सफलता रातारात प्राप्त हुँदैन। जीवनमा सफल बन्नको लागि तपाईंमा लगनशीलता ,परिश्रम र अनुशासन अनिवार्य आवश्यकताका विषयहरु हुन्। विश्वका सफल व्यक्तिहरुमा कुनै न कुनै खास स्वभाव ,आनीबानी र व्यवहार रहेकै हुन्छ। अझ आफनै प्रयासबाट धनढ्य या सफल व्यक्तिहरुको स्वभाव अन्यको भन्दा बिल्कुलै फरक हुने गरेको पाइन्छ। साधाणर मानिसबाट करोडपति या अर्बपति बनुन्जेल आफूलाई अनुशासित र संयमित बनाएका हुन्छन।
थोमस सी कार्ली भन्छन"धनि या गरिब ,खुशी या निराश तनाव या चंगा भई जीवनयापन ,राम्रा या खराब सम्बन्ध ,राम्रा या खराब स्वास्थ्य सबै तपाईंको स्वभावसँग सरोकार राख्ने विषयहरु हुन्।
'बिजनेस इन्साइडर' अनलाइन संस्कणले सन् २०१७ मा प्रकाशित गरेको कार्लिको रिपोर्टमा विश्वका सेल्फ-मेड साझा गुणहरुलाई उल्लेख गरेका छन्। रिपोर्ट अनुसार सफल उद्यमीहरु नियमित रूपमा पुस्तक पढ्ने ,व्यायाम गर्ने ,सफल व्यक्तिहरु संग नजिक रहने ,आफ्नो लक्ष्यलाई सधै पछ्याउने र एकाबिहानै उठ्ने गरेको पाइन्छ।
तेस्तै आम्दानीका विभिन्न स्रोतहरु खोजि गर्ने ,आफ्ना कमजोरी वा सफलताको जाच गर्ने ,सधै सकारात्म रहने असल शिष्टचार अपनाउने ,अरुलाई सफल हुन प्रेरित गरिराख्ने ,प्रत्येक दिन १५ देखि ३० मिनेट सोच्ने प्रतिक्रियाको प्रतिक्षामा रहने ,आफूले के चाहेको हो ? तेसबारे मनन् गर्ने ,जोखिमको मुल्यांकन गर्ने मनोरन्जनको साटो शिक्षित हुन पुस्तकहरु बढी पढ्ने , अरुको राम्रो बानि वा स्वभाव आफूमा विकसित गरेको पाइयो।त्यस्तै सफल उद्यमीहरु आफ्नो लक्ष्य आफै निर्धारण गर्दछन। त्यसलाई पछ्याउन 'पागल 'बन्छन। अर्जुन दृष्टिका आफ्नो लक्ष्य प्राप्तिका लागि सधै अग्रसर हुन्छन।
No comments:
Post a Comment