Wednesday, October 19, 2016

वर्षैपिच्छे असफलता व्यहोरेका सफल व्यक्तिको इतिहास

विश्व विख्यात मानीसको सफलताका कथाहरु मात्र बाहिर बढी आउने गरेका छन् । त्यसैले उनीहरुको सफलताको कथालाई पछ्याउने प्रयास धेरैले गर्छन । तर, सफलताका कथा सुनेकाहरु छिट्टै हरेस खान्छन् । किनकी सफल व्यक्तिले असफलतापछि मात्र सफलता पाएको कुरा उनीहरु बिर्सन्छन् वा ख्याल गर्दैनन् ।
जुनसुकै सफल मानीसका पछाडि सफलता भन्दा असफलताका कथा बढी हुन्छन् । त्यी असफलतासँग जुध्न सफल भएर मात्र मान्छे सफल हुने गर्छन । यहि कुरालाई मध्यनजर गर्दै एउटा त्यस्ता विश्वविख्यात व्यक्ति, जसको सफलताप्रति सबैले लोभ गर्छन उनको इतिहास केलाउँदा हामीले थुप्रै असफलता पछि मात्र सफल भएको पायौँ । त्यी व्यक्ति अरु कोहि नभएर अमेरिका पूर्व राष्ट्रपति अब्राम लिंकन हुन् ।
उनले असफलतालाई समस्या मानेर निराश भएका भए राष्ट्रपति बन्न सक्ने सम्भावना नै थिएन । तर, असफलतादेखि उनी कहिल्यै निराश भएनन् । उनी राष्ट्रपति बन्नुभन्दा पहिला उनले व्यहोरेका १३  ठूला असफलताको यस्ता छन् । जसलाई जितेर मात्र उनी राष्ट्रपति बन्न सफल भए ।
१. उनले २२ वर्षको उमेरमा ठूलो घाटा व्यापारमा व्यहोरे ।
२. २३ वर्षको उमेरमा राजनीतिमा पाइला राखे, तर बिधायक निर्वाचनमा हारे ।
३. चुनाव हारेपछि जिवनको २४ औँ वर्षमा पनि उनले व्यापारमा ठूलो घाटा व्यहोर्नु पर्यो ।
४. जिवनको २६ औँ वर्षको युवा अवस्थामा नै उनलाई पत्नी शोक पर्यो, घर गृहस्थी जिवनमा उनको यो ठूलो घाटा थियो ।
५. पत्नी शोक पश्चात २७ वर्षमा उनी डिप्रेसनको शिकार बने, अमुल्य जिवनमा उनका लागि अर्को हार थियो । तर, पछि उनी सम्हालीए ।
६. जिवनको २९ औँ वर्षमा पनि उनलाई अर्को ठेस लाग्यो । उनले प्रवक्ताको चुनावमा हारे ।
७. ३१ वर्षमा फेरी अर्को हार व्यहोरे, उनले इलेक्टरको चुनावमा पनि हारे ।
८. यस्ता हारबाट उनी कहिल्यै निराश भएनन् । फेरी ३४ वर्षको उमेरमा उनले काँग्रेस चुनावमा असफल भए ।
९. असफलतासँग जुध्दै उनी फेरी ३९ वर्षको उमेरमा चुनावी मैदानमा उत्रिए । तर, फेरी पनि उनको हातमा हार नै मिल्यो ।
१०. ४६ वर्षको हुँदा उनी सिनेटको दौडमा थिए । उनले यसमा पनि पहिलो पटक  हार व्यहोरे ।
११. ४७ वर्षमा उपसभापतिको दौडमा उनले व्यहोरेको असफलता पनि सानो थिएन ।
१२. सोहि वर्ष उनलाई राष्ट्रपतिय चुनावमा अर्को असफलता हात परेको थियो ।
१३. ४९ वर्षको उमेरमा फेरी उनको जिवनमा अर्को हार मिल्यो । उनले फेरी सिनेटको दौडमा हारेका थिए ।
१४. वर्षैपिच्छेका हारका बाबजुद पनि उनले कहिल्यै हार मानेन रउनले जिवनको ।
५१ औँ वर्षमा उनले निकै ठूलो जित हाँसील गरे ।

Thursday, October 6, 2016

तुलनात्मक होइन, प्रतिस्पर्धात्मक लाभ हेरौं

जे. जेगादीशान
प्रमुख कार्यकारी अधिकृत, जेजे इश्वरा कनेक्ट एडीएन बीएचडी
संस्थापक सदस्य, मलेशियाली औद्योगिक विकास प्राधिकरण (मिडा)

तीव्र गतिमा आर्थिक विकास गरिरहेका ‘एशिएन टाइगर’मध्ये मलेशिया एक हो । मलेशियाली औद्योगिक विकास प्राधिकरण (मिडा)मार्फत सन् १९६७ मा अहिलेको विकसित र आधुनिक मलेशियाको जग हालिएको थियो । मलेशियालाई गतिशील अर्थतन्त्रको रूपमा विकास गर्न सघाएको मिडाका संस्थापक सदस्य जे. जेगादीशानले आर्थिक विकासका लागि आफ्नो अलग्गै सूत्रको विकास गरेका छन् । सन् १९९९ मा नायव महानिर्देशकको रूपमा मिडाबाट सेवानिवृत्त भएका उनले व्यापार तथा विकासका लागि राष्ट्रसङ्घीय सम्मेलन (अङ्कटाड), राष्ट्रसङ्घीय अन्तरराष्ट्रिय विकास संस्था (युनिडो)लगायत संस्थाको वरिष्ठ परामर्शदाताको रूपमा अफ्रिका तथा अन्य अतिकम विकसित मुलुकमा काम गरेका थिए । जिम्बाबे र ताञ्जानियामा लगानी केन्द्र स्थापना परियोजनामा संलग्न जेगादीशानले जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)लाई अफ्रिकाली मुलुकका लागि आर्थिक विकास रणनीति निर्माणमा सघाएका थिए । हाल उनी आर्थिक परामर्शदाता संस्था जेजे इश्वरा कनेक्ट एडीएन बीएचडीका प्रमुख रहेका छन् । सन् २००८ मा आर्थिक विकासका लागि नोबेल पुरस्कारको मनोनयनमा परेका उनी लगानी वातावरण निर्माणका विज्ञ मानिन्छन् । नेपाल आर्थिक सम्मेलनको अतिथिको रूपमा गत महीना नेपाल आएका जेगादीशानसँग आर्थिक सुधार, लगानीको वातावरण निर्माण र ती क्षेत्रमा मलेशियाको अनुभवलगायत विषयमा आर्थिक अभियानका मोदनाथ ढकालले गरेको कुराकानीको सार :

आर्थिक सम्मेलनमा मैले मलेशियाको सफलताको कथा सुनाएको थिएँ । सन् १९६९ सम्म मलेशिया निकै गरीब मुलुक थियो । त्यही वर्ष त्यहाँ भड्किएको दङ्गामा धेरै मानिस मारिए । मलेशिया बहुजातीय मुलुक हो, जहाँ मलाय, मुस्लिम, चिनियाँ, भारतीयलगायत धेरै प्रकारका मानिस बस्छन् । दङ्गाका पछाडि चरम बेरोजगारी प्रमुख कारण थियो । त्यसमा पनि शहरी बेरोजगारी झनै डरलाग्दो हुँदो रहेछ । ‘गरीबी जहाँ भए पनि त्यसले सबैतिरको समृद्धिमा असर पार्छ’ त्यहाँ यही लागू भएको छ । मलेशियामा पनि त्यस्तै भएको थियो । जागीरविना शहरमा बाँच्न अत्यन्तै गाह्रो छ । त्यसैले गरीबी सरकारको मात्र चासोको विषय होइन । तपाईंको घरमा चोर्न आउने व्यक्ति गरीबीले सताइएको पनि हुन सक्छ । त्यसैले, यो सबैको चासोको विषय हो ।

अहिलेका सरकारको चुनौती रोजगारी र सम्पत्तिको सृजना गर्नु हो । त्यसका लागि लगानी आवश्यक छ । सरकारले लगानी गर्न सक्दैन । त्यसैले, उसको काम लगानीका लागि उपयुक्त वातावरण तयार गर्नु हो । त्यसपछि निजीक्षेत्र आफै लगानीका लागि अग्रसर हुन्छ । सरकार र निजीक्षेत्र दुवैको उचित समन्वयविना रोजगारी सृजना हुनै सक्दैन । मलेशियाले गरेको त्यही हो । मलेशियाको आधुनिक विकासमा मुख्य भूमिका निर्वाह गरेको मलेशियाली औद्योगिक विकास प्राधिकरण (मिडा)को संस्थापक टीमको सदस्य हुँ म । हाम्रो भूमिका उद्योग स्थापनाका लागि सहजीकरण गर्नु थियो । रोजगारी सृजना नगर्ने हो भने मुलुक ध्वस्त हुनेछ भन्ने हाम्रो डर थियो । नीति त राम्रा बने, तर तिनको सफल कार्यान्वयन चुनौतीको रूपमा रहेको थियो । हाम्रो जिम्मेवारी भनेकै नीतिको कार्यान्वयन गर्नु थियो । त्यसैले, मलेशियाले लोभलाग्दो सफलता पाउँदै गयो । सन् १९७० मा एउटा पनि निर्यातमुखी कम्पनी नभएको मुलुक सन् १९८० मा आइपुग्दा विश्वकै ठूलो माइक्रोचिप्स निर्यात गर्नेमा दरियो । त्यस्तै, विद्युतीय सामग्रीको उत्पादन पनि बढ्दै गयो । त्यस अघिसम्म मलेशिया संसारकै ठूला रबर उत्पादक मुलुकमध्ये एक थियो । तर, हामी रबरका सामान बनाउँदैनथ्यौं । हामी यूरोपमा रबर निर्यात गथ्र्यौं र तयारी सामान किन्थ्यौं । सन् ८० कै दशकमा रबरका सामग्री निर्यात गर्न थालिसकेका थियौं । त्यसबेलासम्म हामीले १ लाख ५० हजारभन्दा बढी रोजगारी सृजना गरिसकेका थियौं । त्यसैलाई हामी ‘मलेशियन मिराकल’ भन्छौं ।

आशाको त्रिभुज
यस्तो कसरी सम्भव भयो ? त्यस्तो सफलताको मुख्य तत्व ‘आशाको त्रिभुज’ हो । यसका तीन आयाम छन् : राजनीतिक इच्छाशक्ति, कर्मचारी प्रशासनको कुशलता र निजीक्षेत्रको गतिशीलता । यी तीनै तत्वको मेलबाट मात्र त्यस्तो वातावरण सृजना गरी लगानीकर्तामा आशाको सञ्चार गर्न सकिन्छ । मैले संसारका धेरै सरकारसँग काम गरिसकेको छु । त्यो अनुभवको आधारमा म के भन्न सक्छु भने, ती तीन आयाममध्ये एउटामात्रै पनि भएन भने जुनसुकै मुलुक असफल हुन्छ । ती तीन आयाममा पनि राजनीतिक इच्छाशक्ति मुख्य हो । त्यसका लागि भिजनसहितको नेतृत्व चाहिन्छ । तर, कहिलेकाहीँ राजनीतिक इच्छाशक्ति बलियो भए पनि कर्मचारीतन्त्र निकम्मा र भ्रष्टाचारले ग्रस्त छ भने असल नेतृत्व पनि असफल हुन्छ । के उद्योगी–व्यवसायीले कर्मचारीतन्त्रबाट मित्रवत् व्यवहार पाएका छन्, के कर्मचारीतन्त्रले व्यवसाय अभिवृद्धिमा सहयोगीको भूमिका निर्वाह गरेको छ, या व्यवसायीहरू कर्मचारीतन्त्रसँग सङ्घर्ष गर्नुपरिरहेको छ, यस्ता कुराले लगानीमा प्रत्यक्ष असर पार्छन् ।

अफ्रिकी अर्थतन्त्रलगायत विभिन्न विकासशील मुलुकको अध्ययनपछि मलाई के लागेको छ भने धेरै देशमा निजीक्षेत्र आफ्नै सङ्घर्ष र बलबुताले अगाडि बढेको छ । उनीहरूलाई निकै कममात्र सरकारी सहयोग उपलब्ध छ । ती मुलुकमा ‘आशाको त्रिभुज’ निर्माण गर्नु ठूलो चुनौती बनेको छ । मैले जाम्बियाका राष्ट्रपतिसँगको भेटमा ‘आशाको त्रिभुज’ले राष्ट्रलाई नै आशावादी बनाउने बताएको थिएँ ।

लगानी वातावरण
लगानीको प्रवद्र्धन एकैपटकमा सम्पन्न हुने कार्य होइन । यो त निरन्तर चलिरहने प्रक्रिया हो । भाषण तथा गोष्ठी, विज्ञापन, रिसेप्शन तथा कक्टेल डिनर, महोत्सवमा सहभागिता आदिले लगानी भित्रिने होइन । धेरै मन्त्री तथा उच्चपदस्थ सरकारी पदाधिकारी त्यसैबाट लगानी आउँछ भन्ने भ्रममा छन् । त्यसका लागि चारओटा आधारभूत कुरा मुलुकमा उपस्थित हुन जरुरी छ । त्यसमध्ये पहिलो लगानीको वातावरण हो । यसका दुई पक्ष छन् : समग्र र क्षेत्रगत । समग्र वातावरणमा राजनीतिक स्थिरता सबैभन्दा महत्वपूर्ण छ । यो निकै संवेदनशील विषय हो किनकि, राजनीतिक स्थिरता व्यवसायी वा अर्थशास्त्रीले चाहेर आउने होइन । यसका लागि राजनीतिक दलहरू गम्भीर हुनुपर्छ । व्यवसायीका लागि त प्रजातन्त्र, राजतन्त्रजस्ता शासन व्यवस्था होइन, लगानी गर्ने तथा प्रतिफल पाउने स्वतन्त्रता महत्वपूर्ण हुन्छ । तर, रोजगारी सृजना गरी मुलुकलाई अस्थिर हुनबाट जोगाउन भने उद्योगी–व्यवसायीले उल्लेख्य योगदान दिएका हुन्छन् । साथै, विदेशी विनिमय नियन्त्रण, आप्रवासनलगायत सबैलाई प्रभाव पार्ने तत्व पनि समग्र वातावरणमै आउँछन् । क्षेत्रगत वातावरणमा लगानीका क्षेत्र पर्दछन्, जुन उत्पादन विशेष पनि हुन सक्छ । उदाहरणका लागि कृषि एउटा क्षेत्र हो भने आँप वा उखु उत्पादन विशेष हो । म्यानुफ्याक्चरिङ, ऊर्जा अन्य उदाहरण हुन् । जबसम्म समग्र वातावरण राम्रो बन्दैन, तबसम्म क्षेत्रगत लगानीमा पनि कुनै सुधार हुँदैन ।

तुलनात्मक होइन प्रतिस्पर्धात्मक लाभ
लगानी प्रवद्र्धनको दोस्रो चरणमा उपयुक्त परियोजनाको पहिचान गरिन्छ । आफ्नो मुलुकका लागि आवश्यक र सान्दर्भिक उद्योग तथा परियोजना के हुन्, त्यसको निक्र्योल गर्नुपर्छ । भारतमा कुन उद्योग राम्रो छ वा अन्य मुलुकले कुन क्षेत्रमा प्रगति गरेका छन्, त्यो कुरा बिर्सनुहोस् । आफ्नो अवस्था, उपलब्ध कच्चापदार्थ र जनशक्तिको विश्लेषण गरी निर्णय लिनुहोस् । यहाँ धेरैले तुलनात्मक लाभको कुरा गरेको मैले सुनेँ । उनीहरूका अनुसार पर्यटन, स्वास्थ्यजस्ता विषयमा नेपाल तुलनात्मक लाभको अवस्थामा छ । तर, म के भन्छु भने प्रगतिको सूत्र ‘तुलनात्मक लाभ’ नभई ‘प्रतिस्पर्धात्मक लाभ’ हो । धेरैलाई यी दुवै उस्तैउस्तै लाग्न सक्छ । तर, यी दुईमा ठूलो भिन्नता छ । मलेशियाकै उदाहरण लिऊँ, सन् १९६७ मा मलेशिया संसारकै ठूलो रबर उत्पादक थियो । तर, रबर बूटको सबैभन्दा ठूलो निर्यातकर्ता नर्वेस्थित भाइकिङ फूटवेयर नामक कम्पनी थियो भने रबर ‘स्विमिङ क्याप’ उत्पादन र निर्यातमा न्यूजिल्याण्ड अग्रस्थानमा थियो । एउटा पनि रबर प्लाण्ट नभएका र मलेशियाबाट हजारौं किलोमिटर टाढाका ती मुलुक कसरी विश्वकै ठूला रबरजन्य उत्पादन निर्यातकर्ता बने ? त्यसको पछाडि एउटै कारण थियो– प्रतिस्पर्धात्मक लाभ । कम लागत, कुशल उत्पादन प्रणालीजस्ता विषयमा उनीहरू दक्ष थिए । त्यसैले, उनीहरू हाम्रो रबरबाट बूट बनाएर हामीलाई नै बेच्न सफल भएका थिए । सन् १९८० मा नर्वेको भाइकिङ र न्यूजिल्याण्डको स्विमिङ क्याप निर्माता कम्पनी त्यहाँका प्लाण्ट बन्द गरेर मलेशिया आए । त्यसपछि मलेशिया रबर बूट र स्विमिङ क्यापको विश्वकै ठूलो निर्यातकर्ता बन्यो ।

रमाइलो कुरा त के छ भने, १ सय वर्षअघिसम्म मलेशियामा रबर र पाम आयल दुवै थिएनन् । त्यहाँ रबर ब्राजिलबाट र पाम अफ्रिकाबाट आएको हो । अब हेर्नुहोस् त, मलेशियाको प्रगतिको पछाडि परम्परागत उद्योग नै छैन । हाम्रा परम्परागत उत्पादन त नरिवल र धान थिए । त्यसैले, मेरो अभिप्राय यो हाम्रो परम्परा हो, यसलाई छोड्नुहुन्न भनेर त्यसैमा टाँसिएर नबस्नुहोस् । प्रतिस्पर्धात्मक लाभ भएका उत्पादनतर्फ ध्यान लगाउनुहोस् भन्ने हो । किनकि, परम्परागत उत्पादनको मूल्य घटिरहेको हुन्छ । अझ अन्तरराष्ट्रिय बजारमा सस्तोमा गइरहेका वस्तु त उत्पादन नै नगर्नुहोस् । कुन कृषि उपजको उत्पादन घटेको र मूल्य बढेको छ, त्यसको अध्ययन गर्नुहोस् र त्यसको यहाँ उत्पादनको सम्भावना खोज्नुहोस् । परम्परागत उत्पादनमा भर परेको भए मलेशिया अहिले पनि नरिवलमात्र उत्पादन गरिरहेको हुने थियो ।

जब लगानीको वातावरणमा सुधार ल्याई परियोजनाको पहिचान हुन्छ, तबमात्र लगानी प्रवद्र्धनको कुरो आउँछ । त्यसैले, प्रवद्र्धन तेस्रो तत्व हो । अब रह्यो, सबैभन्दा महत्वपूर्ण चौथो तत्व परियोजना कार्यान्वयन । सयौं योजनाको गफ नगर्नुहोस् । कुनै मुलुकले एक वर्षमा कति योजनालाई स्वीकृति दियो, त्यो महत्वपूर्ण होइन । महत्वपूर्ण त कार्यान्वयनमा कति गए भन्ने हो । तपाईंले जति छिटो परियोजनालाई स्वीकृति दिन सक्नुहुन्छ, त्यति छिटो रोजगारी सृजना हुन्छ । त्यसैले, कार्यान्वयन गर्न सकिने खालका परियोजनामात्र स्वीकृत गर्नुपर्छ ।

जेजे फर्मुला
औद्योगिक विकास तथा आर्थिक वृद्धिका लागि मैले आफ्नै फर्मुलाको विकास गरेको छु, ‘ई+सीफोर+ओ≠पी’ । यहाँ ‘पी’ भनेको ‘प्रोब्लम’ (समस्या) होइन ‘प्रफिट’ (नाफा) हुनुपर्छ भन्ने हो । नाफालाई शङ्कालु दृष्टिले हेर्नु गलत हो । कुनै पनि उद्यमी–व्यवसायीले नाफाका लागि नै लगानी गरेको हुन्छ भन्ने बिर्सनु हुँदैन । उसको नाफा बढ्दै जाँदा त्यसको लाभ सरकार, समाज र कर्मचारीले पनि पाउँछन् । ती व्यवसायीले तिरेको करबाटै त हो सरकारले अस्पताल, बाटोघाटो, विद्यालय आदि बनाउने ।

‘ई’ भनेको ‘एन्भायरोन्मेण्ट’ अर्थात् वातावरण हो । त्यसपछि चारओटा ‘सी’ छन् : लागत (कष्ट), सहजता (कन्भिनियन्स), पूर्वाधार र सरकारको क्षमता (क्यापाबिलिटी) र सहुलियत (क्यारोट्स) । ‘ओ’ को अर्थ अवसर (अपच्र्युनिटी) हो । यहाँ सरकारको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । उसले आफ्नो मुलुुकमा उपलब्ध अवसरको मार्केटिङ गर्न सक्नुपर्छ । तर, चारै ‘सी’ ठीक भएको समाजमा लगानी वातावरण राम्रो भएको मानिन्छ । विकासशील मुलुकमा व्यवसायीको हातगोडा फलामका बेडी बाँधेर उनीहरूलाई दौडिन भनिएको छ । तर, विकसित मुलुकमा व्यवसायीका हातगोडा स्वतन्त्र छन् । कतिपय अवस्थामा सरकारले हातको बेडीमात्र खोलेर ‘लौ मैले तिमीहरूलाई ‘इन्सेन्टिभ’ दिएको छु, खै त दौडेको ?, भन्छ । त्यसैले विकासशील मुलुकका सरकारलाई म व्यवसायमैत्री रणनीतिक कार्ययोजना बनाउन सल्लाह दिन्छु । तर, त्यसको कार्यान्वयनका लागि बलियो इच्छाशक्ति हुनुपर्छ । आशावादी र सहयोगी कर्मचारी प्रशासन हुनुपर्छ । व्यवसायको लागत कम हुनुपर्छ । र, सरकारी सेवामा कुशलता हुनुपर्छ । उदीयमान पूर्वी एशियाली अर्थतन्त्रले यही बाटोबाट प्रगति गरिरहेका छन् ।

लगानी बोर्ड
लगानी बोर्डले विदेशी लगानी भित्र्याउन सहयोग गर्छ । तर, धेरैले के बुझेका छैनन् भने लगानी बोर्ड त देखिने अङ्गमात्र हो । त्यसका पछाडि श्रम, कच्चापदार्थ, कर्मचारी, यातायात तथा ढुवानीको अवस्था पनि राम्रो हुनुपर्छ । नीति ठीक हुनुपर्छ । प्रधानमन्त्री नीति कार्यान्वयनको ‘रबिनहुड’ हो । त्यसैले, सबैको सहयोग भएमा मात्र लगानी बोर्डले प्रभावकारी रूपमा काम गर्न सक्छ ।  

मोदनाथ ढकाल

लिक्वान युको व्यावहारिक अधिनायकत्व

२०७१-कसैका लागि ली क्वान युको मृत्युको अर्थ निर्दयी निरंकुशको अन्त्य हो । अनि कसैका लागि चाहिँ यो अथक नेताको अन्तिम पुरस्कार हो । बितेका केही दिनहरूमा म उनीसँग बढी नै नजिकिएँ जस्तो लाग्यो । मैले उनको संस्मरण, केही अन्तरवार्ता पढेँ अनि कार्ल ट्रकीले लेखेको सिंगापुरको इतिहास पुस्तक दोहोर्‍याएर हेरेँ । तर, ली मेरा लागि अझै एक रहस्य हुन् । मलाई शंका छ, उनलाई कहिल्यै बुझ्न सक्दिनँ भन्ने ।

'उनीहरू मलाई जान्दछु भन्ठान्छन्, तर उनीहरू त मेरो सार्वजनिक 'म' लाई मात्र जान्दछन्' उनले सन् २००९ को एक अन्तरवार्तामा भनेका थिए । सायद ली ठीक थिए । मेरो अनुमानमा उनले दुःखका साथ त्यसो भनेको हुनुपर्छ । इतिहासमा ली जति उदार तानाशाहको पदवीको हकदार कोही पनि छैन । उनले ३१ वर्ष सिंगापुरमा प्रधानमन्त्री भएर शासन गरे । अनि अरू दुई दशक उनले मन्त्रिपरिषद्मा मुख्य स्थान ओगटे । दह्रोसँग जमेर खुला रूपले उनले सिंगापुरलाई आफ्नै तस्बिरमा ढाले । अनि 'नरम' अधिनायकवादको विशिष्ट मन्त्रको ब्रान्डमा अति नै व्यावहारिक जनताका साथ आजको समृद्ध राज्य सिंगापुर बनाए ।

आकारमा सिंगापुर लन्डनभन्दा आधै सानो र जनसंख्यामा दुई तिहाइ ठूलो छ । यसको कर्मचारीतन्त्र चुस्त छ । सफा

हावा, सुरक्षित सडक छन् । उच्च गुणस्तरका विद्यालय र खर्चले धान्न सक्ने स्वास्थ्य सुविधा छन् । घर भन्न लायक सुन्दर ठाउँ सिंगापुर धेरै हिसाबले व्यापार गर्नका लागि संसारकै उपयुक्त स्थान हो । यसका लागि धन्यवाद दिनलाई हामीसँग ली छन् । तर सिंगापुर भौतिक उन्नतिका लागि जिद्दीका साथ लागेको कठोर व्यावहारिकताको थलो पनि हो । अनि ली यसको

सबभन्दा महत्त्वपूर्ण परिपालक हुन् । उनी यो भौतिकवादको प्रवर्तक पनि हुन् र प्रचारक पनि । उनको पि्रय प्रश्न 'ठीक

के हो ?' भन्ने नभएर 'ठीक यो नभए के भयो त ?' भन्ने

हो । आफ्नो योजनाले काम गर्छ कि गर्दैन, यसले सिंगापुरलाई बचाउँछ कि बचाउँदैन र सिंगापुरको सफलतालाई निश्चित गर्छ कि गर्दैन भन्ने कुरा उनका लागि मुख्य थियो ।

स्वतन्त्रताको वैचारिक अवधारणाप्रति क्याम्बि्रजमा शिक्षित लीको कुनै रुचि थिएन । एक अधिवक्ताका रूपमा उनी स्वतन्त्रताको अवधारणा जान्दथे । तर बेलायको पठन र जापानी व्यवसायमा उनले 'स्वतन्त्रताले पेट भरिँदैन तर तपाईंलाई छेक्नका लागि स्वतन्त्रताको प्रयोग गर्नेहरूलाई पाखा लगाउन सक्नुहुन्छ' भन्ने एक अमूल्य पाठ सिके । 'मैले कसरी शासन गर्नुपर्छ भन्ने सिकेँ, बेलायती र जापानीहरूले जसरी शक्तिको प्रयोग गरेर कसरी जनतालाई तह लगाउनुपर्छ भन्ने जानेँ,' उनी भन्ने गर्थे ।

उनले सिंगापुर उपनिवेश हुँदा ताकाका सयौं अरोपित कम्युनिस्ट, विद्रोही र अतिवादीहरूलाई आन्तरिक सुरक्षा ऐनको प्रयोग गरेर वषर्ाैंसम्म गैरन्यायिक हिरासतमा राखे । मुद्दाबिनै उनीहरूलाई थुनिएकाले उनीहरू दोषी भए/नभएको कुनै ठोस प्रमाणको आवश्यकतै परेन । त्यसका लागि मुलुक कब्जामा पर्न लागेकाले विरोधीहरूलाई सखाप पार्न बौद्धिक रणनीति अपनाएको दृढ विश्वास भए पुग्थ्यो । आरोपित कम्युनिस्टमध्ये धेरै लीका राजनीतिक विपक्षीहरू हुनु कुनै संयोग थिएन । सन् १९६३ मा सयभन्दा बढी राजनीतिज्ञ र युनियनका नेताहरू राष्ट्रलाई खतरा पुर्‍याएको भनेर थुनिए । त्यसले लीको दल पिपुल्स एक्सन पार्टी -प्याप) लाई शक्तिशाली बनायो र उनलाई सबभन्दा खतरा भएको विरोधी दल बार्सियन सोसियलिसलाई अति कमजोर पार्‍यो । सन् १९६८ मा प्यापले संसद्को ५८ सिटमा ५८ सिट नै जितेको थियो । त्यसपछि विपक्षीहरू कहिल्यै उठ्न सकेनन् । प्यापले कहिल्यै चुनाव हारेन ।

शक्तिमा आउने यो विधिका बाबजुद सन् २००९ मा लीको अन्तरवार्ता लिने अमेरिकी पत्रकार टोम प्लेट्ससँग असहमत हुन कठिन छ । हामी पश्चिममा सिंगापुरले हासिल गरेको समृद्धिको बाटोमाथि वादविवाद गर्छाैं, तर सिंगापुरको उपलब्धि यसका विरोधीहरूलाई बाउन्ने पार्ने खालको देखिन्छ ।' उनले भनेका थिए । सन् २०१५ मा प्यापले आफ्नो अटल नेताले छाडेर गएको सिद्धान्तलाई नै पालना गरिहेको देखिन्छ ।

सन् २००५ मा एसियाली पत्रकारिता छात्रवृत्तिका निर्देशक चेरियन जर्जले प्यापको अधिनायकवादलाई जनतालाई खुसी राखेर राज्यको हैकम कायम राख्ने 'उत्पीडनको मानक' भनेका थिए । लीको उदार अधिनायकवाद एक कला भएको छ । तर सिद्धान्त भने उही नै छ, मानिसलाई टन्न खुवाऊ ताकि ती विद्रोह नगरून् ।

जनताले टन्न खान पाएनन् भने चाहिँ के हुन्छ त ? बितेका दशकमा सिंगापुरमा घरको मूल्य नाटकीय रूपले बढेको छ । आम्दानीको असमानता उच्च छ । विदेशीहरूसँगको उच्च प्रतिस्पर्धा यहाँका मानिसको असन्तोषको स्थायी कारण भएको छ । तन्नेरी पुस्ता अहिलेको सिंगापुरका संस्थापकको सफलता सूत्रमा विश्वास गर्दैनन् । तिनका सम्बन्धमा ली भन्ने गर्थे, 'स्थिरता र बर्सेनि बढ्दै गएको संवृद्धिमा जन्मेका तीस वर्षमुनिका युवाहरू मलाई व्यर्थमा काम दलाउने मान्छे ठान्छन् होला तर तिनीहरू गलत छन् । समस्या के भने, उनीहरू विश्वासै गर्दैनन् । उनीहरू त ठान्छन्, म चाहिँ गलत छु ।'

सिंगापुरका संस्थापकको मृत्यु भएको छ । अब के

हुन्छ त ? ब्रुकिङ इन्स्िटच्युसनको साउथ इस्ट एसियन स्टडिजका वरिष्ठ अध्येता सोसेफ लिओको विश्वास छ, 'प्यापले

आफ्नो व्यावहारिकतालाई निरन्तरता दिने छ । परिवर्तनको

रफ्तार ढिलो भए पनि, 'बाँच्नका लागि तिमी बदलिनुपर्छ भनेर

प्यापलाई सिंगापुरको प्रणालीमा लीले दिएको यो एक व्यावहारिक विश्वदृष्टि हो ।'

'अहिले अलि जटिल शासन समीकरण छ र सीमित परिधिमा प्याप सरकारले टाउको उठाउने अवसर खोजेको छ' नेसनल युनिभर्सिटी अफ सिंगापुरका अर्का वरिष्ठ अध्येता भन्छन्, 'एक संगठनको तहमा ली क्वान यु र उनको दलले नेताको योजना र त्यसको सहज उत्तराधिकारलाई कार्यान्वयन गर्नमा जहिल्यै जोड दिएका छन् । उनले आफ्नो शासन सत्ता दल र सरकारलाई हस्तान्तरण गरेको धेरै नै भइसकेको छ ।' यद्यपि आफ्नो छोरा ली सिएन लुङलाई प्रधानन्त्री बनाएकामा पर्यवेक्षकहरू लीलाई नातावादको आरोप लगाउँछन् । यसबारे लीले एकपटक यस्तो जबाफ दिएका थिए, 'म सन्तुष्टिको पागल होइन, ता कि मलाई छोराको जीवनमा अप्रत्यक्ष रूपले बाँच्न परोस् ।'

दि गार्जियनबाट

मलेशियाली औद्योगिक विकास प्राधिकरण

जे. जेगादीशान
प्रमुख कार्यकारी अधिकृत, जेजे इश्वरा कनेक्ट एडीएन बीएचडी
संस्थापक सदस्य, मलेशियाली औद्योगिक विकास प्राधिकरण (मिडा)

तीव्र गतिमा आर्थिक विकास गरिरहेका ‘एशिएन टाइगर’मध्ये मलेशिया एक हो । मलेशियाली औद्योगिक विकास प्राधिकरण (मिडा)मार्फत सन् १९६७ मा अहिलेको विकसित र आधुनिक मलेशियाको जग हालिएको थियो । मलेशियालाई गतिशील अर्थतन्त्रको रूपमा विकास गर्न सघाएको मिडाका संस्थापक सदस्य जे. जेगादीशानले आर्थिक विकासका लागि आफ्नो अलग्गै सूत्रको विकास गरेका छन् । सन् १९९९ मा नायव महानिर्देशकको रूपमा मिडाबाट सेवानिवृत्त भएका उनले व्यापार तथा विकासका लागि राष्ट्रसङ्घीय सम्मेलन (अङ्कटाड), राष्ट्रसङ्घीय अन्तरराष्ट्रिय विकास संस्था (युनिडो)लगायत संस्थाको वरिष्ठ परामर्शदाताको रूपमा अफ्रिका तथा अन्य अतिकम विकसित मुलुकमा काम गरेका थिए । जिम्बाबे र ताञ्जानियामा लगानी केन्द्र स्थापना परियोजनामा संलग्न जेगादीशानले जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)लाई अफ्रिकाली मुलुकका लागि आर्थिक विकास रणनीति निर्माणमा सघाएका थिए । हाल उनी आर्थिक परामर्शदाता संस्था जेजे इश्वरा कनेक्ट एडीएन बीएचडीका प्रमुख रहेका छन् । सन् २००८ मा आर्थिक विकासका लागि नोबेल पुरस्कारको मनोनयनमा परेका उनी लगानी वातावरण निर्माणका विज्ञ मानिन्छन् । नेपाल आर्थिक सम्मेलनको अतिथिको रूपमा गत महीना नेपाल आएका जेगादीशानसँग आर्थिक सुधार, लगानीको वातावरण निर्माण र ती क्षेत्रमा मलेशियाको अनुभवलगायत विषयमा आर्थिक अभियानका मोदनाथ ढकालले गरेको कुराकानीको सार :

आर्थिक सम्मेलनमा मैले मलेशियाको सफलताको कथा सुनाएको थिएँ । सन् १९६९ सम्म मलेशिया निकै गरीब मुलुक थियो । त्यही वर्ष त्यहाँ भड्किएको दङ्गामा धेरै मानिस मारिए । मलेशिया बहुजातीय मुलुक हो, जहाँ मलाय, मुस्लिम, चिनियाँ, भारतीयलगायत धेरै प्रकारका मानिस बस्छन् । दङ्गाका पछाडि चरम बेरोजगारी प्रमुख कारण थियो । त्यसमा पनि शहरी बेरोजगारी झनै डरलाग्दो हुँदो रहेछ । ‘गरीबी जहाँ भए पनि त्यसले सबैतिरको समृद्धिमा असर पार्छ’ त्यहाँ यही लागू भएको छ । मलेशियामा पनि त्यस्तै भएको थियो । जागीरविना शहरमा बाँच्न अत्यन्तै गाह्रो छ । त्यसैले गरीबी सरकारको मात्र चासोको विषय होइन । तपाईंको घरमा चोर्न आउने व्यक्ति गरीबीले सताइएको पनि हुन सक्छ । त्यसैले, यो सबैको चासोको विषय हो ।

अहिलेका सरकारको चुनौती रोजगारी र सम्पत्तिको सृजना गर्नु हो । त्यसका लागि लगानी आवश्यक छ । सरकारले लगानी गर्न सक्दैन । त्यसैले, उसको काम लगानीका लागि उपयुक्त वातावरण तयार गर्नु हो । त्यसपछि निजीक्षेत्र आफै लगानीका लागि अग्रसर हुन्छ । सरकार र निजीक्षेत्र दुवैको उचित समन्वयविना रोजगारी सृजना हुनै सक्दैन । मलेशियाले गरेको त्यही हो । मलेशियाको आधुनिक विकासमा मुख्य भूमिका निर्वाह गरेको मलेशियाली औद्योगिक विकास प्राधिकरण (मिडा)को संस्थापक टीमको सदस्य हुँ म । हाम्रो भूमिका उद्योग स्थापनाका लागि सहजीकरण गर्नु थियो । रोजगारी सृजना नगर्ने हो भने मुलुक ध्वस्त हुनेछ भन्ने हाम्रो डर थियो । नीति त राम्रा बने, तर तिनको सफल कार्यान्वयन चुनौतीको रूपमा रहेको थियो । हाम्रो जिम्मेवारी भनेकै नीतिको कार्यान्वयन गर्नु थियो । त्यसैले, मलेशियाले लोभलाग्दो सफलता पाउँदै गयो । सन् १९७० मा एउटा पनि निर्यातमुखी कम्पनी नभएको मुलुक सन् १९८० मा आइपुग्दा विश्वकै ठूलो माइक्रोचिप्स निर्यात गर्नेमा दरियो । त्यस्तै, विद्युतीय सामग्रीको उत्पादन पनि बढ्दै गयो । त्यस अघिसम्म मलेशिया संसारकै ठूला रबर उत्पादक मुलुकमध्ये एक थियो । तर, हामी रबरका सामान बनाउँदैनथ्यौं । हामी यूरोपमा रबर निर्यात गथ्र्यौं र तयारी सामान किन्थ्यौं । सन् ८० कै दशकमा रबरका सामग्री निर्यात गर्न थालिसकेका थियौं । त्यसबेलासम्म हामीले १ लाख ५० हजारभन्दा बढी रोजगारी सृजना गरिसकेका थियौं । त्यसैलाई हामी ‘मलेशियन मिराकल’ भन्छौं ।

आशाको त्रिभुज
यस्तो कसरी सम्भव भयो ? त्यस्तो सफलताको मुख्य तत्व ‘आशाको त्रिभुज’ हो । यसका तीन आयाम छन् : राजनीतिक इच्छाशक्ति, कर्मचारी प्रशासनको कुशलता र निजीक्षेत्रको गतिशीलता । यी तीनै तत्वको मेलबाट मात्र त्यस्तो वातावरण सृजना गरी लगानीकर्तामा आशाको सञ्चार गर्न सकिन्छ । मैले संसारका धेरै सरकारसँग काम गरिसकेको छु । त्यो अनुभवको आधारमा म के भन्न सक्छु भने, ती तीन आयाममध्ये एउटामात्रै पनि भएन भने जुनसुकै मुलुक असफल हुन्छ । ती तीन आयाममा पनि राजनीतिक इच्छाशक्ति मुख्य हो । त्यसका लागि भिजनसहितको नेतृत्व चाहिन्छ । तर, कहिलेकाहीँ राजनीतिक इच्छाशक्ति बलियो भए पनि कर्मचारीतन्त्र निकम्मा र भ्रष्टाचारले ग्रस्त छ भने असल नेतृत्व पनि असफल हुन्छ । के उद्योगी–व्यवसायीले कर्मचारीतन्त्रबाट मित्रवत् व्यवहार पाएका छन्, के कर्मचारीतन्त्रले व्यवसाय अभिवृद्धिमा सहयोगीको भूमिका निर्वाह गरेको छ, या व्यवसायीहरू कर्मचारीतन्त्रसँग सङ्घर्ष गर्नुपरिरहेको छ, यस्ता कुराले लगानीमा प्रत्यक्ष असर पार्छन् ।

अफ्रिकी अर्थतन्त्रलगायत विभिन्न विकासशील मुलुकको अध्ययनपछि मलाई के लागेको छ भने धेरै देशमा निजीक्षेत्र आफ्नै सङ्घर्ष र बलबुताले अगाडि बढेको छ । उनीहरूलाई निकै कममात्र सरकारी सहयोग उपलब्ध छ । ती मुलुकमा ‘आशाको त्रिभुज’ निर्माण गर्नु ठूलो चुनौती बनेको छ । मैले जाम्बियाका राष्ट्रपतिसँगको भेटमा ‘आशाको त्रिभुज’ले राष्ट्रलाई नै आशावादी बनाउने बताएको थिएँ ।

लगानी वातावरण
लगानीको प्रवद्र्धन एकैपटकमा सम्पन्न हुने कार्य होइन । यो त निरन्तर चलिरहने प्रक्रिया हो । भाषण तथा गोष्ठी, विज्ञापन, रिसेप्शन तथा कक्टेल डिनर, महोत्सवमा सहभागिता आदिले लगानी भित्रिने होइन । धेरै मन्त्री तथा उच्चपदस्थ सरकारी पदाधिकारी त्यसैबाट लगानी आउँछ भन्ने भ्रममा छन् । त्यसका लागि चारओटा आधारभूत कुरा मुलुकमा उपस्थित हुन जरुरी छ । त्यसमध्ये पहिलो लगानीको वातावरण हो । यसका दुई पक्ष छन् : समग्र र क्षेत्रगत । समग्र वातावरणमा राजनीतिक स्थिरता सबैभन्दा महत्वपूर्ण छ । यो निकै संवेदनशील विषय हो किनकि, राजनीतिक स्थिरता व्यवसायी वा अर्थशास्त्रीले चाहेर आउने होइन । यसका लागि राजनीतिक दलहरू गम्भीर हुनुपर्छ । व्यवसायीका लागि त प्रजातन्त्र, राजतन्त्रजस्ता शासन व्यवस्था होइन, लगानी गर्ने तथा प्रतिफल पाउने स्वतन्त्रता महत्वपूर्ण हुन्छ । तर, रोजगारी सृजना गरी मुलुकलाई अस्थिर हुनबाट जोगाउन भने उद्योगी–व्यवसायीले उल्लेख्य योगदान दिएका हुन्छन् । साथै, विदेशी विनिमय नियन्त्रण, आप्रवासनलगायत सबैलाई प्रभाव पार्ने तत्व पनि समग्र वातावरणमै आउँछन् । क्षेत्रगत वातावरणमा लगानीका क्षेत्र पर्दछन्, जुन उत्पादन विशेष पनि हुन सक्छ । उदाहरणका लागि कृषि एउटा क्षेत्र हो भने आँप वा उखु उत्पादन विशेष हो । म्यानुफ्याक्चरिङ, ऊर्जा अन्य उदाहरण हुन् । जबसम्म समग्र वातावरण राम्रो बन्दैन, तबसम्म क्षेत्रगत लगानीमा पनि कुनै सुधार हुँदैन ।

तुलनात्मक होइन प्रतिस्पर्धात्मक लाभ
लगानी प्रवद्र्धनको दोस्रो चरणमा उपयुक्त परियोजनाको पहिचान गरिन्छ । आफ्नो मुलुकका लागि आवश्यक र सान्दर्भिक उद्योग तथा परियोजना के हुन्, त्यसको निक्र्योल गर्नुपर्छ । भारतमा कुन उद्योग राम्रो छ वा अन्य मुलुकले कुन क्षेत्रमा प्रगति गरेका छन्, त्यो कुरा बिर्सनुहोस् । आफ्नो अवस्था, उपलब्ध कच्चापदार्थ र जनशक्तिको विश्लेषण गरी निर्णय लिनुहोस् । यहाँ धेरैले तुलनात्मक लाभको कुरा गरेको मैले सुनेँ । उनीहरूका अनुसार पर्यटन, स्वास्थ्यजस्ता विषयमा नेपाल तुलनात्मक लाभको अवस्थामा छ । तर, म के भन्छु भने प्रगतिको सूत्र ‘तुलनात्मक लाभ’ नभई ‘प्रतिस्पर्धात्मक लाभ’ हो । धेरैलाई यी दुवै उस्तैउस्तै लाग्न सक्छ । तर, यी दुईमा ठूलो भिन्नता छ । मलेशियाकै उदाहरण लिऊँ, सन् १९६७ मा मलेशिया संसारकै ठूलो रबर उत्पादक थियो । तर, रबर बूटको सबैभन्दा ठूलो निर्यातकर्ता नर्वेस्थित भाइकिङ फूटवेयर नामक कम्पनी थियो भने रबर ‘स्विमिङ क्याप’ उत्पादन र निर्यातमा न्यूजिल्याण्ड अग्रस्थानमा थियो । एउटा पनि रबर प्लाण्ट नभएका र मलेशियाबाट हजारौं किलोमिटर टाढाका ती मुलुक कसरी विश्वकै ठूला रबरजन्य उत्पादन निर्यातकर्ता बने ? त्यसको पछाडि एउटै कारण थियो– प्रतिस्पर्धात्मक लाभ । कम लागत, कुशल उत्पादन प्रणालीजस्ता विषयमा उनीहरू दक्ष थिए । त्यसैले, उनीहरू हाम्रो रबरबाट बूट बनाएर हामीलाई नै बेच्न सफल भएका थिए । सन् १९८० मा नर्वेको भाइकिङ र न्यूजिल्याण्डको स्विमिङ क्याप निर्माता कम्पनी त्यहाँका प्लाण्ट बन्द गरेर मलेशिया आए । त्यसपछि मलेशिया रबर बूट र स्विमिङ क्यापको विश्वकै ठूलो निर्यातकर्ता बन्यो ।

रमाइलो कुरा त के छ भने, १ सय वर्षअघिसम्म मलेशियामा रबर र पाम आयल दुवै थिएनन् । त्यहाँ रबर ब्राजिलबाट र पाम अफ्रिकाबाट आएको हो । अब हेर्नुहोस् त, मलेशियाको प्रगतिको पछाडि परम्परागत उद्योग नै छैन । हाम्रा परम्परागत उत्पादन त नरिवल र धान थिए । त्यसैले, मेरो अभिप्राय यो हाम्रो परम्परा हो, यसलाई छोड्नुहुन्न भनेर त्यसैमा टाँसिएर नबस्नुहोस् । प्रतिस्पर्धात्मक लाभ भएका उत्पादनतर्फ ध्यान लगाउनुहोस् भन्ने हो । किनकि, परम्परागत उत्पादनको मूल्य घटिरहेको हुन्छ । अझ अन्तरराष्ट्रिय बजारमा सस्तोमा गइरहेका वस्तु त उत्पादन नै नगर्नुहोस् । कुन कृषि उपजको उत्पादन घटेको र मूल्य बढेको छ, त्यसको अध्ययन गर्नुहोस् र त्यसको यहाँ उत्पादनको सम्भावना खोज्नुहोस् । परम्परागत उत्पादनमा भर परेको भए मलेशिया अहिले पनि नरिवलमात्र उत्पादन गरिरहेको हुने थियो ।

जब लगानीको वातावरणमा सुधार ल्याई परियोजनाको पहिचान हुन्छ, तबमात्र लगानी प्रवद्र्धनको कुरो आउँछ । त्यसैले, प्रवद्र्धन तेस्रो तत्व हो । अब रह्यो, सबैभन्दा महत्वपूर्ण चौथो तत्व परियोजना कार्यान्वयन । सयौं योजनाको गफ नगर्नुहोस् । कुनै मुलुकले एक वर्षमा कति योजनालाई स्वीकृति दियो, त्यो महत्वपूर्ण होइन । महत्वपूर्ण त कार्यान्वयनमा कति गए भन्ने हो । तपाईंले जति छिटो परियोजनालाई स्वीकृति दिन सक्नुहुन्छ, त्यति छिटो रोजगारी सृजना हुन्छ । त्यसैले, कार्यान्वयन गर्न सकिने खालका परियोजनामात्र स्वीकृत गर्नुपर्छ ।

जेजे फर्मुला
औद्योगिक विकास तथा आर्थिक वृद्धिका लागि मैले आफ्नै फर्मुलाको विकास गरेको छु, ‘ई+सीफोर+ओ≠पी’ । यहाँ ‘पी’ भनेको ‘प्रोब्लम’ (समस्या) होइन ‘प्रफिट’ (नाफा) हुनुपर्छ भन्ने हो । नाफालाई शङ्कालु दृष्टिले हेर्नु गलत हो । कुनै पनि उद्यमी–व्यवसायीले नाफाका लागि नै लगानी गरेको हुन्छ भन्ने बिर्सनु हुँदैन । उसको नाफा बढ्दै जाँदा त्यसको लाभ सरकार, समाज र कर्मचारीले पनि पाउँछन् । ती व्यवसायीले तिरेको करबाटै त हो सरकारले अस्पताल, बाटोघाटो, विद्यालय आदि बनाउने ।

‘ई’ भनेको ‘एन्भायरोन्मेण्ट’ अर्थात् वातावरण हो । त्यसपछि चारओटा ‘सी’ छन् : लागत (कष्ट), सहजता (कन्भिनियन्स), पूर्वाधार र सरकारको क्षमता (क्यापाबिलिटी) र सहुलियत (क्यारोट्स) । ‘ओ’ को अर्थ अवसर (अपच्र्युनिटी) हो । यहाँ सरकारको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । उसले आफ्नो मुलुुकमा उपलब्ध अवसरको मार्केटिङ गर्न सक्नुपर्छ । तर, चारै ‘सी’ ठीक भएको समाजमा लगानी वातावरण राम्रो भएको मानिन्छ । विकासशील मुलुकमा व्यवसायीको हातगोडा फलामका बेडी बाँधेर उनीहरूलाई दौडिन भनिएको छ । तर, विकसित मुलुकमा व्यवसायीका हातगोडा स्वतन्त्र छन् । कतिपय अवस्थामा सरकारले हातको बेडीमात्र खोलेर ‘लौ मैले तिमीहरूलाई ‘इन्सेन्टिभ’ दिएको छु, खै त दौडेको ?, भन्छ । त्यसैले विकासशील मुलुकका सरकारलाई म व्यवसायमैत्री रणनीतिक कार्ययोजना बनाउन सल्लाह दिन्छु । तर, त्यसको कार्यान्वयनका लागि बलियो इच्छाशक्ति हुनुपर्छ । आशावादी र सहयोगी कर्मचारी प्रशासन हुनुपर्छ । व्यवसायको लागत कम हुनुपर्छ । र, सरकारी सेवामा कुशलता हुनुपर्छ । उदीयमान पूर्वी एशियाली अर्थतन्त्रले यही बाटोबाट प्रगति गरिरहेका छन् ।

लगानी बोर्ड
लगानी बोर्डले विदेशी लगानी भित्र्याउन सहयोग गर्छ । तर, धेरैले के बुझेका छैनन् भने लगानी बोर्ड त देखिने अङ्गमात्र हो । त्यसका पछाडि श्रम, कच्चापदार्थ, कर्मचारी, यातायात तथा ढुवानीको अवस्था पनि राम्रो हुनुपर्छ । नीति ठीक हुनुपर्छ । प्रधानमन्त्री नीति कार्यान्वयनको ‘रबिनहुड’ हो । त्यसैले, सबैको सहयोग भएमा मात्र लगानी बोर्डले प्रभावकारी रूपमा काम गर्न सक्छ ।  

मोदनाथ ढकाल

सफतलाको कथा: माटोमा खेल्दा खेल्दै करोडपति

वीरेन्द्र केसी

अर्घाखाँची - उमेरले ४५ वर्ष पुगेका किमडाँडाका पुष्करनाथ बञ्जाडे जिल्लाकै नमुना कृषक हुन । सामान्य परिवारका जन्मेका उनले २०३९ सालमा एसएलसी उतीर्ण गरेपछि सरकारी निकायमा स्थायी जागिर खाने अवसर पाउँदा पनि जागिर तिर ईच्छा जागेन । महिना पुगेपछि पाईने तलबको जागिर सबैभन्दा टाउको दुखाई बन्यो । जागिर भन्दा उत्पादन मुलक अर्को पेशा गर्ने सोच बनाए । जागिर भन्दा व्यवसायतिर लाग्ने क्रममा प्युठानमा टरवाईन पानीबाट अन्न पिस्नें मिल किनेर काम गर्न शुरु गरे । त्यहाँबाट धान कुटेर अर्घाखाँचीका बजार र गाउँलेलाई चामल ल्याएर बिक्री गरे । केही वर्षपछि सोच अर्कै बनाए ।

- अर्घाखाँची किमडाँडाका कृषक पुष्करनाथ बञ्जाडे खुर्सानी बारी देखाउँदै । भिरालो पाखो बारीमा चार रोपानीमा खुसा्रनी सहित करिब १५ रोपनी बारीमा तरकारी खेती गरेका छन । अन्न खेती गर्न छाडेर व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन । उनले गरेको देखासिकीबाट िसंगो गाउँ नै तरकारी खेतीमा लागेको छ ।

शुरुमा एक सय रुपैयाको लगानीबाट तरकारी खेतीको शुरुवात गरेका उनले अहिले १ करोड रुपैयाँ भन्दा बढीको मालिक बन्न सफलता मिलेको छ । किमडाँडाको पाखोबारीमा अहिले मौसमी तथा बेमौसमी तरकारी बाह्रैमास उत्पादन भैरहेका छन । शुरुमा तरकारी खेती गर्दा अन्न नहुने यस्ता बारीमा तरकारी खेती गर्छु भन्नु बुद्धि बिग्रेको मान्छे भनेर ईष्या गर्थे गाउँलेले तर तरकारीबाट चमत्कार नै भएपछि तीनै गाउँलेले पुष्कारनाथको देखासिकी गरेर आफुहरुले पनि तरकारी खेतीलाई मुख्या पेशा बनाएका छन । बञ्जाडे भन्छन गरेपछि जे काममा पनि सफलता मिल्छ निरन्तरता काम गरिरहनुपर्छ । वर्षादको बेला उनले उत्पादन गरेको तरकारी दुई वर्ष अघि भारतको दिल्लीसम्म पुगेको थियो । अत्यन्तै दुःख गरेर उत्पादन गरेको तरकारी दिल्लीसम्म पुग्दा त्यसबेला मलाई सबैभन्दा खुसीको गर्व भयो, उनले भने वर्षादको तरकारी तयसमा पनि पहाडको तरकारी पोषिलो र स्वादिलो मान्दै सीमा नाकाका ब्यापारी घरमै आए र त्यो तरकारी दिल्लली पुग्यो । अहिले २० रोपनी बारीमा घिरौला सिमी बोडी लौका तोराय खुसा्रनी काक्रो तनेबोडी सिम्लामिर्चा लगायत एक दर्जन भन्दा बढी लहरेबाली तरकारीहरु उत्पादन भैरहेका छन । उनले दैनिक ५ देखि ८ हजार रुपैयाँको तरकारी सन्धिखर्क बजारमा बिक्री भएको बताउँछन । उक्त जग्गामा अन्न खेती गर्न १० वर्षदेखि छाडेका छन । दुई वर्ष देखि दुईवटा जर्सी गाई समेत पालेका छन । १६ लिटरसम्म दुध दिने जर्सी गाईमा भन्दा तरकारीबाट बढी आम्दानी हुने उनी बताउँछन ।

- अर्घाखाँची किमडाँडाका कृषक पुष्करनाथ बञ्जाडे र उनकी श्रीमती गोभीका विरुवामा झार गोडदै । बारीमा गोभी लगाउन करिब १२ सय जति विरुवा उत्पादन गरेका छन । वर्षाको सिजनमा उत्पादन गरेको तरकारी महंगोमा बिक्री हुने गर्छ । उनले आफनो १५ रोपनी बारीमा अन्न खेती गर्न छाडेर मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा पाँच लाख रुपैयाँ जति आम्दानी गरेका छन । उनले गरेको देखासिकीबाट िसंगो गाउँमा तरकारी उत्पादन भैरहेको छ ।

तरकारीबाट वर्षमा ६ लाख रुपैयाँ सजिलै कमाएपछि सन्धिखर्कमा हालै तीन तले घर बनाएका छन । ५० लाख रुपैयाँ भन्दा बढीका घर र घडेरी जोडिसकेका छन । उनका एक छोराले दिल्लीमा सीए पढदै छन । यीनै भिराका बारीमा माटोसँग लडेर करोडपति बन्ने सपना उनले बुनेका छन । चार वर्षयता पुरै बारीमा अर्गानिक तरकारी उत्पादन गरेका छन । गाईभैसीको गोबरमल भन्दा पिसाब सबैभन्दा उत्तम भएको पत्ता लगाएपछि तरकारी खेती दोब्बर उत्पादन भएको छ । पशुको पिसाब संकलन गर्न करिब १० हजार लिटरको टयाकी बनाएर संकलन गर्ने र तरकारीका बोटमै बेलाबेलमा राखेपछि रासायनिक र गोबर मलको आवश्यक्ता पर्दैन उनले भने यसबाट पुरै बारीमा अर्गानिक तरकारी उत्पादन भैरहेको छ । जुन स्वास्थयको लागि पनि होनी हानिकारक हुदैन । तरकारीको लागि सिचाईको पनि साह्रै समस्या छ । वर्षामा आकाशेपनि संकलन गर्न १ लाख लिटरको आकाशे पानी संकलन गर्ने पोखरी ४० हजार लिटरको टयाकी बनाएका छन । त्यहिबाट सिचाई गर्छन । दैनिक ८० लिटर भन्दा बढी गाईभैसीको पिसाब टयाकीमा संकलन हुन्छ, उनले भने त्यसपछि खेतबारीमा राखेपछि दोब्बर उब्जनी हुन्छ । सरकारले रासायनिक मलको सटा खेर गएको पिसाब संकलन र कम्पोष्ट मल प्रयोग गर्न अभियान संचालन गरे दोब्बर खाद्यान उत्पादन हुने थियो । १ उनी अहिले िसंगो जिल्लालाई नै कृषि जिल्ला भनेर चिनाउने अभियानमा लागेका छन । गाउँबाट रोजगारीको लागि विदेश जाने युवाहरुलाई तरकारी र जर्सी गाई पाल्न सुझाव दिएर धेरै यतातिर तानिएका छन । युवाहरु विदेशमा गएर जस्तो कठोर काम पनि गर्न पछि पर्दैनन, उनले भने तर आफनै स्वदेशमा काम गर्न हिच्किचाउँछन ।

जिल्लामा तरकारी र दुध मासुका लागि खसी बोकाको अत्यधिक माग भएकाले व्यवसायिक रुपमा लगे यहि माटोमै लाखौ रुपैयाँ कमाउन सकिने बताउँछन । अहिले किमडाँडाका ३ सय भन्दा बढी कृषकले तरकारी खेतीबाट लाखौं रुपैयाँ कमाएका छन भने १ सय ५० कृषकले दुई सय जति गाई पालेर समान्य कृषकले पनि माहिनामा १५ हजार देखि २५ हजार रुपैयाँसम्म आम्दानी गरेकोमा सबैभन्दा खुसी लागेको बञ्जाडे बताउँछन । एउटैले खेती गर्दा बिक्रीको लागि समस्या हुने भएकाले धेरैलाई यतातिर आकर्षित गरें । खानेपानीको अभावले गाउँलेहरु घर छाडदै गरेको अवस्थामा आकाशे पानी संकलन गरेर पनि जिल्लामै पहिलो पटक प्लाष्टिक पोखरी निमर्ँण गरेर खेती गर्न सकिने उदाहरण हो यो उनले भने हात धोएको कपडा धोएको झाडा माझेको पानी नोक्सान हुन दिदैनौं । यस गाउँमा खानेपानी ल्याउने स्रोतहरु भएपनि सरकारी क्षेत्रबाट भएको वेवस्ताले गर्दा खेती गर्न जागरुक भएका किसानहरुमा निराशा छाएको छ ।

- अर्घाखाँची किमडाँडाका कृषक पुष्करनाथ बञ्जाडे र उनकी श्रीमती गोभीका विरुवामा झार गोडदै ।

जिल्ला कृषि विकास कार्यालयबाट उनी धेरै पटक पुरस्कृत भएका छन । कृषि कार्यलयले उनलाई जिल्लाकै नमुना कृषक भनि घोषणा गरेको छ । उनी विगत स्मरण गर्दै भने म जागिरमै रहेको भए तलवले घरखर्च टार्नु बाहेक अरु केही हुने थिएन । तर माटोमै खेल्दा मेरो र गाउँलेको जीवनमा ठुलै परिवर्तन भएको छ यसमा मलाई असाध्यै खुसी लागेको छ । सरकारले कृषि क्षेत्रलाई वेवस्ता गर्दा नेपालमा धेरै उत्पादन मुलक संभावनाहरु भएपनि ती ओझेलमा परेको बताए ।
सरकारले नेपालमा के के उत्पादन हुन्छ विदेशबाट हाम्रो देशमा दैनिक अत्यावश्यक खाद्यान तरकारी फलफुल कति भित्रिन्छ भन्ने सर्वेक्षण गरेर लागु गरे विश्वमै नेपाल कृषिमा धनी देश बन्न सक्छ तर नेताहरुको ध्यान कुर्ची र पैसा मोह भएकाले कृषकलाई निसाशा छाएको दुखेसो पोखे । उनकै देखासिकीबाट किमडाँडाबाट वर्षमा झण्डै १ करोड रुपैयाँ तरकारी बाट भित्रिन्छ भने दैनिक १२ सय लिटर जर्सी गाईको दुध सन्धिखर्कका चारवटा डेरीमा बिक्री भैरहेको छ । गाईको दुधभन्दा पनि महत्वपुर्ण तरकारीको लागि पिसाब भएको छ ।

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति
Read more at http://www.merokhabar.net/story/%E0%A4%9C%E0%A5%80%E0%A4%B5%E0%A4%A8%E0%A4%AE%E0%A4%BE-%E0%A4%B8%E0%A4%AB%E0%A4%B2-%E0%A4%AC%E0%A4%A8%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%87-%E0%A4%9A%E0%A4%BE%E0%A4%A3%E0%A4%95%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8B-%E0%A4%AF%E0%A5%80-%E0%A5%A7%E0%A5%A6-%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF#HM3bhrsAQX6AVL02.99

चाणक्य नीति १ः           आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि बताउँदैन ।आफूले सोचेको कुरालाई पुरा गर्नको लागि ढृढ रहनुहोस्, तपाईंको जीत अवश्य हुनेछ ।
चाणक्स नीति २ः             शिक्षा सबैभन्दा राम्रो मित्र हो । एक शिक्षित व्यक्तिले हरेक ठाउँमा सम्मान पाउँछन् । शिक्षाले सौन्दर्य र यौवनलाई परास्त गर्ने गर्दछ ।
चाणक्स नीति ३:             मूर्खता जस्तै यौवन पनि दुखदायी हुने गर्दछ किनभने जवान हुँदा व्यक्तिले कामवासनाको आवेगमा कुनै पनि मूर्खतापूर्ण काम गर्न सक्छ । तर योभन्दा पनि अधिक कष्टप्रद भनेको अरु व्यक्तिमा आश्रित हुनु हो ।
चाणक्य नीति ४ः            यदि सर्प विषालु छैन भने पनि उसले आफूलाई विषालु देखाउन आवश्यक छ ।
चाणक्य नीति ५ः            ती आमाबुवा बच्चाहरुको लागि शत्रुजस्तै हुन्छन् जसले आफ्ना बच्चालाई राम्रो शिक्षादिक्षा दिएका हुँदैनन् । किनभने अनपढहरुको विद्वानको समूहमा निकै बेइज्जत हुने गर्दछ ।
चाणक्य नीति ६:            चाणक्यका अनुसार नदीको किनारामा रोपिएको जीवन अनिश्चित हुन्छ किनभने नदीमा आएको बाढीले किनारामा रहेको रुख उजाडिदिन्छ । यस्तै प्रकार अरुको घरमा बस्ने स्त्री पनि कुनै समय पतनको मार्गमा जान सक्छिन् । यस्तै, जुन राजासँग राम्रो सल्लाह दिने मन्त्री छैनन्, ती राजा धेरै समयसम्म सुरक्षित हुन सक्दैनन् । यसमा कुनै शंका छैन ।
चाणक्य नीति ७ः            जुन प्रकार यौनकर्मी सम्पत्ति सिद्धिएपछि परपुरुषको मुख पनि हेर्दिनन् त्यसरी नै जब राजा शक्तिहिन हुन्छन् तब प्रजाले उनको साथ छोडिदिन्छन् । यस्तै प्रकारले रुखमा बस्ने पंक्षी पनि त्यतिबेलासम्म मात्र त्यहाँ बास बस्ने गर्दछ जबसम्म त्यसले उक्त रुखबाट फल प्राप्त गर्छ । अतिथीलाई जब पुरा स्वागत सत्कार गरिन्छ भने उसले पनि त्यो घर छोडिदिन्छ ।
चाणक्य नीति ८:             जुन प्रकारले पत्नी वियोगको दुख, आफ्नो भाइ–नातागोताले प्राप्त गर्ने अपमानको दुख असह्य हुन्छ, त्यसरी नै ऋणले दबिएको व्यक्ति हरेक समय दुखी नै रहन्छ । दुष्ट राजाको सेवाका लागि बस्ने नोकर पनि दुखी नै रहन्छ ।
चाणक्य नीति ९ः             जो व्यक्तिको छोरा उसको नियन्त्रणमा बस्ने गर्दछ, श्रीमती उनको आज्ञा अनुसार व्यवहार गर्दछिन् र जो व्यक्ति आफूले कमाएको धनमा पूर्ण सन्तुष्ट हुन्छन् भने यस्ता व्यक्तिहरुका लागि संसार एक स्वर्गजस्तै हुन्छ ।

चाणक्य नीति १०ः            खानाको लागि मिठो पदार्थ उपलब्ध हुनु, त्यसलाई पचाउने शक्ति हुनु, सुन्दर महिलासँग संसर्गको लागि कामशक्ति हुनु, प्रचुर धनका साथै धन दिने इच्छा हुनु, यी सबै सुख मानिसका लागि निकै कठिन रुपमा प्राप्त हुन्छ ।

एक अमेरिकी, जसको हृदयमा ‘नेपाल’ छ

संसारमा थुप्रै मानिसहरु जन्मन्छन् । व्यक्ति जन्मने विषयलाई गौण मन्ने हो भने धेरैको जीवन असफल हुन्छ । थोरैको मात्र सफल र अपेक्षाकृत । जीवनमा संघर्ष गरेर पाएको सफलताको मूल्यलाई अन्य कुनै कृतिम वस्तुले जित्न सक्दैन होला सायद् । ‘इमान्दारिता’ र ‘लगनशिलता’ ती दुई शब्द हुन् जसले व्यक्तिलाई सफल बनाउँछ । सफलताले सहयोगको भावना विकास गराउँछ । गाउँ, समाज र राष्ट्रमा सफल व्यक्तिहरुको योगदान थुप्रै हुन्छ । तर एक व्यक्ति छन् जो आफ्नो देशभन्दा धेरै टाढाको देशमा सहयोगका हातहरु बढाउँन चाहन्छन् । आफ्नो मातृभुमिभन्दा बढी माया त्यो भूमिलाई गर्छन् जहाँ प्रकृतिको जन्म भएको हो । ति व्यक्ति हुन् अमेरिकी नागरिक माइकल कोबोल्ड ।

Kobold 3
कोबोल्डका हरेक अनुभूति भावनात्मक छन् । हरेक पाइला पाइलामा संघर्ष, प्रयास र निरन्तरता देखिन्छ । विश्वको चर्चित ‘कोबोल्ड’ घडी कम्पनीका मालिक माइकल कोबोल्ड नेपालको प्राकृतिक सुन्दरता र यहाँका मानिससँगको भावनात्मक सम्बन्धकै कारण प्रत्येक वर्ष नेपाल आउँछन् । सन् २००८ मा कोबोल्ड पहिलो पटक नेपाल आएका थिए । नेपालको भूमिमा हवाइजहाज प्रवेश गर्दैगर्दा देखिएको दृष्यले उनको मन दंग भएको थियो । सगरमाथा चढ्ने तयारी गरिरहेका एक मित्रलाई बधाई दिनका लागि मात्र उनी पहिलोपटक नेपाल आएका थिए । राजधानी सहर काठमाण्डौमा अवतरण गर्दैदेखि यहाँको प्राकृतिक सुन्दरताले उनलाई मोहित गराएको थियो ।
काठमाण्डौ अवतरण पछि सगरमाथाको ‘बेस क्याम्प’सम्म पुगेर साथीलाई भेट्नु थियो । पहिलो पटकको यात्रामा उनले धेरै लामो समय विताउन पाएका थिएनन् । ‘बेस क्याम्प’ पुगेर तुरुन्त स्वदेश फर्कनुपर्ने बाध्यता थियो । प्रेमिप्रमिकाबीच पहिलो भेटमा मायाप्रिति बसेजस्तै पहिलो आगमनमै नेपालप्रति उनी आकर्षित त भए तर समयको अभाव थियो । धेरै ठाउँहरु घुम्ने रहरलाई लत्याउँदै उनी अमेरिका फकिएका थिए । एक वर्ष कुर्नु परेन उनी दोस्रोपटक नेपाल आउन । सन् २००९ मा दोस्रोपटक नेपाल आए र राजधानीका सबै ठाउँ घुमे । संसारको शिखर सगरमाथा पनि चढे । ‘सगरमाथाको चुचुरोमा छँदा मलाई खुसी होइन एक प्रकारको अचम्म लागि रहेको थियो’ उनी भन्छन्, ‘त्यति अग्लो शिखर चढ्छु भन्ने सोच नै थिएन ।’

Kobold
दोस्रो पटकको उनको सगरमाथा आरोहण केही फिल्मी शैलिको थियो । कारण उनले श्रीमतीलाई सगरमाथा आरोहण गराउन ल्याएका थिए । अघिल्लोपटक भन्दा केही जटिल थियो यात्रा । कोबोल्ड दम्पत्तीले आरोहण सफलतापूर्वक गरे पनि फर्कने क्रममा श्रीमती अन्तिम अवस्थामा पुगिन् । अक्सिजनको कमिका कारण । उनमा आशा हटिसकेको थियो । ‘श्रीमतीको निलो शरीर अन्तिम पटक हेर्दैछु जस्तो अनुभूति भएको थियो ।’ उनी भन्छन्, ‘शेर्पा दाईहरुले बचाए ।’ यसरी शेर्पाहरुले गरेको सहयोगप्रति कृतज्ञता जनाउँदै दुई शेर्पालाई अमेरिका लगे उनले । नाम्गेल शेर्पा र थुन्डु शेर्पा । अमेरिकामा रहेको आफ्नै घडी बनाउने कम्पनीमा उनीहरुलाई तालिम दिलाए । निरन्तर दुईवर्षसम्म प्रशिक्षण दिएर दक्ष बनाए । यसरी शेर्पाहरुलाई तालिम दिनुको मुख्य कारण नेपालमा घडी कम्पनीको शाखा खोल्नु थियो । व्यवसायलाई विस्तार गर्नु थियो । तर त्यो भन्दा मुख्य विषय श्रीमतीको जीवन फिर्ता ल्याउने ती शेर्पा दाजुहरुलाई जोखीमपूर्ण कामबाट हटाई सीप सिकाएर अन्यत्र सार्नु थियो । दक्ष बनाउनु थियो ।

Kobold Climbing Mt Everest.
मार्च २६, २०१२ मा उनले हिमालय एभरेस्ट संस्करण घडीको उद्घाटन गरे । जसको निर्माण सगरमाथाका पत्थरहरुबाट हुने गर्छ । अमेरिकामा रहेको उनको मुख्य घडी कम्पनीको शाखा उद्घाटन गर्ने क्रममा सबै ठुला कम्पनीका मालिकहरुदेखि नेताहरुसम्मको सहभागिता भयो । सबैले सम्बोधन गरे । यहि प्रसंगलाई जोड्दै उनी भन्छन, ‘यहाँको सबै युवा पुस्ता जो विदेश पलायन हुन्छन, उनीहरु सबैलाई यहीँ नै मौका छ ।’ उनका अनुशार नेपालमा सबै काम सम्भव छ । ‘नेपाल धेरै सुन्दर देश हो र त्यो भन्दा पनि याहाँका मानिसहरुको भावना सुन्दर ।’ नेपालको प्राकृतिक सुन्दरताले मोहित भएका उनी थप व्याख्या गर्छन्, ‘यहाँ सबै कुरा सम्भव छ । तर परिस्थिति भने जटिल देख्छु ।’

Kobold With two watch.
कोबोल्ड फरक विषयमा रुची राख्छन् । उनी आफ्ना दुवै हातमा घडी लगाउँछन् । अर्थशास्त्रका विद्यार्थी कोबोल्डलाई हिसाबमा भने खासै रुचि थिएन । कलाकारितामा रुची राख्ने उनी संसारलाई उदाहरणीय काम गरेर देखाउन चाहन्थे । तर सोचेजस्तो सहज कहाँ थियो र । स्वयम्को जीवन जटिल थियो । कठिनाईहरु थिए । माइकल कोबोल्डको जीवन कथा उनको विद्यालय शिक्षाबाट सुरु हुन्छ । विद्यालय अध्ययनकै क्रममा बजार घुम्न जाँदा उनलाई सजाएर बेच्न राखिएको घडी मन पर्यो । परिवारका सदस्यहरुलाई घडी किनिदिन आग्रह गर्दा धेरै महंगो भएको र किन्न नसक्ने जवाफ पाए । उनको मन खिन्न भयो । तर नयाँ अठोट उनमा आयो । मूल्यकै कारण किन्न नसकेको घडी आफैंले बनाउने हो भने सस्तो पर्ने उनले सोचे । त्यसैमा समय खर्चन थाले ।

उच्च शिक्षा अध्ययन गर्दा कक्षामा दिइने प्रयोगात्मक विषयहरुमा उनी घडी रोज्थे । त्यसबारे अध्ययन गर्थे । खोज गर्थे । त्यसै शिलशिलामा उनी एक घडी उत्पादन गर्ने कम्पनीमा इन्ट्रनसीप गर्न पुग्छन् । त्यहाँ केहि समय काम गर्छन् । सानैदेखि नै घडीले कसरी काम गर्छ भन्ने बारेमा धेरै नै रुची राख्थे उनी । घडीमा प्रयोगहुने प्रविधिबारे जानकारी पाएसँगै उनलाई त्यसबारे थप रुची बढ्न थाल्यो ।

प्रधानमन्त्री पुष्पकमला दाहाल प्रचण्डलाई आफ्नो उत्पादनको विषयमा जानकारी गराउँदै कोबोल्ड ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो उत्पादनको विषयमा जानकारी गराउँदै कोबोल्ड ।
कोबोल्डलाई आफ्नै घडी कम्पनी बनाउने ठूलो रहर थियो । सपनालाई विपनामा सार्थक बनाउन कहाँ सहज हुन्थ्यो र । उनलाई पनि कम्पनी सुरु गर्न भने जति सहज पटक्कै थिएन । आफ्ना बुवासँग कम्पनीबारे कुरा राख्दा सकारात्मक जवाफ पाएका थिएनन् कोबोल्डले । तर उनको संघर्ष जारी नै थियो । विद्यालय पढ्दैदेखि उनले साधारण मिठाइ बेचेर पैसा जम्मा गरेका थिए । गाडी सञ्चालनमा दक्ष कोबोल्डले ड्राइभर कन्स्ट्रक्टर भएर चार वर्षसम्म काम गरे । जसमा उनी अरुलाई सुरक्षा सम्बन्धी तालिम दिन्थे । उच्च शिक्षा अध्ययनकै क्रममा उनले पाँच वर्षसम्म अमेरिकामा रहेको इण्डियनको रेस्टुरेन्टमा काम गरे । परिवारबाट खाजा खान दिएको पैसा बचत गर्थे उनी । काम गरेको पैसा पुरै जोगाउँथे । परिवारलाई जानकारी नदिई विभिन्न कामहरु गर्ने र रकम जम्मा गर्ने उनी गर्दथे । १२ वर्षको उमेरमा सुरुभएको घडी बनाउने सपना १९ वर्षमा पुरा भएको थियो । आफ्नै कम्पनी खोलेका थिए उनले ।

Watch
पटक पटकको असफलता, निरन्तरको अभ्यासले सफल बनेका उनी आज नेपालमा सहयोगका हात बढाउँदैछन् । सन् २००८ देखि निरन्तर नेपाल आइरहेका उनले नेपालीलाई सहयोग गर्ने उद्देश्यसहित २०१५ अप्रिल मा उनले कयगचधबथ ायगलमबतष्यल नामक संस्था स्थापना गरे । जसको मुख्य उद्देश्य भनेको जोखिममा परेका नेपालीहरुलाई सहयोग गर्नु थियो । सहयोगका हातहरु बढाउनु थियो । संस्था स्थापना भएको केहि हप्तामा नवित्दै २०७२ बैशाखमा महाभूकम्प गयो । ठूलो संख्यामा जनधनको क्षति भयो । उनले तत्कालै आफ्ना साथीहरुलाई सहयोग मागे । प्राप्त भएको सहयोग तथा रकम उनले आफ्ना संस्था मार्फत धेरै ठाउँहरुमा राहतको काम गरे ।

Firetruck
यतिबेला उनी नेपालका विभिन्न सहरहरुमा वारुणयन्त्र वितरण गर्ने योजनामा छन् । केही महिना भित्रै उनी नेपालमा विभिन्न कार्यक्रम गर्दैछन् । नेपालमा वारुणयन्त्र सेवाको आवश्यकता अत्याधिक भएको महशुस गर्दै उनले १२ ओटा दमकल विभिन्न सहरहरुमा हस्तान्तरण गर्न लागेका हुन् । उनलाई वारुणयन्त्र हस्तान्तरण गरेर चर्चा कमाउने भन्दा ठूलो सपना नेपालको प्रचारप्रसार गर्ने छ । प्राकृतिक रुपमा सुन्दर देशलाई विश्वमा चिनाउने उनको चाहना छ । जसका लागि वारुणयन्त्र वितरण कार्यक्रममा संसारका विभिन्न चर्चित व्यक्तिहरुलाई उनी नेपाल ल्याउँदैछन् । नेपालबारे जानकारी गराउँदैछन् । विभिन्न ठाउँमा आयोजना गरिने कार्यक्रम र यहाँको सुन्दरतालाई भिडियोमा क्याप्चर गर्दै अन्तर्राष्ट्रिय च्यानलहरुमा देखाउने उनको रहर छ ।

कोबोल्ड त्यस्ता व्यक्ति हुन् जो नेपाललाई छातीमा राखेर हिँड्छन् । यो देशलाई माया गर्छन् । नेपालीलाई माया गर्छन् । यहाँको प्राकृतिक सुन्दरतामा आनन्दित हुन्छन् । स्वर्ग पुगेको अनुभूति गर्छन् । सकारात्मक सोच राखेर संघर्ष गरेमा सफलता पाउन सकिन्छ भन्ने कोबोल्डको एकमात्र चाहना नेपाल आमालाई हँसाउने छ । प्रकृतिसँग लुटुपुटु हुन्छन् उनी । नेपालको विकासमा थोरै भए पनि योगदान दिन चाहन्छन् कोबोल्ड । आफ्नो लागि मात्र सोचेर परिवर्तन सम्भव नरहेको बताउने कोबोल्ड भन्छन्, ‘सबै असम्भवलाई सम्भव बनाउन सकिन्छ । त्यसका लागि मात्र संघर्ष र इमान्दारिताको आवश्यकता पर्छ ।’

प्रस्तुति: एनोश कार्की