Tuesday, September 11, 2018

https://www.safalstories.com/archives/602


यस्तो छ ओस्कार अवार्ड जित्न सफल ‘द शेप अफ वाटर’ फिल्मको कथा

हलिउड । सम्भवतः वर्तमान विश्वको सबैभन्दा ठूलो लडाइँ पहिचान भएको छ । जहाँ आफ्नो पहिचानमाथि अकार्को पहिचान लागू गर्ने प्रयास गरिन्छ । मेक्सिकोदेखि लिएर भारको उत्तर–पूर्वमा गोरखल्याण्डको  नाम खोज्नेहरु सम्मकालाई ।

फिल्मको माध्यमबाट यस्तो तरिकाले मेक्सिको  निर्देशक गेएर्मो डेल टोरोको फिल्म ‘द शेप अफ वाटर’ फिल्मले ओस्कार अवार्डकोे सम्मान र उत्कृष्ट फिल्मको लागि वेस्ट फिल्मका ओस्कार अवार्ड जित्नु पनि स्वाभाविक हो ।

जसले यो फिल्म देखेका छैनन्, तिनीहरुले यो फिल्मको कथा के हो भनी प्रश्न उठाउनसक्छन् ।   

‘द शेप अफ वाटर’को कथा
फिल्मको कथा १९६० को दशकको हो । जब सोभियत संघ र अमेरिकाबीच शीतयुद्ध चलिरहेको थियो । फिल्मको मुख्य क्यारेक्टर एलिसा (सैली हकिन्स) राम्रो छ । जो बाल्टिमोरको एक जासुस हाई सिक्युरिटी सरकारी ल्याब सफा गर्छिन् ।

यस ल्याबमा एलिसाको साथ जेल्डा (ओक्टेविला स्पेन्सर) पनि काम गर्छ  । जेल्डाको बाहेक एलिसा पडोसमा रहने कलाकार जाइल्स (रिर्चड जेनकिन्स) लाई चिन्दछिन् । यी दुई जना मात्र एलिसाको आफ्ना हुन् ।

यी व्यक्तिहरुको अतितको कथाको  झलक पनि कथामा पाइन्छ । जुन ल्याबमा एलिसा काम गर्छिन्, त्यहाँ एक वैज्ञानिक डाक्टर हाफस्टेटलर (माईकल स्टुलबर्ग) पनि छ । डाक्टर हाफस्टेटलर खासमा एक रुसी जासुस हुन्छ । 

फिल्मको पाँचौं महत्वपुर्ण क्यारेक्टर अर्थात् अरुभन्दा फरक छ । यो पाँचौं क्यारेक्टर ल्याबको एक ट्यांकीमा रहने जलीय जीव हो । यो भूमिका डग जोन्सले निभाएको छ ।
यसले जलीय जीवको जिन्दगीको र भावनाको सम्झिने बुझ्ने गर्दछ । फिल्ममा एक संवाद छ, जुन एलिसाले संकेतको माध्यमबाट गरेकी हुन्छिन् ।

जब ऊ मलाई देख्छ र उसले मलाई देखेर उसले जान्दैन कि ममा के कमी छ । कसरी म अधूरो छु । तर उसले मजस्तो छु त्यस्तै देख्छ जस्तो लाग्छ ।  यो जलीय जीवलाई एक नदीबाट आर्मी अफिसर (माइकल शैनन)ले ल्याएर बन्दी बनाएको हुन्छ ।

यस जीवको बारेमा फिल्ममा देखाइएको हुन्छ कि ऊ नदीको किनारमा बस्ने कबिलाको देवता हो ।  यो प्राणीमाथि प्रयोगशालामा अत्याचार गरिन्छ । यस जलीय जीवसँग एलिसाको निकटता बढेसँगै फिल्म अगाडि बढ्छ ।

एलिसा फिल्ममा जलीय जीवलाई बचाउने कोसिस गरिरहेको अवस्थामा देखिन्छिन् । यस कोसिसमा कहिले यो जलीय जीवलाई आफ्नो बाथटबमा त कहिले अन्त कतै ।

बीबीसी हिन्दीबाट । 

Thursday, October 20, 2016

जहाँ गयो त्यहीँ प्रगति

मारिस्सा मायर । एउटी यस्ती महिला, जो पुरुषले वर्चस्व कायम गरेको प्रविधिक्षेत्रको सर्वोच्च पदमा पुग्न सफल भएकी छन् । ३८ वर्षकी उनी ३० बिलीयन डलरको बहुराष्ट्रिय इण्टरनेट (वेब पोर्टल) कम्पनी याहूकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हुन् । ३ सय मिलीयन डलरकी धनी मारिस्सा सान फ्रान्सिस्कोको भव्य घरमा बस्छिन् । मूल्यवान् पहिरन लगाउँछिन् । खैरो कपाल, नीला आँखा र भव्य ‘ग्ल्यामरस’ शैलीले उनलाई कुनै हलिउड नायिकाको जस्तै आकर्षक लुक्स दिएको छ ।
आफ्नो मेधावी क्षमताका कारण उनी लाखौँ महिलाको ‘रोल मोडल’ बनिसकेकी छन् । कुनै पनि कामप्रति समर्पित भएर लाग्ने उनको मेहनती स्वभावको परिणाम– उनी याहूको सीईओ भएर आएको एक वर्षमै कम्पनीको शेयर मूल्य शतप्रतिशतले वृद्धि भएको छ । धेरै इञ्जिनीयर याहूमा उनीसँग काम गर्न चाहन्छन् । सानो बेला लजालु स्वभावकी मायर अध्ययनसँगै आफूभित्रको प्राविधिक दक्षता निखार्नतिर लागिन् । सन् २०१२ मा याहू प्रवेश गर्नुअघि उनी गूगलमा काम गर्थिन् । गूगलको ‘होमपेज’ डिजाइनका साथै त्यसलाई थप आकर्षक बनाउन महत्त्वपूर्ण भूमिका खेलिन् ।
मार्गरेट मायर र माइकल मायर दम्पतीकी छोरीका रूपमा मारिस्साको जन्म सन् १९७५ मे ३० मा अमेरिकाको विस्कन्सिन राज्यमा भएको थियो । पिता माइकल वातावरण इञ्जिनीयर थिए भने आमा मार्गरेट आर्ट शिक्षिका । अन्तर्मुखी स्वभावकी मारिस्सा स्कुल जान थालेदेखि नै अभिभावकले उनलाई व्यक्तित्वविकासका विभिन्न गतिविधिमा सहभागी गराउन थालेका थिए । त्यही उमेरमा उनी पियानो सिक्थिन् । भलिबल खेल्थिन् । पौडी र स्की गर्थिन् । ब्यालेट कक्षा पनि छुटाउँदैनथिन् । विद्यालयमा पनि उनको थुप्रै समय पुस्तकालय वा ‘साइन्स ल्याब’ मा बित्थ्यो । स्कूलकी जेहेनदार विद्यार्थीमा गनिने उनी शिक्षकशिक्षिकाकी प्रिय शिष्या थिइन् । आफ्नो सफलतामा शिक्षकशिक्षिकाले दिएको ज्ञानको विशेष भूमिका रहेको उनी आज पनि बताउँछिन् ।
आमा मार्गरेट छोरीलाई अगाडि बढ्न मार्गदर्शन गराइरहन्थिन् । सधैँ आफ्नो क्षेत्रमा नेतृत्वदायी भूमिका लिन हौस्याउँथिन् । वादविवाद प्रतियोगितामा भाग लिन लगाउँथिन् । मारिस्साले सानैदेखि गणित र विज्ञानलाई प्रमुख विषय बनाएकी थिइन् ।
विद्यालयशिक्षापछि उनले उच्च अध्ययनका लागि हावर्ड, यल, ड्युकलगायत १० विश्वविद्यालयमा आवेदन दिइन् । तर, ‘ब्रेन डक्टर’ बन्ने आफ्नो सपना पूरा गर्न अन्त्यमा स्टानफोर्ड रोजिन् । यो चिकित्साशास्त्रको उत्कृष्ट विश्वविद्यालय थियो । उनी दत्तचित्त भएर मेडिकल विज्ञानसम्बन्धी अध्ययनमा लागिन् । तर, पढ्दै जाँदा उनलाई यो विषयले तान्न सकेन । बरु मानिसले ‘कसरी विचार गर्छन्’, ‘कसरी तर्क गर्छन्’ जस्ता कुरामा रुचि बढ्दै गयो । त्यसपछि कम्प्युटर साइन्स पढ्न थालिन् । कम्प्युटर प्रोग्रामिङमा आउने समस्या र मस्तिष्कको उपयोगद्वारा तिनको समाधान गर्न सकिने सिर्जनशील पक्षले उनलाई लोभ्यायो । रुचि बढेपछि त्यही विषयमा भिज्दै गइन् ।
विद्यार्थीकालमै उनले बनाएको कम्प्युटरको ‘स्क्रीन सेभर’ प्रोग्राम उत्कृष्ट ठहरिएपछि उनी कम्प्युटरको ‘सिम्बोलिक सिष्टम’ तिर आकर्षित भइन् । यो स्टानफोर्डमा पढाइ हुने प्रमुख विषय भइसकेको थियो । आफ्नो विषयमा उनले यतिसम्म उत्कृष्टता हासिल गरेकी थिइन् कि स्नातक तह अध्ययन गरिरहँदा नै कलेजले उनलाई अण्डरग्य्राजुएटहरूलाई पढाउने जिम्मेवारी दिएको थियो । यसले उनको अध्यापनकलामा निखार ल्याइदियो । स्टानफोर्डबाटै उनले कम्प्युटर साइन्सअन्तर्गत सिम्बोलिक सिष्टमको ‘आर्टिफिसीयल इण्टेलिजेन्स’ मा स्नातकोत्तर गरिन् । अब उनका अघि दुई बाटा थिए– पूरै अध्यापनमै लाग्ने वा कम्प्युटर टेक्नोलोजीसम्बन्धी कम्पनीमा काम गर्ने ।
स्टानफोर्डमा अन्तिम वर्षको एक दिन उनी खाजा खाँदै इमेल चेक गर्दै थिइन् । इनबक्समा १२ वटा मेल यस्ता थिए, जसमा उनलाई विभिन्न कम्पनीबाट जागीर अफर गरिएको थियो । उनका लागि यो नौलो कुरा थिएन । ती मेल नखोली डिलिट गर्न थालिन् । अन्तिम मेल डिलिट गर्न खोज्दा उनको औँला झुक्किएर ‘स्पेस बार’ क्लिक हुन पुग्यो । मेल खुल्यो । लेखिएको थियो– ‘तपाईं गूगलमा काम गर्न आउनुहुन्छ ?’ यसपालि उनलाई लागेछ– एकपटक अन्तर्वार्ताचाहिँ ‘फेस’ गरिहेरौं न त । मेल रिप्लाई गरिन् । अन्तर्वार्तापछि उनैलाई जागीर अफर गरियो । उनी द्विविधामा परिन् ।
त्यस बेला गूगल अहिलेजस्तो उच्चस्तरमा थिएन । ‘गूगल’ नाम नै धेरैका लागि हाँसोको विषय बन्थ्यो । तर, उनले कम्पनी सफल नहुँदा पनि त्यसबाट धेरै काम सिक्न सकिने सम्भावना पहिल्याइन् । जागीर खाने सोच बनाइन् । सन् १९९९ बाट गूगलमा ‘प्रोग्रामर’ का रूपमा प्रवेश गरेकी मारिस्सा चाँडै नै एक्जुकेटिभ इञ्चार्ज हुँदै वरिष्ठ उपाध्यक्ष बनिन् । उनको प्रवेश गूगलका लागि शुभसङ्केत बन्यो । सफलताको गति पक्रियो । उनले गूगल सर्च र यसका प्रडक्टलाई लोकप्रिय बनाउनमा भूमिका खेलिन् । संसारभरका हजारौं कर्मचारीले प्रडक्ट प्रयोगको अवस्थाबारे उनलाई रिपोर्टिङ गर्थे । गूगल अन्य वेबसाइटभन्दा दु्रत गतिमा सूचना उपलब्ध गराउने इञ्जिनका रुपमा स्थापित भयो । बजार विस्तार हुँदै गयो । मारिस्सा शुरूका दुई वर्ष यति धेरै घोटिइन् कि प्रोग्रामरका रूपमा हप्तामा सय घण्टासम्म काम गरिन् । त्यति बेला उनी चार घण्टा मात्र निदाउँथिन् । आफूले असहज दिनचर्या अँगालेर गूगललाई सर्च इञ्जिनको दुनियाँमा सहज र आरामदायी बनाउनमा लागिपरिन् ।
सन् २००५ देखि मारिस्सा गूगलको व्यवस्थापन पक्ष सम्हाल्नतिर लागिन् । गूगलमा काम शुरू गरेको केही वर्षसम्म पनि उनले स्टानफोर्डमा पढाउने काम छोडेकी थिइनन् । ३ हजारजति सङ्ख्याका अण्डरग्य्राजुएट उत्पादन गरिसकेकी थिइन् । तर, पछि अध्यापनकार्य छाडिदिइन् र पूरै समय गूगलकै कनिष्ठ तथा नयाँ कर्मचारीलाई दक्ष बनाउनमै केन्द्रित भइन् । गूगलका ग्राहकलाई खुसी बनाउने उपाय पत्ता लगाउनमा घोत्लिइन् । गूगलको डिजाइनलाई प्रभावकारी बनाएर उनले आफ्नो मेहनत र क्षमताको पुष्टि पनि गरिन् । उनले गूगल सर्चलाई सुविधासम्पन्न बनाएकी मात्र होइनन्, जिमेल, गूगल म्याप र गूगल न्यूजलाई पनि नयाँ उचाइ दिलाइन् । गूगलको विश्वप्रसिद्धिसँगै मारिएको व्यावसायिक उचाइ पनि चुलिँदै गयो । उनी मिडियाको आँखामा पर्न थालिन् । सन् २००४ मा न्यूज विकले उनलाई भविष्यका १० उत्कृष्ट ‘टेक लिडर’ मा समावेश गर्‍यो ।
सन् २००४ मै गूगलले सार्वजनिक गरेको शेयर मूल्य अधिक वृद्धि भयो । यसै बेला उनले ५ मिलीयन अमेरिकी डलरमा सान फ्रान्सिस्कोमा घर किनिन् । सन् २००९ मा उनी बैङ्कर जाचरी बगसँग विवाहबन्धनमा बाँधिइन् । तर, सन् २०१० को अन्तिमतिर तीव्र गतिमा बढिरहेको उनको करियरमा नसोचेको धक्का लाग्यो । व्यवस्थापनले उनलाई गूगल सर्चबाट हटाएर गूगल म्याप हेर्ने जिम्मा दियो । बाहिरबाट हेर्दा स्थानान्तरण गरिएजस्तो देखिए पनि यथार्थमा उनलाई सबभन्दा बढी आर्थिक आम्दानी हुने जिम्मेवारीबाट घटुवा गरिएको थियो । गूगलका तत्कालीन सीईओ ल्यारी पेजले उनलाई अपरेटिङ कमिटीमा पनि राखेनन् । हुँदाहुँदा उनलाई उनीभन्दा ४ वर्षपछि कम्पनीमा आएका जेफ हुबरको मुनि बसेर काम गर्नुपर्ने बाध्यतामा पारियो । व्यवस्थापनको यो शैलीले उनमा असन्तुष्टि बढाउन थाल्यो । सन् २००५ देखि गूगलको व्यवस्थापन पेजमा राखिएको उनको व्यक्तिगत विवरण पनि सन् २०११ को मे महीनामा हटाइयो । उनी गूगलको आर्थिक पक्षभन्दा उत्पादन र ग्राहकको प्रतिक्रिया बुझ्नतिरै बढी अल्झिएकाले व्यवस्थापन उनीप्रति असन्तुष्ट रहेको आँकलन गूगलका कर्मचारीले गरे पनि वास्तविक कारण भने न मारिस्साले खोलिन् न त गूगलले नै सार्वजनिक गर्‍यो । जे होस्, व्यवस्थापनको यही वक्रदृष्टिका कारण सन् २०११ सम्म आइपुग्दा उनको व्यक्तिगत प्रगति ठप्पै हुन पुग्यो । तर, यो नै मारिस्साको कर्मको अन्त्य थिएन । बरु, अर्को महत्त्वपूर्ण अवसर उनलाई पर्खिरहेको रहेछ ।
सन् २०११ देखि याहू व्यवस्थापन नयाँ नेतृत्वको खोजीमा थियो । असफल नेतृत्वका कारण याहूले पछिल्लो एक दशकदेखि सोचेजस्तो प्रगति गर्न नसकेको निष्कर्ष कम्पनी बोर्डले निकालेको थियो । अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पदका लागि एप्पलका इड्डी क्यू, गूगलकै निकेश अरोरा र ‘वेब टिभीसाइट हुलु’ का जासन किलर पनि प्रतिस्पर्धामा थिए । तर, बोर्डले आखिरमा मारिस्सालाई छनोट गर्‍यो । १३ वर्षसम्म काम गरेको गूगल छाडेर सन् २०११ मे १६ बाट उनी याहूमा प्रवेश गरिन् ।
करियरको यो नयाँ बाटो पनि सजिलो भने थिएन । किनकि पछिल्ला वर्ष याहूका ‘भिजिटर’ घट्दै थिए । याहूको मोबाइल ‘एप्स’ मा मानिसको चासो निकै कम थियो । दक्ष इञ्जिनीयर र कर्मचारी सबै फेसबुक र गूगलजस्ता कम्पनीतर्फ आकर्षित हुँदै त्यतैतिर हिँडिसकेका थिए । मारिस्साले याहू प्रवेश गरेपछि त्यो अभाव पूर्ति गरिदिइन् । अनलाइन भिजिटरहरूबीच ‘याहू संस्कार’ विकास गरिन् । याहूमा आबद्ध हुँदा मारिस्सा सात महिनाकी गर्भवती रहेकाले उनले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नेमा अनेक आशङ्का उब्जिएका थिए । तर, सुत्केरी हुँदासमेत जम्मा दुई हप्ताको छुट्टी लिएर कामलाई नै निरन्तरता दिइरहिन् । याहू आएपछिको पहिलो र महत्त्ववपूर्ण कामका रूपमा उनले आफ्नो आगमनमा असन्तुष्ट हुनेहरूलाई भेटिन् । आफ्ना योजनामा उनीहरूलाई सहमत र एकताबद्ध बनाउँदै अघि बढिन् । आफ्नो उद्देश्य स्पष्ट पारिन् । परिणामतः केही हप्तामै कर्मचारीको उत्पादकत्व दशककै सबैभन्दा बढी देखियो ।
अहिले मारिस्सा याहूमा दोस्रो वर्षमा काम गरिरहेकी छिन् । उमेरले ४० वर्ष छुन खोज्दै छ । याहूमा सीईओका रूपमा हजारौँ मानिसलाई ‘टेक्नोलोजी प्रडक्ट’ को प्रयोगप्रति आकर्षित गराउन भूमिका खेलिरहेकी छन् । उनको यो प्रयासले कम्पनीलाई चामत्कारिक उचाइ दिलाएको छ । उनको आगमनपछि याहूको ‘मेल ट्राफिक’ १ सय २० प्रतिशतले बढ्यो । त्यस्तै, ‘याहू वेदर’ मा १ सय ५० र ‘याहू न्यूज’ मा ५५ प्रतिशतको वृद्धिदर छ । २०१३ को अगष्टसम्ममा याहू अमेरिकामा सबैभन्दा लोकप्रिय साइट बन्न सफल भएको छ । मारिस्साको कुशल नेतृत्वले नै यो सम्भव बनाइदिएको चर्चा प्रविधिक्षेत्रमा हुन थालेको छ । अनि, उनी आफूचाहिँ जे छोयो त्यही सुन बनाउने कुनै तिलस्मी कथाकी चमत्कारी नायिकाजस्ती बन्न पुगेकी छन् ।
जीवन बस्नेत (एजेन्सीको सहयोगमा) ,आर्थिक अभियानबाट 

संसारकै सबैभन्दा धनी गाउँ,जहाँ होटलको खानादेखि हेलिकप्टरसम्म पनि निःशुल्क !

दक्षिण एशियामै नेपालका किसानहरुको अवस्था निकै नाजुक छ । उनीहरुको प्रति व्यक्ति आय, उनीहरुले उब्जाएको  बालीनाली तथा अन्नपातको बजार लगायतको हिसाबले यहाँका किसानहरु दिनहुँ गरीब बन्दै गएका छन् । कृषिप्रधान देश भए पनि सरकारले किसानमैत्री नीति बनाएर कार्यान्वयन गर्न नसक्दा कृषि कर्मप्रति नै बिकर्षण पैदा भइरहेको छ, यसले समग्र जीडीपीमै प्रत्येक वर्ष असर पुर्याइरहेको आँकडाहरु सार्वजनिक भइरहेका छन् । तर के तपाईंलाई थाहा छ, संसारमा यस्तो गाउँ पनि छ जहाँ उपलब्ध सुखसुविधा र किसानको आर्थिक अवस्था ठूला शहरको सुख सुविधा र त्यहाँका बासिन्दाको आर्थिक अवस्था भन्दा मजबुत छ । यो गाउँका मानिस गरीब होइनन् कि बरु धेरै धनी छन् । यो गाउँ चीनमा छ र यहाँका प्रत्येक किसानले वार्षिक रुपमा औसत डेढ करोड रुपैयाँ आम्दानी गर्छन ।
यो गाउँको नाम हुआझी हो, जुन चीनको उत्तरी तट नजिकैको  जियाङ्यिन शहरमा अवस्थित छ । यो गाउँमा रहने सबै २ हजार मानिसको वार्षिक आम्दानी एकलाख यूरो रहेको छ । यो गाउँ एक सफल समाजवादी गाउँको मोडेल दुनियाँसामु पेश गरिरहेको छ । तर सुरुवातमा यो गाउँको अवस्था निकै नाजुक थियो । सन् १९६१ मा बस्ती बस्न सुरु भएको यो गाउँको  त्यसबेलाको कृषिको अवस्था निकै भद्रगोल थियो । तर गाउँमा कम्युनिष्ट पार्टी कमिटीका पूर्व अध्यक्ष रहेका वू रेनवाओले यो गाउँको तस्विर नै बदलिदिए ।
नागरिकहरुलाई बंगला, कार, निःशुल्क स्वास्थ्य, सुरक्षा, निःशुल्क शिक्षा, शहरको हेलिकप्टरको निःशुल्क प्रयोग मात्र होइन होटलमा खानका लागि निःशुल्क सुविधा समेत प्राप्त हुन्छ ।
यसरी बदलियो गाउँको तस्विर
वू ले औद्योगिक विकासको योजनाका लागि पहिला गाउँको निरीक्षण गरे । त्यसपछि एक मल्टी सेक्टर इण्डस्ट्री बनाए । उनले सामूहिक खेती प्रणालीको नियम बनाइदिए । यसका साथ सन् १९९० मा सो कम्पनीलाई सेयर बजारमा सूचिकृत गरिदिए । गाउँका मानिसलाई कम्पनीको सेयरधनी बनाइयो ।
सित्तैमा प्राप्त हुन्छ सुविधा
गाउँमा स्टील, सिल्क र ट्राभल इण्डस्ट्री विशेष रुपमा फस्टाएको छ । र, यी उद्योगहरुले सन् २०१५ मा मात्रै ९.६ अर्ब डलरको मुनाफा दिएका छन् । गाउँका मानिसहरुले प्राप्त गर्ने लाभको हिस्सा कम्पनीको सेयरधनी र लगानीकर्ताका बीच प्रत्येक बर्ष बाँडफाँड हुन्छ ।
एक वेबसाइटका अनुसार उनीहरुको वार्षिक आयको निकै ठूलो हिस्सा अर्थात ८० प्रतिशत करको रुपमा काटिन्छ । तर यसको बदला त्यहाँका रजिस्टर्ड नागरिकहरुलाई बंगला, कार, निःशुल्क स्वास्थ्य, सुरक्षा, निःशुल्क शिक्षा, शहरको हेलिकप्टरको निःशुल्क प्रयोग मात्र होइन होटलमा खानका लागि निःशुल्क सुविधा समेत प्राप्त हुन्छ ।
पेन्सन पनि पाइन्छ
५० वर्ष माथिका महिला र ५५ वर्ष माथिका पुरुषलाई यो गाउँमा प्रत्येक महिना पेन्सनको साथमा दैनिक गुजाराका लागि चामल, सागसब्जी समेत दिइने गरिन्छ । रजिस्टर्ड व्यक्तिमा गाउँका त्यस्ता पुराना मानिसहरुको सहभागिता छ, जो स्थापनाकालदेखि नै यो गाउँमा बसोबास गरिरहेका छन् र कम्पनीका हिस्सा पनि हुन् । यी मानिसहरुसँग कम्पनीको सेयरधनी  प्रमाणपत्र समेत छ । तर यस्ता मानिसको अलावा यहाँ करिब २० हजार शरणार्थी मजदूर समेत बस्दै आएका छन् । जो छिमेकी गाउँबाट आएर यहाँ बसोबास गर्छन ।
सुन्दर छ गाउँ
हुआझी गाउँ समृद्ध मात्र छैन, निकै आकर्षक र मनोरम पनि छ । देशी र विदेशी गरी प्रत्येक दिन करिब ५ हजार पर्यटक यो गाउँमा घुम्न र यहाँको समृद्ध अवस्था हेर्न आउने गरेका छन् । पर्यटकहरुले गाउँमा सित्तैमा घुम्न पाउदैनन्, निश्चित प्रवेश शुल्क समेत तिर्नुपर्ने हुन्छ । एकपटक प्रवेश शुल्क तिरेपछि यो गाउँको जुनसुकै कुनाकाप्चा बिनापैसा घुम्न सकिने सुविधा छ ।
हाइटेक शहर भन्दा कम छैन
यो गाउँ हाइटेक शहरभन्दा कम छैन । २०११ मा बनेर तयार भएको ७४ तले लांग्झी इन्टरनेशनल होटलले यहाँको शानलाई अझ बढाइदिएको छ । यो होटल निर्माणका लागि कुनै पनि ऋण लिइएको थिएन, यी गाउँका मानिसहरुको सहयोगबाटै यो होटल निर्माण संभव भएको थियो । यस अलावा यहाँ सबै खालका सुख–सुविधा उपलब्ध छन् ।
साभार – विजशाला डटकमबाट 

धनी र सफल व्यक्ति बन्नको लागि यि १० सुत्रलाई ध्यान दिऔं

सकारात्मक रूपमा लिने हो भने हामी धनी र सफल व्यक्ति बन्नको लागि यि १० सुत्रलाई ध्यान दिनुपर्ने हुन्छ ।
– कमजोर व्यक्तिसँगको दुश्मनी ज्यादा महंगो हुन्छ । उसले त्यतिबेला हमला गर्छ जुन तपाईले कल्पना पनि गरेको हुदैन ।
– तपाई खुशी रहनु नै दुश्मनका लागि सबैभन्दा ठूलो सजाय हो ।
– कुनैपनि व्यक्ति आवश्यकता भन्दा धेरै इमान्दार सोझो हुनुहुदैन । किनकि सोझो रुख पहिला काटिन्छ ।
– अरुको गल्तीबाट सिक किनकि आफ्नै गल्तीबाट सिक्न तिम्रो आयु छोटो छ । – भाग्यले उसैलाई साथ दिन्छ, जो जस्तोसुकै संकटमा पनि आफ्नो लक्ष्यप्रति दृढ रहन्छ ।
– कुनै पनि व्यक्ति आफ्नो कामबाट  मात्र महान हुन्छ जन्मबाट होइन ।
– तपाईको कुरा सुन्ने बेला यता उता हेर्ने मान्छेको कहिल्यै विश्वास नगर्नु होला ।
– भूतको बारेमा पछुताउनु  र  भविष्यको बारेमा चिन्ता लिनु हुन्न किनकि  विवेकवान मानिस सँधै वर्तमानमा जित हाँसिल गर्छ ।
–सफलता प्राप्त गर्नका लागि राम्रो साथीको आवश्यकता पर्दछ र धेरै नै ठूलो सफलता प्राप्त गर्नकालागि राम्रो शत्रुको आवश्यकता पर्दछ ।
–कष्ट र विपत्ति मानिसका लागि शिक्षा दिने तत्वहरु हुन् । जसले शाहसका साथ त्यसको सामना गर्छ उ विजय बन्छ । साभारः चाणक्य नीति

कम्प्यूटर ह्याकर थिए मार्क जुकरबर्ग उनी पढाईमा अत्यन्त कमजोर थिए

फेसबुकका मालिक मार्क जुकरबर्ग अहिले विश्वका सबैभन्दा धनी युवाहरुको अग्रपंक्तिमा पर्छन् । उनले भर्खरै मुस्लिम समुदायको पक्षमा आफू रहेको धारणा सार्वजनिक गरेका छन् । उनको प्रख्याती चुलिदो छ । तर उनीसँग सम्बन्धित तथ्यहरु पनि बाहिर आउन थालेका छन् ।
आज उनले फेसबुकमार्फत संसारभर नाम मात्र कमाएनन्, विश्वमा सबैभन्दा धनी व्यक्तिको सूचीमा पनि पर्न सफल भए ।
सामान्य दन्त चिकित्सकका छोरा जुकरबर्ग सानै देखि कम्प्युटरबारे निकै चासो दिन्थे । उनी स्कुलमा पढ्दा नै उनको वुवाले उनलाई कम्प्युटर ल्याइ दिएका थिए । उनको एउटा क्लिनिक थियो । तर, जुकरबर्गले स्कुलमा राम्रो पर्फमेन्स भने गर्न सकेनन् । स्कुलमा राम्रो गर्न नसकेपछि उनका बुबाले जुकरबर्गलाई कम्प्युटरबारे ज्ञान दिन थाले ।
उनीहरुको क्लिनिक मै एउटा कम्प्यूटर थियो । जुकरबर्ग स्कुल जान छाडेर त्यही कम्प्युटर चलाएर बस्थे । जुकरबर्गका बुबाले त्यही कम्प्युटरमा जुकरबर्गलाई काम दिने सोच बनाए । त्यसपछि उनलाई ‘नेटवर्किङ’बारे सिकाउन थाले । बाबुछोराले घर र हस्पिटलको कम्प्युटरबीच ‘नेटवर्किङ’ गर्न सफल पनि भए ।
त्यति नै बेला जुकरबर्गले कम्प्युटर ‘प्रोगामिङ’बारे सिके । थप ज्ञानका लागि उनका बाबुले शिक्षकलाई घरमै आउने प्रबन्ध पनि मिलाइदिए । त्यसपछि जुकरबर्गले ‘ह्याकिङ’ चासो दिन थाले । उनको ‘ह्याकिङ’ दक्षता देखेर माइक्रोसफ्टले उनलाई जागिरको प्रस्ताव गरेको थियो । तर, जुकरबर्गले त्यसलाई अस्वीकार गरिदिए । फेसबुक स्थापना गर्दासम्म जुकरबर्गलाई लाखौँ पैसा तिर्न माइक्रोसफ्टले ११ पटकसम्म ‘अफर’ गरेको थियो । तर, जुकरबर्गले सधैँ अस्वीकार गर्दै आए ।

Wednesday, October 19, 2016

सफल व्यक्तिसँग दोस्ती गर्ने हो ? ध्यान दिनुहोस् यी ६ कुरामा

यदि तपाईं मानिसहरुसँग कुरा गर्न र संगत गर्न मन पराउनुहुन्छ भने तपाईंलाई यो जानकारी हुन आवश्यक छ कि अर्काको नजरमा राम्रो बन्ने कुरा तपाईंकै नियन्त्रणमा हुन्छ । तपाईंले मात्र केही सामाजिक क्षमताको विधिहरुलाई अपनाउनुपर्ने हुन्छ, ताकि तपाईंले आफ्नो व्यक्तित्व परिवर्तन गर्नसक्नुहोस् । यसमा तपाईले कुनै पनि सफल व्यक्तिलाई आफ्नो व्यक्तित्वबाट प्रभावित गर्न सक्नुहुन्छ । यसबाट तपाईको सम्बन्ध अरु व्यक्तिसँग पनि मजबुत हुन्छ ।

भेटेपछि सन्तुलित हात मिलाउनुहोस्


कुनै पनि सफल व्यक्तिसँग भेट हुँदा निकै सही ढंगले हात मिलाउने गर्नुहोस् । न नरम, न कडा, उचित ढंगले हात मिलाउने गर्नुहोस् । हातलाई सधैं सन्तुलित बनाएर दरिलो र पूर्ण आत्मविश्वाससहित मिलाउनुपर्छ । यो संकेत तपाईको बारेमा सफल व्यक्तिहरुको मन र दिमागमा प्रभाव जमाउने पहिलो कदम बनिदिन्छ, त्यसकारण हात मिलाउँदा निकै सजग हुनुपर्छ ।

आँखामा आँखा जुधाएर कुरा गर्नुहोस्



सामाजिक मनोवैज्ञानिक हेदी ग्रान्ट हल्वोरसनका अनुसार कुनै पनि व्यक्ति यही जाँच गर्दछ कि उसले तपाईप्रति विश्वास गर्न सक्छ कि सक्दैन । कुनै पनि मानिस यो फैसला निकै सोचविचार गरेर मात्र लिन्छ । त्यसकारण कुनै पनि सफल व्यक्तिसँग भेटघाट हुँदा तपाईले उत्साह र आफ्नो योग्यताका बीच सन्तुलन कायम गर्न आवश्यक हुन्छ । यसका लागि सबैभन्दा उत्तम शैली यो हो कि सफल व्यक्तिको आँखामा आँखा जुधाएर कुरा गर्नुहोस्, ताकि सो व्यक्तिलाई थाहा होस् कि तपाईं उसको कुरामा निकै चासोको साथ ध्यान दिइरहनुभएको छ ।

राम्रो हाउभाउमा ध्यान राख्नुहोस्



जब तपाईं सफल व्यक्तिसामु उभिनु भएको छ वा बस्नुभएको छ भने राम्रो हाउभाउ देखाउनुहोस् । सामाजिक विज्ञ रोसालिण्डा आरोपेजोको भनाईमा खराब हाउभाउका कारण तपाईअघिको व्यक्तिलाई लाग्न सक्छ कि तपाई लापरबाह हुनुहुन्छ । यस्तै अर्का सामाजिक मनोवैज्ञानिक ऐमी कुडीले भनेका छन् किन तपाईं उन्मुक्त तरिकाले उभिनुहोस् वा बस्नुहोस् । यसले तपाईंभित्रको विश्वास दोश्रो सामु दर्शाइदिन्छ । साथै, यसले तपाईलाई ज्यादै शक्तिशाली समेत देखाउँछ ।

मुस्कुराउने तरिका




मुस्काराउने समेत एउटा तरिका हो कि तपाईभित्रको विश्वास दर्शाउने । एक सर्वेक्षणका अनुसार विश्वकै सबैभन्दा धनी व्यक्ति बिल गेट्सलाई सबैभन्दा हसिलो व्यक्ति मानिएको छ । किनभने उनी सधैं मन्द मुस्कानसहित मानिसलाई भेट्ने गर्छन वा मानिस सामु प्रस्तुत हुन्छन । यदि तपाई चाहनुहुन्छ कि मानिसले तपाईंलाई मन पराउन् भने तपाईले सकारात्मक हाउभाउको साथ भेट्नुपर्छ वा प्रस्तुत हुनुपर्छ ।

मानिसको कुरा ध्यान दिएर सुन्नुहोस्



मानिसको कुरालाई ध्यानसँग सुन्नका लागि चारवटा चिजको आवश्यकता पर्छ । जस्तो ः सुन्नु, व्याख्या गर्नु, मूल्याङ्कन गर्नु र उचित जवाफ दिनु । पहिलो स्टेपका लागि ध्यान दिन आवश्यक हुन्छ । यसपछि स्पष्टीकरणका लागि कुनै प्रश्न सोध्नुहोस् । त्यसपछि आफूले के बोल्ने भन्ने बिषयमा स्वयम् मूल्यांकन गर्नुहोस्  र त्यसपछि आफ्नो भनाई प्रष्टसँग राख्नुहोस् । बोलिरहेको मानिसलाई राम्रो फिडब्याक दिनु पनि उत्तिकै जरुरी हुन्छ । भर्जिन ग्रुपका फाउण्डर रिचर्ड बेनसेनका अनुसार एक सफल नेता वा व्यक्ति त्यो हुन्छ, जो एक राम्रो श्रोता बन्न सक्छ ।

गल्ती भएर स्वीकार गर्नुहोस्



आफ्नो गल्तीलाई तत्काल स्वीकार गर्दा दोश्रो व्यक्तिसामु तपाईप्रतिको धारणा सही बनाइराख्न मद्धत गर्छ । त्यसो गल्ती नै नहुँदा पनि तपाईं माफी माग्नुहुन्छ भने यसले समेत कतिपय अवस्थामा तपाईंलाई फाइदै गरिरहेको हुन्छ ।