Thursday, October 6, 2016

लिक्वान युको व्यावहारिक अधिनायकत्व

२०७१-कसैका लागि ली क्वान युको मृत्युको अर्थ निर्दयी निरंकुशको अन्त्य हो । अनि कसैका लागि चाहिँ यो अथक नेताको अन्तिम पुरस्कार हो । बितेका केही दिनहरूमा म उनीसँग बढी नै नजिकिएँ जस्तो लाग्यो । मैले उनको संस्मरण, केही अन्तरवार्ता पढेँ अनि कार्ल ट्रकीले लेखेको सिंगापुरको इतिहास पुस्तक दोहोर्‍याएर हेरेँ । तर, ली मेरा लागि अझै एक रहस्य हुन् । मलाई शंका छ, उनलाई कहिल्यै बुझ्न सक्दिनँ भन्ने ।

'उनीहरू मलाई जान्दछु भन्ठान्छन्, तर उनीहरू त मेरो सार्वजनिक 'म' लाई मात्र जान्दछन्' उनले सन् २००९ को एक अन्तरवार्तामा भनेका थिए । सायद ली ठीक थिए । मेरो अनुमानमा उनले दुःखका साथ त्यसो भनेको हुनुपर्छ । इतिहासमा ली जति उदार तानाशाहको पदवीको हकदार कोही पनि छैन । उनले ३१ वर्ष सिंगापुरमा प्रधानमन्त्री भएर शासन गरे । अनि अरू दुई दशक उनले मन्त्रिपरिषद्मा मुख्य स्थान ओगटे । दह्रोसँग जमेर खुला रूपले उनले सिंगापुरलाई आफ्नै तस्बिरमा ढाले । अनि 'नरम' अधिनायकवादको विशिष्ट मन्त्रको ब्रान्डमा अति नै व्यावहारिक जनताका साथ आजको समृद्ध राज्य सिंगापुर बनाए ।

आकारमा सिंगापुर लन्डनभन्दा आधै सानो र जनसंख्यामा दुई तिहाइ ठूलो छ । यसको कर्मचारीतन्त्र चुस्त छ । सफा

हावा, सुरक्षित सडक छन् । उच्च गुणस्तरका विद्यालय र खर्चले धान्न सक्ने स्वास्थ्य सुविधा छन् । घर भन्न लायक सुन्दर ठाउँ सिंगापुर धेरै हिसाबले व्यापार गर्नका लागि संसारकै उपयुक्त स्थान हो । यसका लागि धन्यवाद दिनलाई हामीसँग ली छन् । तर सिंगापुर भौतिक उन्नतिका लागि जिद्दीका साथ लागेको कठोर व्यावहारिकताको थलो पनि हो । अनि ली यसको

सबभन्दा महत्त्वपूर्ण परिपालक हुन् । उनी यो भौतिकवादको प्रवर्तक पनि हुन् र प्रचारक पनि । उनको पि्रय प्रश्न 'ठीक

के हो ?' भन्ने नभएर 'ठीक यो नभए के भयो त ?' भन्ने

हो । आफ्नो योजनाले काम गर्छ कि गर्दैन, यसले सिंगापुरलाई बचाउँछ कि बचाउँदैन र सिंगापुरको सफलतालाई निश्चित गर्छ कि गर्दैन भन्ने कुरा उनका लागि मुख्य थियो ।

स्वतन्त्रताको वैचारिक अवधारणाप्रति क्याम्बि्रजमा शिक्षित लीको कुनै रुचि थिएन । एक अधिवक्ताका रूपमा उनी स्वतन्त्रताको अवधारणा जान्दथे । तर बेलायको पठन र जापानी व्यवसायमा उनले 'स्वतन्त्रताले पेट भरिँदैन तर तपाईंलाई छेक्नका लागि स्वतन्त्रताको प्रयोग गर्नेहरूलाई पाखा लगाउन सक्नुहुन्छ' भन्ने एक अमूल्य पाठ सिके । 'मैले कसरी शासन गर्नुपर्छ भन्ने सिकेँ, बेलायती र जापानीहरूले जसरी शक्तिको प्रयोग गरेर कसरी जनतालाई तह लगाउनुपर्छ भन्ने जानेँ,' उनी भन्ने गर्थे ।

उनले सिंगापुर उपनिवेश हुँदा ताकाका सयौं अरोपित कम्युनिस्ट, विद्रोही र अतिवादीहरूलाई आन्तरिक सुरक्षा ऐनको प्रयोग गरेर वषर्ाैंसम्म गैरन्यायिक हिरासतमा राखे । मुद्दाबिनै उनीहरूलाई थुनिएकाले उनीहरू दोषी भए/नभएको कुनै ठोस प्रमाणको आवश्यकतै परेन । त्यसका लागि मुलुक कब्जामा पर्न लागेकाले विरोधीहरूलाई सखाप पार्न बौद्धिक रणनीति अपनाएको दृढ विश्वास भए पुग्थ्यो । आरोपित कम्युनिस्टमध्ये धेरै लीका राजनीतिक विपक्षीहरू हुनु कुनै संयोग थिएन । सन् १९६३ मा सयभन्दा बढी राजनीतिज्ञ र युनियनका नेताहरू राष्ट्रलाई खतरा पुर्‍याएको भनेर थुनिए । त्यसले लीको दल पिपुल्स एक्सन पार्टी -प्याप) लाई शक्तिशाली बनायो र उनलाई सबभन्दा खतरा भएको विरोधी दल बार्सियन सोसियलिसलाई अति कमजोर पार्‍यो । सन् १९६८ मा प्यापले संसद्को ५८ सिटमा ५८ सिट नै जितेको थियो । त्यसपछि विपक्षीहरू कहिल्यै उठ्न सकेनन् । प्यापले कहिल्यै चुनाव हारेन ।

शक्तिमा आउने यो विधिका बाबजुद सन् २००९ मा लीको अन्तरवार्ता लिने अमेरिकी पत्रकार टोम प्लेट्ससँग असहमत हुन कठिन छ । हामी पश्चिममा सिंगापुरले हासिल गरेको समृद्धिको बाटोमाथि वादविवाद गर्छाैं, तर सिंगापुरको उपलब्धि यसका विरोधीहरूलाई बाउन्ने पार्ने खालको देखिन्छ ।' उनले भनेका थिए । सन् २०१५ मा प्यापले आफ्नो अटल नेताले छाडेर गएको सिद्धान्तलाई नै पालना गरिहेको देखिन्छ ।

सन् २००५ मा एसियाली पत्रकारिता छात्रवृत्तिका निर्देशक चेरियन जर्जले प्यापको अधिनायकवादलाई जनतालाई खुसी राखेर राज्यको हैकम कायम राख्ने 'उत्पीडनको मानक' भनेका थिए । लीको उदार अधिनायकवाद एक कला भएको छ । तर सिद्धान्त भने उही नै छ, मानिसलाई टन्न खुवाऊ ताकि ती विद्रोह नगरून् ।

जनताले टन्न खान पाएनन् भने चाहिँ के हुन्छ त ? बितेका दशकमा सिंगापुरमा घरको मूल्य नाटकीय रूपले बढेको छ । आम्दानीको असमानता उच्च छ । विदेशीहरूसँगको उच्च प्रतिस्पर्धा यहाँका मानिसको असन्तोषको स्थायी कारण भएको छ । तन्नेरी पुस्ता अहिलेको सिंगापुरका संस्थापकको सफलता सूत्रमा विश्वास गर्दैनन् । तिनका सम्बन्धमा ली भन्ने गर्थे, 'स्थिरता र बर्सेनि बढ्दै गएको संवृद्धिमा जन्मेका तीस वर्षमुनिका युवाहरू मलाई व्यर्थमा काम दलाउने मान्छे ठान्छन् होला तर तिनीहरू गलत छन् । समस्या के भने, उनीहरू विश्वासै गर्दैनन् । उनीहरू त ठान्छन्, म चाहिँ गलत छु ।'

सिंगापुरका संस्थापकको मृत्यु भएको छ । अब के

हुन्छ त ? ब्रुकिङ इन्स्िटच्युसनको साउथ इस्ट एसियन स्टडिजका वरिष्ठ अध्येता सोसेफ लिओको विश्वास छ, 'प्यापले

आफ्नो व्यावहारिकतालाई निरन्तरता दिने छ । परिवर्तनको

रफ्तार ढिलो भए पनि, 'बाँच्नका लागि तिमी बदलिनुपर्छ भनेर

प्यापलाई सिंगापुरको प्रणालीमा लीले दिएको यो एक व्यावहारिक विश्वदृष्टि हो ।'

'अहिले अलि जटिल शासन समीकरण छ र सीमित परिधिमा प्याप सरकारले टाउको उठाउने अवसर खोजेको छ' नेसनल युनिभर्सिटी अफ सिंगापुरका अर्का वरिष्ठ अध्येता भन्छन्, 'एक संगठनको तहमा ली क्वान यु र उनको दलले नेताको योजना र त्यसको सहज उत्तराधिकारलाई कार्यान्वयन गर्नमा जहिल्यै जोड दिएका छन् । उनले आफ्नो शासन सत्ता दल र सरकारलाई हस्तान्तरण गरेको धेरै नै भइसकेको छ ।' यद्यपि आफ्नो छोरा ली सिएन लुङलाई प्रधानन्त्री बनाएकामा पर्यवेक्षकहरू लीलाई नातावादको आरोप लगाउँछन् । यसबारे लीले एकपटक यस्तो जबाफ दिएका थिए, 'म सन्तुष्टिको पागल होइन, ता कि मलाई छोराको जीवनमा अप्रत्यक्ष रूपले बाँच्न परोस् ।'

दि गार्जियनबाट

No comments:

Post a Comment