Wednesday, September 12, 2018

एक विचार जसले तपाईको जीवन वदल्न सक्छ

1) ‘रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ ।

2) मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले सिध्याइहाल्छु.. … उसलाई साथी बनाएर ।

3) शहर र गाउँमा दुई फरक छन ।

(i). शहरमा घरहरू नजिक नजिक हुन्छन तर मनहरू टाढा टाढा हुन्छन, गाउँमा घरहरू टाढा टाढा हुन्छन तर मनहरू नजिक नजिक हुन्छन ।

(ii). शहरमा घरहरू पक्का हुन्छन तर सम्बन्ध कच्चा हुन्छन,गाउँमा घरहरू कच्चा हुन्छन तर सम्बन्धहरू पक्का हुन्छन ।

4) मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।

5) दुनियामा यौटा पनि समस्या नभएको मान्छे को होला ? -एक जना रैछ तर ऊ आर्यघाटमा जल्दै थियो ।

6) क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले जलाउन नसकेको कागजलाई यौटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै त्यै सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ । यदि हाम्रो दिमाग हजारतिर छरियो भने बर्षौ लगाए पनि यौटा काम राम्रो बन्दैन, यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनुस
यसरी केन्द्रित हुनुस ताकि तपाइको दिमागबाट पनि आगो बर्षियोस ।

7) कुनै पनि मान्छे असाधारण हुँदैन, सबै मान्छे हामीजस्तै हो सामान्य, ….तर सहि समयमा सहि निर्णय लिँदा उनिहरु असाधारण बन्छन ! यो यौटा कला हो !

8)मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन किनकी पहाडबाट निस्केको नदिले कहिल्यै कसैसंग सोधेको छैनकि”समून्द्र कहाँ पर्छ?”

9)नदीमा हामफाल्दैमा कसैको मृत्यु हुदैन।मृत्यु त तब हुन्छ जब पौडिन आउदैन !परिस्थिति कहिल्यै समस्या बन्दैन, समस्या तब बन्छ
जब हामीलाई परिस्थितिसँग जुध्न आउदैन !

10)परिस्थिती आफ्नो अनुकुल भएन भनेर गुनासो गर्नुको सट्टा आफूलाई मजबूत बनाउन तिर लाग्नु सबैभन्दा राम्रो हुन्छ, किनकी संसारको नियम नै यस्तो छ कि-“जब हावा चल्छ त्यस्ले बल्ल तल्ल बल्दै गरेको झुपडिको दियोलाई निभाइदिन्छ भने पहिल्यै सल्किसकेको जङ्गलको आगोलाई झनै दन्काइदिन्छ ।”

11)यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस ,सिद्धान्त होइन ,किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन….

12)जिवनमा जतिनै दुख परेपनि कहिल्यै नआतिनु किनकी विहान हुनको लागी उषाका किरण संगै शितका थोपा झर्नु पर्छ अनि खुशि हुनको लागी दुई नयनविच ऑशुका थोपा वग्नु पर्छ..!!

13) लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ । तर आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ।

14)तिमी कसैको कामको त्यो बेला आलोचना गर जब तिमी उ भन्दा अब्बल सग काम गर्न सक्छौ । आलोचना भनेको आगो जस्तो हुनुभएन जसले कागजलाई नै खरानी बनाओस् बरु कैची जस्तो होस् । ताकि कागज काटेर आवश्यकता अनुसारको बनाउन सकियोस् !”

15)हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा।

16)देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्रायः देखिदैनन्।

17) )जो भुइमा सुत्दछ ऊ खाटबाट खस्न सक्दैन ।

18)मीठो गीत वा फिल्म वा साहित्य वा स्मृतिले आँसु झर्छन् भने सम्झिनुस् हृदय ढुङ्गा भइसकेको छैन ।

19)कति सम्बन्ध तिहारमा पकाएको सेल जस्तो हुन्छन्। नयाँ हुँदा खासै टेस पर्दैन तर जति बासी भयो त्यत्तीनै मिठो।

20)मुस्कुराई रहनु नै सत्रुलाई सजाय हो ।

21)असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन् ।

22)बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ ।

23)सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।

24)हामीलाई लामखुट्टेले होइन हाम्रै अल्छ्याइले टोक्छ ।

25) सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।

26)सबैभन्दा सस्तो औषधि हास्य हो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधि खान बाध्य भइन्छ ।

27)सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।

28)अविवाहितहरू प्रेमको प्रभावले बर्बाद हुन्छन्, विवाहितहरू प्रेमको अभावमा बर्बाद हुन्छन् ।

29)एक्लो मान्छेले बाटोमा हिँड्दाहिँड्दै जव केही सम्झेर खिस्स हाँस्छ, सबैभन्दा मीठो त्यही हाँसो लाग्छ ।

30)जुन रोगको उपचारै छैन त्यही रोगको उपचार गर्ने अनगिन्ती डाक्टर निक्लिन्छन्। अनि जुन समस्याको समाधानै छैन त्यसैको सल्लाह दिने अनगिन्ती सल्लाहकार निक्लिन्छन्।

31)चिया गुलियोमा गुलियो पनि हुन सक्छ, कडामा कडापनि। मान्छेपनि चियाजस्तै हुनुपर्छ, आवश्यक ठाउँमा गुलियो, नभए कडा !

32)हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।

33) जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।

34)हज्जारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाढ्दा बढ्ने गर्छ ।

35)हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ ।

36)हावाले भरीएको बेलुन र घमण्डले भरीएको मान्छे उस्ता उस्तै हुन , जसलाई फुटाउनै पर्दैन , आफै फुट्छ।

37)हर कसैले चाहन्छ कि सबैले उसको प्रशंसा गरोस ..!! तर , यो ईच्छा अन्तिम संस्कार हुने दिनमा मात्र पूरा हुन्छ

38)” खिचडी ” एउटा यस्तो डीस हो,जुन मान्छेको घरमा कम र दिमागमा धेरै पाक्ने गर्छ!

39)केही झारपात जस्ता मान्छे जीवनबाट उखेलेर फल्दिनुस् । तबमात्र तपाईंको साथी सर्कलले भरिएको बगैंचा सुन्दर देखिन्छ।

40)सपना साँचो हुनका लागि सपना देख्न जरूरी छ ।

41)तपाईका महत्वकांक्षामाथि प्रहार गर्ने मान्छेदेखि टाढै बस्नुस्, कमजोर मान्छेहरू त्यस्तै गर्छन् । शक्तिशाली मान्छेहरू भने तपाईलाई
पनि उनीहरू जस्तै बनाउन उत्प्रेरित गर्दछन् ।

42) जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ ।

42)हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।

43) साना कुरामा भरोसा गर्नेहरूले सानै कुरामा जिन्दगी दिन्छन्, ठूला कुरामा भरोसा गर्नेहरूले ठूलै कुराको लागि जिन्दगी दिन्छन् ।

44)असफलताका दुइ कारण छन् – एक, कसैको सल्लाह नमान्नु र अर्को सबैको सल्लाह मान्नु ।

45)कामलाई भोलीको बाहानामा पन्छ्याउनु नै मानिसको सबैभन्दा ठूलो गल्ती हो ।

46)सफलता त्यो जमिनमुनीको पानी हो जुन सय ठाँउमा एक मिटर खन्नाले मिल्दैन बल्की एक ठाँउमा सय मिटर खन्नाले मिल्दछ ।

47) यो संसारलाई जान्नेहरूले भन्दा बेसी गर्नेहरूले उन्नत बनाएका हुन् ।

48)तिम्रो डर गुरूत्वबल जस्तै हो जसले माथी चढ्न बाधा पुर्याउछ भने तल खस्न सहयोग ।

49)जिन्दगी उनीहरूको बर्बाद हुने हो जसले उन्नत बनाउन कुनै प्रयाश गर्दैनन् ।

50)प्रायः मानिसहरू यो भ्रममा बाचिरहेका हुन्छन् की सफलता संघर्षमा होइन भाग्यमा अडेकोवहुन्छ ।

51)उज्यालोमा त सबैले साथ दिन खोज्छन, तर असल:साथी त्यो हो जसले अध्यरोमा पनि साथ दिन्छ ।

52)प्रायः मानिसहरू टाकुरा चढ्ने सपना त देख्छन् तर घर; अगाडीको तगारो नाघी अघि बढ्ने हिम्मत गर्न सक्दैनन् ।

53)आफू भित्रको संसार चियाउन सक्नुपर्छ, तब’बाहिरी संसार फिक्का लाग्नेछ ।

54)असंभव भन्ने कुरो वास्तवमा हाम्रो भ्रम मात्र हो ।

55)धनी हुनलाई ‘सम्पत्तीको थुप्रो’ होइन, ‘सन्तुष्ट मन’ चाहिन्छ । जब जिन्दगीमा तृप्ती मिल्छ तब साग- सिस्नु नै व्यञ्जन लाग्छ, झुपडी नै महल ।

56)गुलावको बोटमा पनि काडा छ, चम्किलो चन्द्रमालाई पनि कालो दागले छोडेको छैन । देवकोटा पनि चुरोट पिउथे, हेमिंग्वे रक्सी खान्थे । नकरात्मकता हामी सबैभित्र हुन्छ तर हाम्रो प्रयत्न भनेको सकरात्मकताले त्यसलाई जित्नु हो ।

57) हामीले मन्दिरमा पैसा चढाउदैमा कहिल्यै;धर्म हुदैन, धर्म त त्यो सेवा हो जुन बाटोमा सहयोगको याचना गरिरहेका भोका पेटहरूलाई चढाउदामा मिल्छ ।

58)विश्व बदल्नु अघि देश बदल, देश बदल्नुअघि आफ्नो समाज बदल, समाज बदल्नु अघि आफ्नो परिवार बदल परिवार बदल्नु अघि आफैलाई बदल । आफूलाई बदल्नका लागि आफ्नो सोच बदल । लक्ष्य जती नै उच्च भए पनि सुरूवात आफैबाट गर ।

59)जसले आफ्नो आत्मालाई ढाट्छ, उसले संसारलाई ढाट्न रत्तीभर पनि डर मान्दैन ।

60)निराशाले चारैतिरबाट घेरा हालेका बेला आफ्नो सफलता र उपलब्धिको सम्झना गर्नुपर्छ। आफ्नो असफलताका बारेमा सोचेर बस्नुहुँदैन। अब केही पनि गर्न सकिँदैन भन्नुको साटो असफलतालाई खुसीसाथ स्वीकार गर्नुपर्छ। त्यसपछि एउटा नयाँ र राम्रो सुरुवातले तपाईंको
बाटो पर्खिरहेको छ।

61) नकारात्मक विचारधारा भएका मानिसहरूबाट पनि केही सिक्न सकिन्छ, जसरी रातपछि दिन आउँछ ठीक त्यस्तै असफलतापछि सफलता मिल्छ।

62) कसैले आफ्नो आलोचना गर्छ भने त्यसमा पटक्कै ध्यान दिनुहुँदैन। बरु त्यो व्यक्तिका बारेमा सोच्नुपर्छ जसले आफूप्रति विश्वास गर्छ।

63)सबैलाई प्रेम गर, थोरैलाई विश्वस गर र कसैलाई पनि हानी नगर ।

65)यहाँ न असल छ न त खराब नै असल-खराब त हाम्रो सोचाइको उपज हो ।

66) एउटा रित्तो भाडोले नै ज्यादा आवाज निकाल्छ ।

67) हामी को हौं, यो हामीलाई थाहा छ तर के हामी के बन्न सक्छौ यो थाहा छैन ।

68)सफलताका तीन सूत्रहरू छन्, एक, कहिल्यै हरेस नखाउ, दुई, कहिल्यै हरेस नखाउ र तीन कहिल्यै हरेस नखाउ ।

69) यदि हामीले विगत र वर्तमान बिचको विवादलाई हेरिरह्यौ भने आफ्नो भविष्य गुमाएको पाउनेछौ ।

70)हावाको चाप जती बढी हुन्छ उतीनै चंगा माथी उड्न सक्छ ।

71)हामी अव्यक्त शब्दका मालिक हौं तर ति शब्दहरूको नोकर जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए ।

72) राजनीति कुनै खेल होइन, यो त कमाइ हुने व्यापार हो ।

73) इतिहास सधै विजेताहरूबाट लेखिएको हुन्छ ।

74)एक्लो रूख यदि पूर्णरूपमा उम्रन्छ भने बलियो भएर उम्रन्छ ।

75)मैले यो जाने की साहस भनेको नडराउनु मात्र रहेनछ बल्की डर माथी विजय पाउनु रहेछ । बहादुर त्यो होइन जो डराउदैन, बहादुर त त्यो हो जो डरको बाबजुद अघी बढ्दछ ।

76) एउटा ठूलो पहाड चढेपछी बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन् ।

77) जबसम्म काम समाप्त हुदैन तबसम्म त्यो असंभव लाग्दछ ।

78)शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसेल विश्व बदल्न सक्दछ ।

79)मानिसको सौभाग्य भनेको थोरै भए पनि आफ्नो योजनामा बाँच्न जुर्नु हो ।

80) सत्यको अन्वेषण सर्वोत्कृष्ट आनन्द हो । म त्यसैको खोजीमा छु ।

81)विवेक मात्र दुर्लभ छ । अविवेक मात्र सर्वसुलभ छ।

82)मानव मनको सबैभन्दा ठूलो समस्या के हो भनेर सोध्नेलाई म भन्छु, बोली र व्यवहारमा फरक ।

83)हृदयमा प्रेम जगाइराख । प्रेम विनाको जीवन सूर्यको अनुपस्थितीमा लोलाएको फूलको वृक्ष जस्तै हुन्छ ।

84) साँचो मित्रले सधै तिमीलाई अघि बढ्न मद्दत गरिरहन्छ ।

85)अनुभव भनेको हाम्रा गल्तिहरूलाई दिइएको साधारण नाम हो ।

86)हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।

87)आशा जागा अवस्थाको सपना हो ।

88) शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ ।

89)हाम्रा खुसीहरू हामीमै निर्भर रहेका हुन्छन् ।

90)म त्यसलाई बहादुर मान्छु जसले आफैलाई जित्न सक्छ तर त्यसलाई होइन जसले शत्रूलाई जित्दछ ।

91)जीवनभर हामी तितो टर्रो फिक्का चियासँग लड्छौँ र अन्तिम चुस्कीतिर मात्र चाल पाउँछौ- हत्तेरी, चिनी त कपको पिँधमा जस्ताको तस्तै पो रहेछ । हाम्रो जीवनलाई सबसे मीठो बनाउने सबै चिजबिज हामीसँगै छन मात्र हामीले आफ्नो कपमा चम्चा चलाउन भुलेका हौ, कप मष्तिस्कको प्रतीक हो।

92)हाम्रो व्यवहार गणितको शुन्य जस्तै हुनु पर्छ । जुन आफैमा मुल्यवान त हुदैन । तर अरू संग जोडिनदा त्यसको मुल्य बढाईदिन्छ।

93)कसैले सोध्यो “जीवन के हो ? ” अति उत्तम उत्तर ,जब मान्छेले जन्म लिन्छ उसित सास त हुन्छ तर कुनै नाम हुदैन र जब मान्छेको मृत्यु हुन्छ तब उसित नाम त हुन्छ तर सास हुदैन । यही सास र नामको बिचको यात्रालाइ जीवन भनिन्छ।

94)हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा ।

95)हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।

96)मनमा रिस पालिरहुन भनेको अर्कामाथि फ्याक्ने उद्येश्यले आगोको कोइला हातमा लिनुजस्तो हो , आखिर जल्ने त तिमी आफै हो।

97)यदि तपाईसँग मीठो भोक र गहिरो निद्रा छ भने सम्झिनुहोस तपाई सबसे धनी व्यक्ति हो ।

98)तिम्रो सफलताको बाधक

* तिम्रो सफलताको बाधक धन होइन, किनभने चार्ली च्याप्लीन देखि लिएर मोजार्ट, रकेफेलर गरिब थिए ।

* तिम्रो सफलताको बाधक विद्यालयी शिक्षा होइन, किनभने थोमस एडीसन, मेक्सिम गोर्की, एन्ड्रयु कारनेगी विद्यालय नै गएका थिएनन् ।

* तिम्रो सफलताको बाधक परिवारको साथ नहुनु होइन, किनभने अब्दुल कलाम, हेनरिक इब्सन परिवाराट टाढीनुपरेको थियो ।

* तिम्रो सफलताको बाधक शारीरिक असक्षमता होइन -स्टेफन हकिङ, होमर, जोन मिल्टन, झमक घिमीरे सबै अपांग थिए ।

* तिम्रो सफलताको बाधक कसैको सहयोग नपाउनु होइन, किनभने वाल्ट डिज्नी, मेक्सिम गोर्की, क्रिष्टफोर कोलम्बसलाई सबैले सहयोग गर्न अस्विकार गरेका थिए ।

* तिम्रो सफलताको बाधक बारम्बारको असफलता होइन एडिसन, अब्राहम लिंकन, क्युरी दम्पती अमिताभ बच्चन बारम्बार असफल भएका थिए ।

* तिम्रो सफलताको बाधक त तिमी स्वयं हौ जसले अघि बढ्नुमा संघर्ष गर्नुमा बाहाना देखाउदछ । तिम्रो असफलताको बाधक त तिम्रो क्षिण सोचाइ हो, कायरता हो, अल्छी प्रवृत्ती हो, आत्मविश्वास नहुनु हो, सुरक्षा खोज्नु हो….।

तिमी सिवाय यो ब्रह्माण्डमा तिम्रो सपनालाई कुल्चाउन सक्ने कुनै दोश्रो ताकत छैन ।

99) म कसो नबनुला ?

– खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।

– ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।

– कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।

– वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।

– सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने ।

– साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।

– सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने ।

– भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।

– चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।

– दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।

– कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।

– कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।

– सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।

– लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।

– लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।

– मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।

– घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।

– पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।

– खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।

– अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।

– कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।

– कुनैबेला तुना-चप्पल र जाँगे लगाइ हिड्ने बाबुराम भट्टराई नेपालको प्रधानमन्त्री बने ।

– गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।

– SLC पास रेखा थापा चर्चित नायिका बनिन् ।

– तिन पटक SLC फेल हिरवंश आचार्य नामी कलाकार बने ।

– पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।

– कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।

– स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।

– झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने ।

– थर्ड डिभिजनमा SLC पास गरेका महात्मा गान्धी विश्व नेता बने ।

– तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।

– हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।

– दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्पती बने ।

– कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।

– मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने । भने …

प्रयाश गर्ने हो भने, म चाँही कसो केही बन्न नसकुला र ?

100)सफलताका दश शत्रहरु

(i)आफ्नो लक्ष्य निर्धारण गर्नुहोस र सधै त्यसमा कठिबद्द भएर लाग्नुहोस् ।

(ii)डरलाई सधैभरि जित्नुहोस । म सफल बन्दिन, यो काम गर्न सक्दिन, ममा खुबि र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने भावनालाई आजैदेखी टाढा राख्नुहोस् ।

(iii)धैर्यशिल रहनुहोस् । एक रात मै सफल हुन सकिदैन भन्ने तथ्य बुझ्नुहोस् र लगातारको मेहनतले नै सफलता देखाउने हो भन्ने कुरालाई ख्याल गर्नुहोस् ।

(iv)धेरै सोचेर र प्लान गरेर नबस्नुहोस् । कुनै काम गर्नु छ भने त्यसलाई तरुन्तै सम्पन्न गर्नुहोस् ।

(v)सधै खुल्ला सोच राख्नुहोस् । जीवनमा सफलता पाउन धरै बाटाहरु रहेको तथ्य नभुल्नहोस् ।

(vi)सफल व्यक्तिको जिवनीबाट पाइने एउटा ज्ञान भनेको स्याक्रिफाइज हो । त्यसैले केही ठूलो पाउन ससाना कुरा गुमाउनपर्छ भने नडराउनु होस् । त्यस्तै टिभी, इन्टरनेट, अनावश्यक घुमघाम र खराब बानीबाट टाढा बस्नुहोस् ।

(vii) आफू सहि बाटोमा छु कि छुइन भनेर सधैभरी सचेत रहनुहोस् । यदि गलत बाटोमा हुनुहुन्छ भने जति मेहनत गरेपनि त्यसले तपाईको लक्ष्यमा केही महत्व राख्दैन ।

(viii) लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाकी छ भन्दा पनि कति बाटो हिडिसके भनेर सधैभरी ख्याल राख्नहोस् । यसले एकातर्फ आफूले गरेको मेहनत सम्झाउछ भने अर्को तर्फ लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ ।

(ix)मानिसलाई सफलताको लागि पैसाको पनि आवश्यकता पर्छ । आफूसँग भएको पैसा सधै सही ठाउँमा मात्र प्रयोग गर्नुहोस् ।

(x)सधैभरि आफूलाई बुझ्ने र सहयोग गर्ने साथीहरुको माझमा मात्र बस्नुहोस् ।

…. सफलता तपाईको मुठ्ठीमा छ ।

बिश्व प्रशिद्द भनाईहरु भाग -२ जो तपाईहरुलाई पनि काम लाग्न सक्छ:-

१,कुलीन कन्या कुरुप भए पनि बिबाह गर्नु, सुन्दर तर तल्लो संस्कार भएकी स्वास्नी मानिस संग कहिले बिबाह नगर्नु – (मनु)
२, एक थोपा मसिले लाखौं मानिसमा विचार उत्पन्न गर्न सक्छ -(वयरन)
३, तिमि छोटो समयको लागि जनताहरुलाई मुर्ख बनाउन सक्छौ, केहीलाई सँधैका लागि बनाउन सक्छौ तर सबैलाई सधैका लागि मुर्ख बनाउन सक्दैनौ –
(अब्राहम लिंकन )
४, ठुलो मानिसका लागि जेल बनाउनु भन्दा बालकका लागि स्कुल बनाउनु बेस हो-
(एलिजा कुक )
५, मलाई असल आमा देऊ म तिमीलाई असल राष्ट्र दिन्छु -(नेपोलियन )
६, ईश्वर भ्रस्ट हुन्छ तर ईर्ष्यालु हुदैन -(आइस्टाइन)
७, कसै बाट उपकार माग्नु आफ्नो स्वाभिमान बेच्नु सरह हो -(गान्धी )
८, जति लाभ भयो उति लोभ बढ्दछ -(उत्तरा ध्ययन)
१०, कपाल फुल्दैमा कोहि बुढो हुदैन -(मनु स्मृति )
११, सत्य पाउनु भन्दा जोगाउन कठिन हुन्छ-(हजारी प्रसाद दिब्बेदी)
१२, ठिक समयमा गरिएको थोरै कामले पनि धेरै प्रतिफल दिन सक्छ -(योग
बशिस्ठ)
१३, भोको भए पनि बाघले घाँस खाँदैन -(चाणक्य )
१४, बिपरित अबस्थामा पुगेको बेला मित्र पनि सत्रु बन्न सक्छन -(क्षुद्रक)
१५, किराले अन्नलाई जस्तै कपट्ले मानिसलाई नस्ट गर्छ -(साईबाबा)
१६, आफ्नो सामु अरुको निन्दा गर्नेले अरुको सामु आफ्नो पनि निन्दा गर्दछ –
(शेख सादी)
१७, कसैको गुणलाई प्रशंसा गर्न समय खेर नफाल उसको गुणलाई अपनाउने प्रयत्न गर -(कार्ल मार्क्स)
१८, मैले नेपालको हिमाल चिनेको छु, सबै भन्दा बढी त बहादुर नेपालीलाई चिनेको
छु -(माओ)
१९, जब कुनै क्षणमा रिस उठ्न थाल्छ, त्यसबेला त्यसको परिणाममा बिचार गर –
(कन्फ्युसियस)
२०, क्रान्ति सानो चिज होइन, तर सानो चिज बाट सुरु हुन्छ -(अरस्तु)
२१, मेरा प्यारा सैनिकलाई संसारका कुनै सेना संग लडाउन रत्तिभर पनि डर मान्दिन, तर गोरखा सैनिकको नाम सुन्नसाथ् मेरो मुटु थर्कमान हुन्छ -( जर्मन
सम्राट कैजर विलियम )
२२, गोर्खालीहरु साना कदका हुन्छन तर उनीहरुमा अदम्ब्य साहस हुन्छ -(लर्ड नेपियारे)
२३, गोरखा सैनिकले ईतिहाँसमा छुट्टै र गरिमामय स्थान ओगट्न पुगेका छन् –
(एलिजावेथ दित्तिया)

यी हुन्, सफल जीवन बनाउने सुत्रहरु

एजेन्सी – सफल जीवनको चाहाना सबैले गरेका  हुन्छन् । तर त्यो जीवन पाउनको लागि धेरै संघर्ष गर्नुपर्ने हुन्छ । मानव जीवनमा उतारचढाव त  आइरहन्छ । त्यो उतारचढावलाई सामाना गर्दै सहि बाटो अंगाल्ने गरेमा असम्भव भन्ने कुरा केहि पनि छैन । सफल जीवन बनाउन हाम्रो दिमाग पनि स्वस्थ हुनुपर्छ । जसले यस्ता उतारचढावलाई सजिलैसँग स्वीकार्छ ।

हाम्रो दिमागलाई स्वस्थ राख्नका लागि सामान्य अस्वस्थ व्यवहारलाई हामीबाट अलग्याउन जरुरी छ । हामीमा भएका नराम्रा  व्यवहार, भावना र विचार नियन्त्रण गर्न सकियो भने सफलता पक्कै पाउन सकिन्छ ।  तलको केहि कुराहरु तपाइँमा बिकास गर्नुस् र सफलता पाउनुहोस् ।

कडा परिश्रम : सफलता पाउनको लागि एकदम कडा परिश्रम गर्नुस् अवश्य सफलताको भागीदार हुनेछन् र त्यो जस्तो आनन्दको पल कुनैपनि हुनै सक्दैन । आजको जतिपनि सफल व्यक्तिहरु छन् ति सबै कडा मिहेनतकै कारण हो । त्यो बानि भने समयमै बसल्नुपर्छ जसले तपाईलाई एक सफल व्यक्ति हुन सहायो पुर्याउछ ।

गल्ती स्वीकारगर्ने : गल्ति जो कोहीबाट हुन्छ र गल्तिबाटानै सिक्दै जाने हो । तर जानीजानी चै गर्नु हुदैन । नजानेर हुने गल्तीलाई स्वीकार गरि सच्याउनु पर्छ ।

तनाव नलिने: हामी सामाजिक प्राणि हौ त्यसैले हामीमा तनाव त हुन्छ नै तर त्यो तनावलाई लिई रहनु हुदैन । एकचोटी भएको गल्तीलाई बारम्बार सम्दाझाडा तनाव हुन्छ र दिमागको क्षय हुन्छ । त्यसैले गल्ती नदोहो¥याउनेमा प्रतिबद्ध भएर पुराना गल्तीमा नअल्झिने सोच बनाउनुपर्छ ।

परिवर्तनसँग लड्ने : परिवर्तनसँग लड्नु जरुरि छ । जे छ त्यसमै  रमाउन वातावरण सिर्जना गर्नु हुदैन । जसले गर्दा दिमागमा नयाँ सोच सिर्जना हुँदैन । परिस्थितिको परिबर्तनलाई अवसरको रुपमा लियामा मात्र  सफलताको माथिल्लो सिँढीमा पुगन सकिन्छ । मान्छेको दिमाग परिवर्तनलाई सदा स्वागत गर्छ ।

एक्लोपन महसुस नगर्ने : हामी सधै अधिकांश समय साथीसँग कटाउन रुचाउँछन् । यो दिमाग क्षय गर्ने सबभन्दा ठूलो कारण हो । जसले नयाँ कुरा सोच्ने र एकोहोरिने अवसर पाउँदैन । बिस्तारै त्यसरी सोच्ने ग्रन्थी बन्द हुँदै जान्छ । गहन कुरा सोच्न खोज्दा समेत एकाग्र हुन सकिदैन । त्यसैले एक्लोपनसँग डराउने होइन, त्यसको सदुपयोग गर्ने बानी बसाल्नुपर्छ ।

अर्काको सफलतामा रमाउने: अर्काको सफलता सामूहिक रोग हो, अर्काको प्रगतिमा जल्ने । आफ्नो सफलता भन्दा अर्काको असफलतामा रम्ने बानीले अन्ततःः दिमाग नै त्यही रुपमा बदलिन्छ । नकारात्मक कुरालाई महत्व दिने ग्रन्थी दिमागबाट चाँडो निस्किन थाल्छन् । अन्तमा गएर आफ्नो सफलताका लागि भन्दा अर्काको असफलताका लागि दिमाग चल्छ । आफू अघि बढ्ने समय अर्काको खुट्टा तान्न खर्चिंदा कहिल्यै सफलता हासिल गर्न सकिँदैन ।

अरुसँग आफ्नो तुलना : हाम्रो तुलना अर्काे कोहीसँग गर्नुहुँदैन । हाम्रो  जन्मिने वातावरण, समय र अवस्था नै फरक भएपछि कुनै कुरामा समानता हुने सम्भावनै हुँदैन । आफूलाई अरुसँग दाँज्ने बानीले कहिल्यै बुद्धिको विकास हुन दिँदैन । आफू अरुभन्दा फरक हो र हुनुपर्छ भन्ने सोचाइले अन्ततः फरक बनाएरै छाड्छ ।

http://www.arthabazar.com/2017/01/12/f-51/


https://www.safalstories.com/archives/3839


https://www.safalstories.com/archives/4510


यी व्यक्तिहरुको संघर्षले देखाउँछ सफलताको बाटो

असफलता सफलताको विकल्प कहिले पनि हुन सक्दैन । असफलतालाई सबैले आफैबाट टाढा राख्न खोज्छन् । तर, हरेक मानिसले आफ्नो जीवनमा एक पटक न एक पटक असफलता भोगेकै हुन्छन् ।

एक असफलता पछि धेरै मानिसले आफु बर्बाद भएको सोच्छन् र हरेस खान्छन् । तर, खासमा भन्ने हो भने साहसी मानिसलाई असफलताले केही फरक पार्दैन । उदाहरणको लागि यी ६ जना उद्यमीहरुलाई लिन सकिन्छ । उनीहरु ठूला असफलताहरुलाई चिर्दै अघि बढेका हुन् र अन्त्यमा उनीहरुको कथा धेरै ठूलो सफलतामा गएर टुगिंंन्छ ।

उनीहरुले आफ्नो करिअरको सुरुमा ठूलो असफलता पाएका थिए । पछि उनीहरु आफ्नो लक्ष्यमा बिचलित भएनन् र कहिल्यै हार मानेनन् । असफलताबाट मानिसले कस्तो प्रतिक्रिया जनाँउछन् र त्यसबाट कस्तो पाठ सिक्छन भन्ने कुरा महत्वपूर्ण हुन्छ । उनीहरु नै असफलताले तपाईलाई आफ्नो सपना र भिजन पछ्याउन रोक्दैनन् भन्ने कुराको प्रेरणा हुन सक्छन् ।

१. एरिएना हफिङटन ३६ वटा प्रकाशकबाट अस्विकृत भएकी थिइन्

यो कुरा विश्वास गर्न गाह्रो हुन्छ कि अनलाईन प्रकाशनमा अहिले सबैभन्दा प्रख्यात नाम कुनै बेला तीन दर्जन मुख्य प्रकाशकहरुबाट अस्विकृत भएकी थिइन् । उनको दोस्रो पुस्तक जसलाई उनले हफिङटनपोस्ट जस्तो सबैले चिन्ने साम्राज्य खडा गर्नु भन्दा धेरै अघि देखि नै प्रकाशन गर्न खोजेकी थिइन् तर उनी ३६ पटक अस्विकृत भएकी थिइन त्यसपछि मात्रै उक्त पुस्तक छापिएको थियो । 
त्यसै गरी हफिङटन पोस्ट पनि सुरुमा सफल भएको थिएन । यो सार्वजनिक भएको समयमा यसले धेरै नकरात्मक टिप्पणीहरु पाएको थियो । तर, एरिएनाले ति सबै असफलतालाई चिर्दै हफिङ्टनलाई अगाडि बढाइन र अहिले यसको नाम सबैभन्दा सफल मध्येको एक अनलाइन आउटलेटको रुपमा चिनिन्छ ।

२. बिल गेट्सको पहिलो कम्पनी टुक्राटुक्रा भएको थियो

बिल गेट्स अहिले विश्वकै धनी व्यक्तिमध्ये मानिन्छन् तर उनले यो सफलता सजिलोसँग प्राप्त गरेका होइनन् । गेट्स सुरुमा उद्यमीको रुपमा ट्य्राफ–ओ–डाटा नामको कम्पनी खोलेका थिए जसले डाटा प्रशोधन र विश्लेषण गर्ने लक्ष्य लिएको थियो ।

उनले आफ्नो बिजनेस पार्टनर पउल एलेनसँग आफ्नो आइडिया बेच्ने प्रयास गरेका थिए तर यो पनि काम लागेन । यो धेरै नै ठूुलो असफलता थियो । तर यी असफलताले बिल गेट्सलाई नयाँनयाँ अवसरहरुको खोजीमा लाग्नबाट पछाडि धकेलेन र केही वर्षपछि नै उनले पहिलो माइक्रोसफ्ट प्रोडक्ट ल्याए र सफलताको बाटो पहिल्याए ।

३. जर्ज स्टेनब्रेनरले एक टिमलाई नै टाट बनाए

स्टेनब्रेनर ले न्यू योर्क यान्किजको मालिकको पहिचान बनाउन अघि नै उनी सन् १९६० माअर्के एक सानो बास्केटबल टिमको मालिकथिएजसको नाम क्लेभल्यान्ड पाइपर्स थियो । तर, स्टेनब्रेनरकै बुद्धिमा लागेर उक्तफ्रेन्चाइजी नै टाट पल्टियो ।

यो असफलताको कारणले नै स्टेनब्रेनरलाई सन् १९७० को दशकमा यान्किजको मालिक हुने बाटो कोर्यो । यो टिमले पनि ८०–९० को दशकमा धेरै नै असफलता र हन्डर खाइरह्यो । धेरैले उनलाई गाली र आलोचना गर्न थाले तर पनि उनले हरेस खाएनन् उनी आफ्नो दृढ निश्चयको साथमा उनले आफ्नो टिमको आश्चर्यजनक कम ब्याक गर्न सफल भए ।

अन्तत यो क्लबले सन् १९९६ र २००३ को बिचमा ६ पटक विश्वसिरिज जित्न सफल भयो । मेजर बेसबल लिगमा सबैभन्दा धेरै नाफा कमाउने कम्पनीको नाममा चिनिन सफल भयो ।

४. वाल्ट डिज्नेलाई भनिएको थियो उनीसँग सिर्जनात्मकता छैन

बिसौं शताब्दीको एक सबैभन्दा सिर्जनसिल प्रतिभा मानिने डिज्नेलाई एक अखबारले सिर्जनसिल नभएको आरोपमा निकालेको थियो । त्यसपछि डिज्नेले आफ्नो पहिलो एनिमेसन कम्पनी स्थापना गरे जसको नाम लाफ–ओ–ग्राम फिल्म्स थियो ।

उनले उक्त कम्पनीको लागि १५ हजार डलर खोजेर लगानी गरे तर यो कम्पनीको प्रमुख वितरक पार्टनर बन्द भएकोले यो कम्पनी पनि बन्द हुनपुग्यो । पैसा पनि सकियो र एकपछि अर्को असफलताले उनलाई धेरैले आलोचना गर्न थाले तर पनि उनले हिम्मत हारेनन् र हलिउडमा पाइला राखे र अन्त्यमा उनका फिल्महरु लोकप्रिय हुनथाले ।

५. स्टिभ जब्सलाई आफ्नै कम्पनीबाट हटाइएको थियो

स्टिभजब्स एक प्रभावकारी उद्यमी हुन् किनभने उनी नविन सिर्जनाहरुको कारणले चिनिन्छन् तर उनले पनि धेरै ठूलो असफलतालाई चिरेर आएका थिए । २० वर्षको उमेरमै उनले एप्पल कम्पनीको स्थापना गरेका थिए तर जब उनी ३० वर्षको थिए एप्पलका बोर्ड अफ डाइरेक्टरले उनलाई बर्खास्त गरेको थियो ।

आफ्नो असफलताबाट समेत नआत्तिएका जब्सले नयाँ कम्पनी नेक्स्ट खोलेर अघि बढे पछि अन्त्यमा एप्पलले यो कम्पनी किन्यो र जब्स फेरि एप्पलमै फर्किए । एप्पल फर्किएपछि जब्सले आफ्नो क्षमता प्रमाणित गरिदिए र नयाँनयाँ सोचको प्रोडक्ट ल्याएर एप्पल कम्पनी र त्यसको ब्रान्डलाई नयाँ उचाइमा पुर्याए ।

६. मिल्टन हेर्सेको हेर्सेज कम्पनी अघि नै तीन कम्पनीहरु घाटामा गएका थिए

हेर्सेज चकलेटको बारेमा थाहा नहुने कमैमात्र मानिसहरु होलान् । तर, जब मिल्टन हेर्सेले पहिले क्यान्डी उत्पादन सुरु गरेका थिए उनको पहिचान बनेको थिएन ।

उनलाई एक प्रिन्टरमा प्रशिक्षार्थीको रुपमा काम गर्दैगर्दा निकालिएपछि उनले छु्ट्टाछुट्टै तीन क्यान्डी कम्पनी सुरु गरे तर ति सबै असफल भए ।

अन्तिम प्रयासको रुपमा उनले ल्यानकास्टर क्यारामेल कम्पनी सुरु गरे र त्यसले राम्रो प्रतिफल दिनथाल्यो । त्यसपछि उनले मिल्क चकलेट र बजारमा ल्याएयो पनि सबैले मन पराएर पछि हेर्से कम्पनी सुरु गरे अनिमात्रै उनी चकलेटको उद्योगमा चर्चित नाम बन्न पुगे ।

यी कथाहरुबाट तपाईले पनि प्रेरणा पाउन सक्नुहुनेछ र यदी तपाईले असफलता पाउनुभयो भने पनि आत्तिनु हुँदैन । कुनै असफलताहरु यति कठोर ह्ुन्छन् कि त्यसले तपाईको बाटो सकिएको जस्तो लाग्छ तर यो सम्झिनुहोस कि यस्ता धेरै सफल मानिसहरु छन् उनीहरु पनि धेरै असफलता र हन्डरलाई चिर्दै अगाडि बढेका हुन् ।

त्यसैले आफ्नो गल्तिहरुबाट पाठ सिक्नुहोस, कमजोरी र असफलता स्विकार्नुहोस् । तर आफ्नो लक्ष्य र सपना प्राप्त गर्नको लागि हरदम प्रयास गर्नुहोस ।