ।
त्यस दिनदेखि उनी अविच्छिन्न रुपमा व्यापार व्यावसायमा छाएका छन् । उनले पछाडि फर्केर हेर्नु परेको छैन । नाम र दाम दुबै कमाएका छन् र आफ्नो नाम सुपरमार्केट ब्यवशायमा रोशन गरिरहेका छन् । सुप्रसिद्ध व्यापारीको रुपमा राष्ट्रिय ख्याती कमाएका छन् । शीर्षस्थानमा स्थापित भएका छन् ।

भाटभटेनी सुपरमार्केट
काठमाण्डौको नक्सालस्थित भाटभटेनी मन्दीरको दक्षिण पूर्व आग्नय दिशामा भाटभटेनी सुपरमार्केटको नाममा पच्चीस वर्षअघि शुरु भएको डिपार्टमेन्ट स्टोर अहिले देशका प्रमुख शहरहरुमा विस्तार हुँदै आफ्नै भवनमा सञ्चालनमा आईरहेको छ ।
काठमाण्डौ भाटभटेनीमा मात्र ११ रोपनी क्षेत्रफलमा फैलिएको डिपार्टमेन्ट स्टोर देशका प्रमुख शहरहरुमा एकपछि अर्को शाखा विस्तार गरिरहेको छ । त्रिपुरेश्वर बाहेक भाटभटेनी, महाराजगञ्ज, बालाजु, चुच्चेपाटि, कोटेश्वर, कृष्णगल्ली–पाटन, कलंकी, भक्तपुर, पोखरा, बुटवल, चितवन र धरानमा आफ्नै जग्गामा बनेका भवनहरुमा सञ्चालनमा रहेका छन् ।
भाटभटेनीको व्यापारमा पाँच हजारको संख्यामा नेपाली नागरिकहरुले रोजगारी पाईरहेका छन् । आम उपभोक्ताले आफ्नो रुची र आबश्यकताका सामान एकै स्थानमा पाईरहेका छन् । उनले गर्वका साथ भने, २०३१ सालमा खोटाङ्गबाट खालिहात काठमाण्डौ छिरेको ठिटोले अहिले पाँच हजार भाई बहिनीहरुलाई रोजगारी दिन सकेको छु । यो भन्दा ठूलो गौरव मेरो लागि के हुन सक्छ रु
सफलताको खोजी
सकारात्मक सोधखोजको प्रश्नको ढाँचा बमोजिम उनको सफलताको कथा खोजियो । पहिलो खोज । कुन त्यस्तो तत्व हो जसले उनलाई व्यवसायमा लागि रहन र सफलता हासिलगर्न सम्भव भईरहेको छ रु
मुस्कुराउँदै उनले भने, मेरो आत्मैदेखि यो मानव चोला सित्तिमित्ति पाएको होईन । यो चोलामा आफू बाँचुञ्जेल असल काम गरिरहनुपर्छ । यस्तो भावना कता कताबाट मनमा आईरहन्छ कुन्नि ?
त्यसो त म आफैं पनि सफल खुद्रा व्यापारीहरुको सफलताका कथाहरु पढ्ने गर्छु । अन्य सफल व्यक्तिहरुको जीवनी पनि खोजीखोजी पढ्ने आदत पनि होला मेरो सफलताको रहस्यको एउटा पाटो १ अरुको सफलता पढ्यो अनि त्यसबाट प्रभावित बनेर आफू सफल बन्न निरन्तर लागि रह्यो । यसो गर्दा आफैंमा सफलता आउँदो पो रहेछ, मलाई त यस्तो पो लाग्न थालेको छ, उनले भने ।
हेर्नुहोस्, एकै दिनमा ६५ हजार वटा बील काट्ने सफलता पाइयो । इमान्दार बनेर काम ग¥यो भने के हुँदो रहेनछ रु सफलता नै सफलता खोज्दै आउदो रहेछ, उनी मज्जाले हाँसिरहे ।
सफलताका लागि हामीले भाटभटेनीमा तीन ‘स’ भन्ने गरेका छौ । भाटभटेनीको तीन स हो– सफा, सहज र सस्तो । सफा ठाउ, गुणस्तरीय सामान र आमउपभोक्ताले सहजै र सस्तो मूल्यमा खरिद गर्न सकुन् भन्ने धारणालाई हामीले आफ्नो मूल मन्त्र बनाएका छौं, उनले सजीलै भने ।
भविष्यको सपना
दोश्रो खोज हो, सपना १ गुरुंगको भविष्यको सपना के रहेको छ रु जवाफमा उनले सहजै भनी पनि हाले, म सामान्य किसान परिवारको छोरो हुँ । मेरो सपना भनेकै मेरो खुद्रा व्यापार आगामी दश बर्ष भित्रमा ७५वटै जिल्लाहरुमा भाटभटेनी फैलाऊँ भन्ने नै हो ।
त्यसबाहेक देशका सबैजसो साना ठूला शहरहरुमा समेत भाटभटेनीका शाखा खोल्न सकांै । २४० वटा शाखा मार्फत देशभरका उपभोक्ताहरुलाई गुणस्तरीय सामान तुलनात्मक रुपमा सस्तो मूल्यमा सहज तथा अविच्छिन्न रुपले उपलब्ध गराउँन सकौं ।
सामाजीक तथा साँस्कृतिक क्षेत्रमा समेत जनताले महसुश गर्ने खालका स्वास्थ्य सम्बन्धी केही सेवाहरु उपलब्ध गराउँन सकौं । कम्तीमा पचास हजार नागरिकहरुलाई प्रत्यक्ष रोजगारी दिन सकौं । देशलाई सबै भन्दा धेरै कर तिर्ने करदाता बन्न सकौं । यहि हो, मेरो दश बर्षको सपना १
सपना प्राप्तिको योजना
तेश्रो चरणमा उनका सपना पुरा गर्ने के कस्ता योजना छन् भनी सोधियो । उनले बीना हिचकिचाहट प्रष्ट्याए, व्यावसायको विस्तारको लागि र सपना पूरागर्न मसँग व्यावशायिक एवं प्राविधिक साथीहरुको टिम छ । आबश्यकता अनुसारको वित्तीय सहयोग प्राप्त भैरहेको छ । भोली पनि पाई रहनेछु भन्ने विश्वास ममा उत्तिकै छ ।
जग्गा किन्दै, भबन बनाउँदै, व्यापार विस्तार गर्दैछु । सबै काम योजना अनुसार नै भैरहेका छन् । मैले बनाएको योजना समय सिमा भन्दा पहिल्यै सम्पन्न हुने गरेका छन् । म योजना अनुसार नै चल्ने ब्यक्ति भएको हँुदा भविष्यको लक्ष्य प्राप्तिको लागि नयाँ नयाँ योजनाहरु साथ अगाडि बढि रहेको छु । यसको डिजाईन तन, मन र धन लगाएर गरिरहेकोछु ।
योजना कार्यान्वयनको सुनिश्चितता
चौथो चरणमा, उनको योजना कार्यान्वयनको सुनिश्चिता, प्रतिवद्धताका बारेमा जिज्ञासा राखियो । यसको पनि सहज जवाफ दिँदै उनले भने, ईमान्दारीता, कडा परिश्रम र निरन्तरताकासाथ योजना अनुसारको कार्ययोजना ‘एक्सनप्लान’ अनुसार प्राथमिकता र आवश्यकता अनुसार काम गर्दै जाने हो भने अबश्य लक्ष्यमा पुगिन्छ भन्ने विश्वास ममा छ ।
उद्यमशील सफलताका दश आधार
भाटभटेनीको विस्तार, मीनबहादुरको उद्यमशीलता र सफलतालाई सुत्रबद्ध गर्ने कोशिस गरियो । यसमा उनीसँगै उनका निकटस्थ रहेर काम गरेका उनका साथीहरुसँग पनि छलफल गरियो । उनका आनीबानी र स्वाभावप्रति चीरपरिचितहरुसँग छलफल गरियो ।
छलफलका निश्कर्षहरुलाई व्यवहार विज्ञानको कसीबाट विष्लेषण गर्दा ज्यादै रोमाञ्चित हुने खालका निम्न दश बुँदागत निश्कर्ष निष्किएका छन् ः
पहिलो – इमान्दारीता
मीनबहादुरसँग बर्षौंदेखि व्यवहार गर्दै आएका उनका अन्तरङ्ग मित्रको अनुभवमा उद्यमशील व्यक्तिको र व्यावशायिक सफलताको पहिलो कडि नै ईमान्दारीता हो । जबसम्म व्यक्ति स्वयम्मा र उसको व्यावहारमा ईमान्दार रहिरहन्छ, बोली र व्यावहार एउटै हुन्छ अनि उ सफल हुन्छ ।
व्यक्तिगत सफलता र व्यावशायिक सफलताको पहिलो आधार भनेकै ईमान्दारीता हो । मीनबहादुर गायत्री मन्त्र झै यसलाई जपिरहने मात्र होइन, कठोर बनेर व्यवहारमा उतार्दा पनि रहेछन् ।
दोश्रो – मेहनत र कडा परिश्रम
एकदिन भित्रको चौबीस घण्टामा आबश्यकता अनुसार बाह्रदेखि अठार घण्टासम्म खट्न सक्ने उद्यमशील व्यक्तिले छिट्टै सफलता हातपार्न सक्छ भन्ने मान्यता स्थापित भयो, मीनबहादुरको कडा परिश्रम गर्ने बानीले । उनलाई आफ्नो कामबाट कमै थकान लाग्छ ।
स्वयम् भन्छन्, विहान ८–९बजे देखि काममा लागिन्छ र बेलुकी ९ः३० सम्म त निरन्तर नै काममा खटिइन्छ । अनि, कडा परिश्रम गर्ने आदतले गर्दा राती एघार नबज्दै मस्तसंग निदाईन्छ । कडा परिश्रम गर्नु र गहिरो निन्द्रा पर्नु भनेको स्वास्थ र सफलताको अर्को कडि हो ।
तेस्रो– बज्र आर्थिक अनुशासन
व्यावशायिक र व्यक्तिगत जीवनमा प्राप्त हुने सफलताको अर्को आयाम नै बज्र आर्थिक अनुशासन भएको बताउँछन्, मीनबहादुर । उनीसंगै बैंकमा जागीर खाएका र जागीर छोडेपछि पनि उनीसँग व्यवहार गरिरहेकाहरु मध्येका एक बैंकरले हाकाहाकी भने, मीनबहादुर यस्ता ऋणी हुन् जसले तोकिएको समयमा तिर्नुपर्ने समय अर्थात डटमा रकम जम्मा गरिसक्छन् । गुण पेमेन्ट सिष्टममा छन् । गुड क्लाईन्ट हुन् ।
यतिसुनेपछि संगैरहेका मीनबहादुरका अर्का साथीले थपीहाले–व्यावशायिक जीवन र व्यक्तिगत जीबन दुबैमा उनको बज्र आर्थिक अनुसाशन कायम रहने गरेका छन् । उनको सफलताको अर्को आधार भनेकै कठोर आर्थिक अनुशासन हो । आर्थिक मामिलामा उनी कहिल्यै तलमाथी हुन दिदैनन् । जस्तै कठिन अबस्थामा पनि आफ्नो प्रतिवद्धता सधै पुरा गर्छन् ।
गुरुङ्गले लामोसमयदेखिका टिप्पणीकार साथीहरुतिर हेर्दै भनिहाले, घाँटिहेरी हाड निल्ने बानि गरे, आर्थिक अनुशासन पालना भैहाल्छ नि १
चौथो – निरन्तरता
संगै रहेका उनका अनन्य मित्रको सुनाए, कुनै समय मीनबहादुर भनिरहन्थे, होइन निरन्तर लागि रह्यो भने हेरीहेरी पनि ढुङ्गा पगाल्न सकिन्छ है १ काममा सफलता आउन थालेपछि भन्ने साहस पनि आउँदो रहेछ । उद्यमशील व्यवशायीको सफलताको अर्को आधार व्यावसाय वा पेशा प्रतिको निष्ठा हो । भनौंन, आफ्नो कामप्रतिको निरन्तरता नै हो । धैर्यता पूर्वक अविचलित कर्ममा लाग्नु नै निरन्तरता हो ।
पाँचौं– सरल जीवनशैली
शुरुदेखि नै मीनबहादुरको जीवनशैलीबाट अत्यन्त प्रभावित उनका मित्रले भनि त हाले, उसको लवाई, खवाई, बोली चाली, भाषा शैली, बस्उठ् रहन सहन यति सरल र सादगी छ कि नजिकबाट नचिन्ने र व्यवहार नगर्नेले पत्तो नै पाउँदैन कि यो व्यक्ति यति धनी र सफल व्यावसायी हो भनेर । वास्तविक समाजसेवीहरुको झै सादा जीवन उच्च बिचार नै उसको सफलताको महत्वपूर्ण अर्को कडि हो ।
उनका नजीकका आफन्त भन्दा रहेछन्, मीनबहादुर मात्रै होइनन् उनकी धर्मपत्नी, छोरा बुहारी, छोरी ज्वाई, नजिकका ईष्ट मित्रहरुमा समेत उनको सरलपन र सादगी जीवनशैलीको प्रभाव झल्कन्छ ।
छैठौं – सिक्ने उत्सुकता र अभ्यास
मीनबहादुर सफल व्यक्तिहरुको जीवनी खोजीखोजी पढि रहँदा रहेछन् । नयाँ नयाँ विषय बस्तु र आविष्कारहरुको बारेमा पनि उनलाई उत्तीकै चासो रहेछ । खोजी गर्ने र सिक्न तत्पर हुने मीनबहादुरको बानी नै बसेको रहेछ ।
त्यसवाहेक उनी नयाँ नयाँ पुस्तकहरु पनि पढि रहने रहेछन् । आफूले घुमेका देशहरु ९उनले विश्वका पचासांै देश घुमेका छन्० मा भएका नयाँ नयाँ कुराहरु बारे उनी जानकारी राखिरहने मात्र होइन, त्यसका बारेमा फलोअप पनि गरिरहने बानी रहेछ । निरन्तर सिकिरहने, अध्ययन गरिरहने बानी सफलताको लागि उर्जा हुने रहेछ ।
सातौं – समय व्यवस्थापन र श्रोतसाधनको अधिकतम उपयोग
संसारमा उपलब्ध श्रोत साधनहरुमा अत्यन्तै दुर्लभ साधन हो, समय १ समयको महत्व राम्रोसँग बुझेका छन् उनले । सयमको सधैं ख्याल गर्दारहेछन् । उनले भनिपनि हाले, सयम बलबान छ ।
समयले श्रोत साधनलाई प्रभाव पार्छ भन्ने देख्न र व्यवहार गर्न खप्पिस रहेछन् उनी । उनका एक मित्रले भनी पनि हाले, समय व्यवस्थापन र अन्य श्रोत साधनको सहि सदुपयोग गर्न मीनबहादुरको दैनिकी र विधि व्यवहार हे¥यो भने आफू पनि सफल हुइन्छ जस्तो लाग्छ, हाँस्दै उनले दावी नै गरे ।
आफ्नो भनाइको पुष्टी गर्दै उनले भने, उनी बैंकमा कामगर्दा कर्मचारी युनियनमा पनि संलग्न थिए तर यूनियनको अफिसमा पनि जो साथीहरु बीना काम गफ गरेर बसेको देख्ने यिनको पारा तातिहाल्थ्यो । फोकटिया गफाडीलाई उनी देखिसहन्न थिए । उनले ठट्यौलो पारामै थपे, लौ मीनबहादुर आयो है भनेपछि गफिहरु हच्कन्थे ।
अर्का मित्रले थपिहाले, मीनले समयको महत्व अचम्मसंग हामीलाई बुझाएका थिए । मीन दशैंको टिकाको दिन र तिहारको भाईटिकाको दिनमात्र चाड मनाउँछन् । चाड भनेर हप्तौं भोज भतेर पार्टि गर्ने प्रबृत्तिका सख्त विरोधी हुन है मीन । आजभोलि बदलीएकी उनैलाई सोध्नुपर्छ भनेर उनी मज्जासंग खितखिताएर हाँसे ।
मीनले मसिनो स्वरमा भने, बानी उही छ मित्र, बदलिएको छैन । उमेरमा नबललिएको बानी बुढेसकालमा के परिवर्तन हुन्थ्यो रु
आठौं – जीवनप्रति सकारात्मक दृष्टिकोण र सहयोगी व्यवहार
मीनबहादुर सार्थक जीवन जिउनुपर्छ भन्ने मान्यता राख्दा रहेछन् । उनले भने, मानिसको जन्म लिएपछि मानवको हितहुने काममा निरन्तर लागि रहनु पर्छ । असल कर्म गर्नुपर्छ । सेवा भाव राख्नुपर्छ ।
मीनले स्वास्थ्य, शिक्षाको क्षेत्रमा ठूलो धनराशी खर्चेका छन् । शिक्षण अस्पताल महाराजगञ्जमा इमर्जेन्सी सेवा सञ्चलन निम्ति भवन सहित सेवा सुविधा प्रदान गरेका छन् । विभिन्न दुर्गम जिल्लाबाट उच्चतम् अंक ल्याई चिकित्साक्षेत्रमा अध्ययन गर्नेहरुलाई आफ्नै खर्चमा डाक्टर पढाईरहेका छन् । अहिलेसम्म मीनले ६५ जनालाई डाक्टर पढाइसकेका छन् । मीनबहादुरका साथीहरु भन्छन्, मीनबहादुरले आफ्ना नजिकका थुप्रै साथीहरुलाई घर बनाउन र विरामी पर्दा आर्थिक सापटि पनि दिने गरेका छन् ।
त्यो पनि निव्र्याजी, उनका एक मित्रले प्रष्ट्याउदै भने । मैले घरबनाउन लाग्दा अलिकति पैसाको गाह्रो परेको थियो । मीनजीले भनेको अहिले पनि मेरो कानमा गुन्जीरहेको छ, मेरो साथी बिरामी पर्दा र घर बनाउँदा पनि मैले उसलाई सहयोग गर्न सक्दिन भने म कसरी उस्को साथी हुन्छु रु तपाई पत्याउनु हुन्छ, उनले दिएको त्यो सापटि दशबर्ष पछि मात्र मैले फिर्ता गरें । ब्याज मरिगए लिएनन् ।
नवौं –सात्वीक भोजन र निद्रा
आहार निद्रा भय मैथुन त जुनसुकै प्राणीमा हुने कुरा हो । तर मानिसमा हुनुपर्ने आहार, विहार र विचार हो –आध्यात्मिक विषयमा चासो राख्नेहरुले दोहो¥याइरहने भनाइ हो यो । मीनबहादुर सधैं योगाभ्यास गर्दा रहेछन् । भने, जस्तो भोजन ग¥यो, त्यस्तै विचार आउँछ र ब्यवहार पनि हुन्छ ।
यही पूर्वीय मान्यता पहिल्याउदै मीन जप, तप, ध्यान, पुजा पाठ नियमित गर्दा रहेछन् । सात्वीक भोजन उनको आहार रहेछ । गहिरो निन्द्रा -(मस्त)ले अहिले पनि उनी निदाउदा रहेछन् । जाँड, रक्सी, चुरोट, सुर्ती केहिका अम्मली रहेनछन् ।
उनको संगतले आफूले रक्सी छोडेको बताउँदै एक व्यावसायीले भने सात्वीक भोजन र निद्रा व्यक्तिको सफलता र सार्थक जीवनको एक कडि हो । हामीले त छँदैछ, मीनबहादुरसँग अहिलेको उपभोक्तावादी समाजले यो बानी सिक्ने हो भने उसको जीवनमा परिवर्तन संभव छ ।
दशौं – निरन्तर अनुगमन
भोली गर्ने काम आज गर्ने । भरे गर्ने काम अहिल्यै गर्ने । अब गर्ने भनिएको तत्कालै गरिहाल्ने अभ्यास गर्दा रहेछन् मीनबहादुर । त्यसैले कसैलाई दिईएको जिम्मेवारी समयमा पूरा भयो कि भएन रु उनी नियमित अनुगमन गर्दा रहेछन् । त्यसैले भाटभटेनीमा कुरा होइन, काम हुनेरहेछ । त्यहाँ कार्यरत मेनेजरदेखि कामदारसम्म जुनसुकैबेला काममा दत्तचित्त हुनुको रहस्य यो पो रहेछ १ मीनबहादुरको सफलताको अर्को कडि रहेछ, निरन्तर अनुगमन !

एक विचार जसले तपाईको जीवन वदल्न सक्छ

1) ‘रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ ।

2) मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले सिध्याइहाल्छु.. … उसलाई साथी बनाएर ।

3) शहर र गाउँमा दुई फरक छन ।

(i). शहरमा घरहरू नजिक नजिक हुन्छन तर मनहरू टाढा टाढा हुन्छन, गाउँमा घरहरू टाढा टाढा हुन्छन तर मनहरू नजिक नजिक हुन्छन ।

(ii). शहरमा घरहरू पक्का हुन्छन तर सम्बन्ध कच्चा हुन्छन,गाउँमा घरहरू कच्चा हुन्छन तर सम्बन्धहरू पक्का हुन्छन ।

4) मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।

5) दुनियामा यौटा पनि समस्या नभएको मान्छे को होला ? -एक जना रैछ तर ऊ आर्यघाटमा जल्दै थियो ।

6) क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले जलाउन नसकेको कागजलाई यौटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै त्यै सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ । यदि हाम्रो दिमाग हजारतिर छरियो भने बर्षौ लगाए पनि यौटा काम राम्रो बन्दैन, यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनुस
यसरी केन्द्रित हुनुस ताकि तपाइको दिमागबाट पनि आगो बर्षियोस ।

7) कुनै पनि मान्छे असाधारण हुँदैन, सबै मान्छे हामीजस्तै हो सामान्य, ….तर सहि समयमा सहि निर्णय लिँदा उनिहरु असाधारण बन्छन ! यो यौटा कला हो !

8)मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन किनकी पहाडबाट निस्केको नदिले कहिल्यै कसैसंग सोधेको छैनकि”समून्द्र कहाँ पर्छ?”

9)नदीमा हामफाल्दैमा कसैको मृत्यु हुदैन।मृत्यु त तब हुन्छ जब पौडिन आउदैन !परिस्थिति कहिल्यै समस्या बन्दैन, समस्या तब बन्छ
जब हामीलाई परिस्थितिसँग जुध्न आउदैन !

10)परिस्थिती आफ्नो अनुकुल भएन भनेर गुनासो गर्नुको सट्टा आफूलाई मजबूत बनाउन तिर लाग्नु सबैभन्दा राम्रो हुन्छ, किनकी संसारको नियम नै यस्तो छ कि-“जब हावा चल्छ त्यस्ले बल्ल तल्ल बल्दै गरेको झुपडिको दियोलाई निभाइदिन्छ भने पहिल्यै सल्किसकेको जङ्गलको आगोलाई झनै दन्काइदिन्छ ।”

11)यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस ,सिद्धान्त होइन ,किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन….

12)जिवनमा जतिनै दुख परेपनि कहिल्यै नआतिनु किनकी विहान हुनको लागी उषाका किरण संगै शितका थोपा झर्नु पर्छ अनि खुशि हुनको लागी दुई नयनविच ऑशुका थोपा वग्नु पर्छ..!!

13) लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ । तर आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ।

14)तिमी कसैको कामको त्यो बेला आलोचना गर जब तिमी उ भन्दा अब्बल सग काम गर्न सक्छौ । आलोचना भनेको आगो जस्तो हुनुभएन जसले कागजलाई नै खरानी बनाओस् बरु कैची जस्तो होस् । ताकि कागज काटेर आवश्यकता अनुसारको बनाउन सकियोस् !”

15)हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा।

16)देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्रायः देखिदैनन्।

17) )जो भुइमा सुत्दछ ऊ खाटबाट खस्न सक्दैन ।

18)मीठो गीत वा फिल्म वा साहित्य वा स्मृतिले आँसु झर्छन् भने सम्झिनुस् हृदय ढुङ्गा भइसकेको छैन ।

19)कति सम्बन्ध तिहारमा पकाएको सेल जस्तो हुन्छन्। नयाँ हुँदा खासै टेस पर्दैन तर जति बासी भयो त्यत्तीनै मिठो।

20)मुस्कुराई रहनु नै सत्रुलाई सजाय हो ।

21)असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन् ।

22)बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ ।

23)सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।

24)हामीलाई लामखुट्टेले होइन हाम्रै अल्छ्याइले टोक्छ ।

25) सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।

26)सबैभन्दा सस्तो औषधि हास्य हो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधि खान बाध्य भइन्छ ।

27)सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।

28)अविवाहितहरू प्रेमको प्रभावले बर्बाद हुन्छन्, विवाहितहरू प्रेमको अभावमा बर्बाद हुन्छन् ।

29)एक्लो मान्छेले बाटोमा हिँड्दाहिँड्दै जव केही सम्झेर खिस्स हाँस्छ, सबैभन्दा मीठो त्यही हाँसो लाग्छ ।

30)जुन रोगको उपचारै छैन त्यही रोगको उपचार गर्ने अनगिन्ती डाक्टर निक्लिन्छन्। अनि जुन समस्याको समाधानै छैन त्यसैको सल्लाह दिने अनगिन्ती सल्लाहकार निक्लिन्छन्।

31)चिया गुलियोमा गुलियो पनि हुन सक्छ, कडामा कडापनि। मान्छेपनि चियाजस्तै हुनुपर्छ, आवश्यक ठाउँमा गुलियो, नभए कडा !

32)हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।

33) जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।

34)हज्जारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाढ्दा बढ्ने गर्छ ।

35)हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ ।

36)हावाले भरीएको बेलुन र घमण्डले भरीएको मान्छे उस्ता उस्तै हुन , जसलाई फुटाउनै पर्दैन , आफै फुट्छ।

37)हर कसैले चाहन्छ कि सबैले उसको प्रशंसा गरोस ..!! तर , यो ईच्छा अन्तिम संस्कार हुने दिनमा मात्र पूरा हुन्छ

38)” खिचडी ” एउटा यस्तो डीस हो,जुन मान्छेको घरमा कम र दिमागमा धेरै पाक्ने गर्छ!

39)केही झारपात जस्ता मान्छे जीवनबाट उखेलेर फल्दिनुस् । तबमात्र तपाईंको साथी सर्कलले भरिएको बगैंचा सुन्दर देखिन्छ।

40)सपना साँचो हुनका लागि सपना देख्न जरूरी छ ।

41)तपाईका महत्वकांक्षामाथि प्रहार गर्ने मान्छेदेखि टाढै बस्नुस्, कमजोर मान्छेहरू त्यस्तै गर्छन् । शक्तिशाली मान्छेहरू भने तपाईलाई
पनि उनीहरू जस्तै बनाउन उत्प्रेरित गर्दछन् ।

42) जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ ।

42)हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।

43) साना कुरामा भरोसा गर्नेहरूले सानै कुरामा जिन्दगी दिन्छन्, ठूला कुरामा भरोसा गर्नेहरूले ठूलै कुराको लागि जिन्दगी दिन्छन् ।

44)असफलताका दुइ कारण छन् – एक, कसैको सल्लाह नमान्नु र अर्को सबैको सल्लाह मान्नु ।

45)कामलाई भोलीको बाहानामा पन्छ्याउनु नै मानिसको सबैभन्दा ठूलो गल्ती हो ।

46)सफलता त्यो जमिनमुनीको पानी हो जुन सय ठाँउमा एक मिटर खन्नाले मिल्दैन बल्की एक ठाँउमा सय मिटर खन्नाले मिल्दछ ।

47) यो संसारलाई जान्नेहरूले भन्दा बेसी गर्नेहरूले उन्नत बनाएका हुन् ।

48)तिम्रो डर गुरूत्वबल जस्तै हो जसले माथी चढ्न बाधा पुर्याउछ भने तल खस्न सहयोग ।

49)जिन्दगी उनीहरूको बर्बाद हुने हो जसले उन्नत बनाउन कुनै प्रयाश गर्दैनन् ।

50)प्रायः मानिसहरू यो भ्रममा बाचिरहेका हुन्छन् की सफलता संघर्षमा होइन भाग्यमा अडेकोवहुन्छ ।

51)उज्यालोमा त सबैले साथ दिन खोज्छन, तर असल:साथी त्यो हो जसले अध्यरोमा पनि साथ दिन्छ ।

52)प्रायः मानिसहरू टाकुरा चढ्ने सपना त देख्छन् तर घर; अगाडीको तगारो नाघी अघि बढ्ने हिम्मत गर्न सक्दैनन् ।

53)आफू भित्रको संसार चियाउन सक्नुपर्छ, तब’बाहिरी संसार फिक्का लाग्नेछ ।

54)असंभव भन्ने कुरो वास्तवमा हाम्रो भ्रम मात्र हो ।

55)धनी हुनलाई ‘सम्पत्तीको थुप्रो’ होइन, ‘सन्तुष्ट मन’ चाहिन्छ । जब जिन्दगीमा तृप्ती मिल्छ तब साग- सिस्नु नै व्यञ्जन लाग्छ, झुपडी नै महल ।

56)गुलावको बोटमा पनि काडा छ, चम्किलो चन्द्रमालाई पनि कालो दागले छोडेको छैन । देवकोटा पनि चुरोट पिउथे, हेमिंग्वे रक्सी खान्थे । नकरात्मकता हामी सबैभित्र हुन्छ तर हाम्रो प्रयत्न भनेको सकरात्मकताले त्यसलाई जित्नु हो ।

57) हामीले मन्दिरमा पैसा चढाउदैमा कहिल्यै;धर्म हुदैन, धर्म त त्यो सेवा हो जुन बाटोमा सहयोगको याचना गरिरहेका भोका पेटहरूलाई चढाउदामा मिल्छ ।

58)विश्व बदल्नु अघि देश बदल, देश बदल्नुअघि आफ्नो समाज बदल, समाज बदल्नु अघि आफ्नो परिवार बदल परिवार बदल्नु अघि आफैलाई बदल । आफूलाई बदल्नका लागि आफ्नो सोच बदल । लक्ष्य जती नै उच्च भए पनि सुरूवात आफैबाट गर ।

59)जसले आफ्नो आत्मालाई ढाट्छ, उसले संसारलाई ढाट्न रत्तीभर पनि डर मान्दैन ।

60)निराशाले चारैतिरबाट घेरा हालेका बेला आफ्नो सफलता र उपलब्धिको सम्झना गर्नुपर्छ। आफ्नो असफलताका बारेमा सोचेर बस्नुहुँदैन। अब केही पनि गर्न सकिँदैन भन्नुको साटो असफलतालाई खुसीसाथ स्वीकार गर्नुपर्छ। त्यसपछि एउटा नयाँ र राम्रो सुरुवातले तपाईंको
बाटो पर्खिरहेको छ।

61) नकारात्मक विचारधारा भएका मानिसहरूबाट पनि केही सिक्न सकिन्छ, जसरी रातपछि दिन आउँछ ठीक त्यस्तै असफलतापछि सफलता मिल्छ।

62) कसैले आफ्नो आलोचना गर्छ भने त्यसमा पटक्कै ध्यान दिनुहुँदैन। बरु त्यो व्यक्तिका बारेमा सोच्नुपर्छ जसले आफूप्रति विश्वास गर्छ।

63)सबैलाई प्रेम गर, थोरैलाई विश्वस गर र कसैलाई पनि हानी नगर ।

65)यहाँ न असल छ न त खराब नै असल-खराब त हाम्रो सोचाइको उपज हो ।

66) एउटा रित्तो भाडोले नै ज्यादा आवाज निकाल्छ ।

67) हामी को हौं, यो हामीलाई थाहा छ तर के हामी के बन्न सक्छौ यो थाहा छैन ।

68)सफलताका तीन सूत्रहरू छन्, एक, कहिल्यै हरेस नखाउ, दुई, कहिल्यै हरेस नखाउ र तीन कहिल्यै हरेस नखाउ ।

69) यदि हामीले विगत र वर्तमान बिचको विवादलाई हेरिरह्यौ भने आफ्नो भविष्य गुमाएको पाउनेछौ ।

70)हावाको चाप जती बढी हुन्छ उतीनै चंगा माथी उड्न सक्छ ।

71)हामी अव्यक्त शब्दका मालिक हौं तर ति शब्दहरूको नोकर जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए ।

72) राजनीति कुनै खेल होइन, यो त कमाइ हुने व्यापार हो ।

73) इतिहास सधै विजेताहरूबाट लेखिएको हुन्छ ।

74)एक्लो रूख यदि पूर्णरूपमा उम्रन्छ भने बलियो भएर उम्रन्छ ।

75)मैले यो जाने की साहस भनेको नडराउनु मात्र रहेनछ बल्की डर माथी विजय पाउनु रहेछ । बहादुर त्यो होइन जो डराउदैन, बहादुर त त्यो हो जो डरको बाबजुद अघी बढ्दछ ।

76) एउटा ठूलो पहाड चढेपछी बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन् ।

77) जबसम्म काम समाप्त हुदैन तबसम्म त्यो असंभव लाग्दछ ।

78)शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसेल विश्व बदल्न सक्दछ ।

79)मानिसको सौभाग्य भनेको थोरै भए पनि आफ्नो योजनामा बाँच्न जुर्नु हो ।

80) सत्यको अन्वेषण सर्वोत्कृष्ट आनन्द हो । म त्यसैको खोजीमा छु ।

81)विवेक मात्र दुर्लभ छ । अविवेक मात्र सर्वसुलभ छ।

82)मानव मनको सबैभन्दा ठूलो समस्या के हो भनेर सोध्नेलाई म भन्छु, बोली र व्यवहारमा फरक ।

83)हृदयमा प्रेम जगाइराख । प्रेम विनाको जीवन सूर्यको अनुपस्थितीमा लोलाएको फूलको वृक्ष जस्तै हुन्छ ।

84) साँचो मित्रले सधै तिमीलाई अघि बढ्न मद्दत गरिरहन्छ ।

85)अनुभव भनेको हाम्रा गल्तिहरूलाई दिइएको साधारण नाम हो ।

86)हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।

87)आशा जागा अवस्थाको सपना हो ।

88) शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ ।

89)हाम्रा खुसीहरू हामीमै निर्भर रहेका हुन्छन् ।

90)म त्यसलाई बहादुर मान्छु जसले आफैलाई जित्न सक्छ तर त्यसलाई होइन जसले शत्रूलाई जित्दछ ।

91)जीवनभर हामी तितो टर्रो फिक्का चियासँग लड्छौँ र अन्तिम चुस्कीतिर मात्र चाल पाउँछौ- हत्तेरी, चिनी त कपको पिँधमा जस्ताको तस्तै पो रहेछ । हाम्रो जीवनलाई सबसे मीठो बनाउने सबै चिजबिज हामीसँगै छन मात्र हामीले आफ्नो कपमा चम्चा चलाउन भुलेका हौ, कप मष्तिस्कको प्रतीक हो।

92)हाम्रो व्यवहार गणितको शुन्य जस्तै हुनु पर्छ । जुन आफैमा मुल्यवान त हुदैन । तर अरू संग जोडिनदा त्यसको मुल्य बढाईदिन्छ।

93)कसैले सोध्यो “जीवन के हो ? ” अति उत्तम उत्तर ,जब मान्छेले जन्म लिन्छ उसित सास त हुन्छ तर कुनै नाम हुदैन र जब मान्छेको मृत्यु हुन्छ तब उसित नाम त हुन्छ तर सास हुदैन । यही सास र नामको बिचको यात्रालाइ जीवन भनिन्छ।

94)हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा ।

95)हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।

96)मनमा रिस पालिरहुन भनेको अर्कामाथि फ्याक्ने उद्येश्यले आगोको कोइला हातमा लिनुजस्तो हो , आखिर जल्ने त तिमी आफै हो।

97)यदि तपाईसँग मीठो भोक र गहिरो निद्रा छ भने सम्झिनुहोस तपाई सबसे धनी व्यक्ति हो ।

98)तिम्रो सफलताको बाधक

* तिम्रो सफलताको बाधक धन होइन, किनभने चार्ली च्याप्लीन देखि लिएर मोजार्ट, रकेफेलर गरिब थिए ।

* तिम्रो सफलताको बाधक विद्यालयी शिक्षा होइन, किनभने थोमस एडीसन, मेक्सिम गोर्की, एन्ड्रयु कारनेगी विद्यालय नै गएका थिएनन् ।

* तिम्रो सफलताको बाधक परिवारको साथ नहुनु होइन, किनभने अब्दुल कलाम, हेनरिक इब्सन परिवाराट टाढीनुपरेको थियो ।

* तिम्रो सफलताको बाधक शारीरिक असक्षमता होइन -स्टेफन हकिङ, होमर, जोन मिल्टन, झमक घिमीरे सबै अपांग थिए ।

* तिम्रो सफलताको बाधक कसैको सहयोग नपाउनु होइन, किनभने वाल्ट डिज्नी, मेक्सिम गोर्की, क्रिष्टफोर कोलम्बसलाई सबैले सहयोग गर्न अस्विकार गरेका थिए ।

* तिम्रो सफलताको बाधक बारम्बारको असफलता होइन एडिसन, अब्राहम लिंकन, क्युरी दम्पती अमिताभ बच्चन बारम्बार असफल भएका थिए ।

* तिम्रो सफलताको बाधक त तिमी स्वयं हौ जसले अघि बढ्नुमा संघर्ष गर्नुमा बाहाना देखाउदछ । तिम्रो असफलताको बाधक त तिम्रो क्षिण सोचाइ हो, कायरता हो, अल्छी प्रवृत्ती हो, आत्मविश्वास नहुनु हो, सुरक्षा खोज्नु हो….।

तिमी सिवाय यो ब्रह्माण्डमा तिम्रो सपनालाई कुल्चाउन सक्ने कुनै दोश्रो ताकत छैन ।

99) म कसो नबनुला ?

– खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।

– ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।

– कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।

– वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।

– सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने ।

– साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।

– सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने ।

– भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।

– चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।

– दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।

– कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।

– कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।

– सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।

– लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।

– लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।

– मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।

– घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।

– पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।

– खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।

– अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।

– कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।

– कुनैबेला तुना-चप्पल र जाँगे लगाइ हिड्ने बाबुराम भट्टराई नेपालको प्रधानमन्त्री बने ।

– गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।

– SLC पास रेखा थापा चर्चित नायिका बनिन् ।

– तिन पटक SLC फेल हिरवंश आचार्य नामी कलाकार बने ।

– पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।

– कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।

– स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।

– झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने ।

– थर्ड डिभिजनमा SLC पास गरेका महात्मा गान्धी विश्व नेता बने ।

– तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।

– हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।

– दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्पती बने ।

– कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।

– मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने । भने …

प्रयाश गर्ने हो भने, म चाँही कसो केही बन्न नसकुला र ?

100)सफलताका दश शत्रहरु

(i)आफ्नो लक्ष्य निर्धारण गर्नुहोस र सधै त्यसमा कठिबद्द भएर लाग्नुहोस् ।

(ii)डरलाई सधैभरि जित्नुहोस । म सफल बन्दिन, यो काम गर्न सक्दिन, ममा खुबि र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने भावनालाई आजैदेखी टाढा राख्नुहोस् ।

(iii)धैर्यशिल रहनुहोस् । एक रात मै सफल हुन सकिदैन भन्ने तथ्य बुझ्नुहोस् र लगातारको मेहनतले नै सफलता देखाउने हो भन्ने कुरालाई ख्याल गर्नुहोस् ।

(iv)धेरै सोचेर र प्लान गरेर नबस्नुहोस् । कुनै काम गर्नु छ भने त्यसलाई तरुन्तै सम्पन्न गर्नुहोस् ।

(v)सधै खुल्ला सोच राख्नुहोस् । जीवनमा सफलता पाउन धरै बाटाहरु रहेको तथ्य नभुल्नहोस् ।

(vi)सफल व्यक्तिको जिवनीबाट पाइने एउटा ज्ञान भनेको स्याक्रिफाइज हो । त्यसैले केही ठूलो पाउन ससाना कुरा गुमाउनपर्छ भने नडराउनु होस् । त्यस्तै टिभी, इन्टरनेट, अनावश्यक घुमघाम र खराब बानीबाट टाढा बस्नुहोस् ।

(vii) आफू सहि बाटोमा छु कि छुइन भनेर सधैभरी सचेत रहनुहोस् । यदि गलत बाटोमा हुनुहुन्छ भने जति मेहनत गरेपनि त्यसले तपाईको लक्ष्यमा केही महत्व राख्दैन ।

(viii) लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाकी छ भन्दा पनि कति बाटो हिडिसके भनेर सधैभरी ख्याल राख्नहोस् । यसले एकातर्फ आफूले गरेको मेहनत सम्झाउछ भने अर्को तर्फ लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ ।

(ix)मानिसलाई सफलताको लागि पैसाको पनि आवश्यकता पर्छ । आफूसँग भएको पैसा सधै सही ठाउँमा मात्र प्रयोग गर्नुहोस् ।

(x)सधैभरि आफूलाई बुझ्ने र सहयोग गर्ने साथीहरुको माझमा मात्र बस्नुहोस् ।

…. सफलता तपाईको मुठ्ठीमा छ ।

बिश्व प्रशिद्द भनाईहरु भाग -२ जो तपाईहरुलाई पनि काम लाग्न सक्छ:-

१,कुलीन कन्या कुरुप भए पनि बिबाह गर्नु, सुन्दर तर तल्लो संस्कार भएकी स्वास्नी मानिस संग कहिले बिबाह नगर्नु – (मनु)
२, एक थोपा मसिले लाखौं मानिसमा विचार उत्पन्न गर्न सक्छ -(वयरन)
३, तिमि छोटो समयको लागि जनताहरुलाई मुर्ख बनाउन सक्छौ, केहीलाई सँधैका लागि बनाउन सक्छौ तर सबैलाई सधैका लागि मुर्ख बनाउन सक्दैनौ –
(अब्राहम लिंकन )
४, ठुलो मानिसका लागि जेल बनाउनु भन्दा बालकका लागि स्कुल बनाउनु बेस हो-
(एलिजा कुक )
५, मलाई असल आमा देऊ म तिमीलाई असल राष्ट्र दिन्छु -(नेपोलियन )
६, ईश्वर भ्रस्ट हुन्छ तर ईर्ष्यालु हुदैन -(आइस्टाइन)
७, कसै बाट उपकार माग्नु आफ्नो स्वाभिमान बेच्नु सरह हो -(गान्धी )
८, जति लाभ भयो उति लोभ बढ्दछ -(उत्तरा ध्ययन)
१०, कपाल फुल्दैमा कोहि बुढो हुदैन -(मनु स्मृति )
११, सत्य पाउनु भन्दा जोगाउन कठिन हुन्छ-(हजारी प्रसाद दिब्बेदी)
१२, ठिक समयमा गरिएको थोरै कामले पनि धेरै प्रतिफल दिन सक्छ -(योग
बशिस्ठ)
१३, भोको भए पनि बाघले घाँस खाँदैन -(चाणक्य )
१४, बिपरित अबस्थामा पुगेको बेला मित्र पनि सत्रु बन्न सक्छन -(क्षुद्रक)
१५, किराले अन्नलाई जस्तै कपट्ले मानिसलाई नस्ट गर्छ -(साईबाबा)
१६, आफ्नो सामु अरुको निन्दा गर्नेले अरुको सामु आफ्नो पनि निन्दा गर्दछ –
(शेख सादी)
१७, कसैको गुणलाई प्रशंसा गर्न समय खेर नफाल उसको गुणलाई अपनाउने प्रयत्न गर -(कार्ल मार्क्स)
१८, मैले नेपालको हिमाल चिनेको छु, सबै भन्दा बढी त बहादुर नेपालीलाई चिनेको
छु -(माओ)
१९, जब कुनै क्षणमा रिस उठ्न थाल्छ, त्यसबेला त्यसको परिणाममा बिचार गर –
(कन्फ्युसियस)
२०, क्रान्ति सानो चिज होइन, तर सानो चिज बाट सुरु हुन्छ -(अरस्तु)
२१, मेरा प्यारा सैनिकलाई संसारका कुनै सेना संग लडाउन रत्तिभर पनि डर मान्दिन, तर गोरखा सैनिकको नाम सुन्नसाथ् मेरो मुटु थर्कमान हुन्छ -( जर्मन
सम्राट कैजर विलियम )
२२, गोर्खालीहरु साना कदका हुन्छन तर उनीहरुमा अदम्ब्य साहस हुन्छ -(लर्ड नेपियारे)
२३, गोरखा सैनिकले ईतिहाँसमा छुट्टै र गरिमामय स्थान ओगट्न पुगेका छन् –
(एलिजावेथ दित्तिया)