Thursday, October 20, 2016

जहाँ गयो त्यहीँ प्रगति

मारिस्सा मायर । एउटी यस्ती महिला, जो पुरुषले वर्चस्व कायम गरेको प्रविधिक्षेत्रको सर्वोच्च पदमा पुग्न सफल भएकी छन् । ३८ वर्षकी उनी ३० बिलीयन डलरको बहुराष्ट्रिय इण्टरनेट (वेब पोर्टल) कम्पनी याहूकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हुन् । ३ सय मिलीयन डलरकी धनी मारिस्सा सान फ्रान्सिस्कोको भव्य घरमा बस्छिन् । मूल्यवान् पहिरन लगाउँछिन् । खैरो कपाल, नीला आँखा र भव्य ‘ग्ल्यामरस’ शैलीले उनलाई कुनै हलिउड नायिकाको जस्तै आकर्षक लुक्स दिएको छ ।
आफ्नो मेधावी क्षमताका कारण उनी लाखौँ महिलाको ‘रोल मोडल’ बनिसकेकी छन् । कुनै पनि कामप्रति समर्पित भएर लाग्ने उनको मेहनती स्वभावको परिणाम– उनी याहूको सीईओ भएर आएको एक वर्षमै कम्पनीको शेयर मूल्य शतप्रतिशतले वृद्धि भएको छ । धेरै इञ्जिनीयर याहूमा उनीसँग काम गर्न चाहन्छन् । सानो बेला लजालु स्वभावकी मायर अध्ययनसँगै आफूभित्रको प्राविधिक दक्षता निखार्नतिर लागिन् । सन् २०१२ मा याहू प्रवेश गर्नुअघि उनी गूगलमा काम गर्थिन् । गूगलको ‘होमपेज’ डिजाइनका साथै त्यसलाई थप आकर्षक बनाउन महत्त्वपूर्ण भूमिका खेलिन् ।
मार्गरेट मायर र माइकल मायर दम्पतीकी छोरीका रूपमा मारिस्साको जन्म सन् १९७५ मे ३० मा अमेरिकाको विस्कन्सिन राज्यमा भएको थियो । पिता माइकल वातावरण इञ्जिनीयर थिए भने आमा मार्गरेट आर्ट शिक्षिका । अन्तर्मुखी स्वभावकी मारिस्सा स्कुल जान थालेदेखि नै अभिभावकले उनलाई व्यक्तित्वविकासका विभिन्न गतिविधिमा सहभागी गराउन थालेका थिए । त्यही उमेरमा उनी पियानो सिक्थिन् । भलिबल खेल्थिन् । पौडी र स्की गर्थिन् । ब्यालेट कक्षा पनि छुटाउँदैनथिन् । विद्यालयमा पनि उनको थुप्रै समय पुस्तकालय वा ‘साइन्स ल्याब’ मा बित्थ्यो । स्कूलकी जेहेनदार विद्यार्थीमा गनिने उनी शिक्षकशिक्षिकाकी प्रिय शिष्या थिइन् । आफ्नो सफलतामा शिक्षकशिक्षिकाले दिएको ज्ञानको विशेष भूमिका रहेको उनी आज पनि बताउँछिन् ।
आमा मार्गरेट छोरीलाई अगाडि बढ्न मार्गदर्शन गराइरहन्थिन् । सधैँ आफ्नो क्षेत्रमा नेतृत्वदायी भूमिका लिन हौस्याउँथिन् । वादविवाद प्रतियोगितामा भाग लिन लगाउँथिन् । मारिस्साले सानैदेखि गणित र विज्ञानलाई प्रमुख विषय बनाएकी थिइन् ।
विद्यालयशिक्षापछि उनले उच्च अध्ययनका लागि हावर्ड, यल, ड्युकलगायत १० विश्वविद्यालयमा आवेदन दिइन् । तर, ‘ब्रेन डक्टर’ बन्ने आफ्नो सपना पूरा गर्न अन्त्यमा स्टानफोर्ड रोजिन् । यो चिकित्साशास्त्रको उत्कृष्ट विश्वविद्यालय थियो । उनी दत्तचित्त भएर मेडिकल विज्ञानसम्बन्धी अध्ययनमा लागिन् । तर, पढ्दै जाँदा उनलाई यो विषयले तान्न सकेन । बरु मानिसले ‘कसरी विचार गर्छन्’, ‘कसरी तर्क गर्छन्’ जस्ता कुरामा रुचि बढ्दै गयो । त्यसपछि कम्प्युटर साइन्स पढ्न थालिन् । कम्प्युटर प्रोग्रामिङमा आउने समस्या र मस्तिष्कको उपयोगद्वारा तिनको समाधान गर्न सकिने सिर्जनशील पक्षले उनलाई लोभ्यायो । रुचि बढेपछि त्यही विषयमा भिज्दै गइन् ।
विद्यार्थीकालमै उनले बनाएको कम्प्युटरको ‘स्क्रीन सेभर’ प्रोग्राम उत्कृष्ट ठहरिएपछि उनी कम्प्युटरको ‘सिम्बोलिक सिष्टम’ तिर आकर्षित भइन् । यो स्टानफोर्डमा पढाइ हुने प्रमुख विषय भइसकेको थियो । आफ्नो विषयमा उनले यतिसम्म उत्कृष्टता हासिल गरेकी थिइन् कि स्नातक तह अध्ययन गरिरहँदा नै कलेजले उनलाई अण्डरग्य्राजुएटहरूलाई पढाउने जिम्मेवारी दिएको थियो । यसले उनको अध्यापनकलामा निखार ल्याइदियो । स्टानफोर्डबाटै उनले कम्प्युटर साइन्सअन्तर्गत सिम्बोलिक सिष्टमको ‘आर्टिफिसीयल इण्टेलिजेन्स’ मा स्नातकोत्तर गरिन् । अब उनका अघि दुई बाटा थिए– पूरै अध्यापनमै लाग्ने वा कम्प्युटर टेक्नोलोजीसम्बन्धी कम्पनीमा काम गर्ने ।
स्टानफोर्डमा अन्तिम वर्षको एक दिन उनी खाजा खाँदै इमेल चेक गर्दै थिइन् । इनबक्समा १२ वटा मेल यस्ता थिए, जसमा उनलाई विभिन्न कम्पनीबाट जागीर अफर गरिएको थियो । उनका लागि यो नौलो कुरा थिएन । ती मेल नखोली डिलिट गर्न थालिन् । अन्तिम मेल डिलिट गर्न खोज्दा उनको औँला झुक्किएर ‘स्पेस बार’ क्लिक हुन पुग्यो । मेल खुल्यो । लेखिएको थियो– ‘तपाईं गूगलमा काम गर्न आउनुहुन्छ ?’ यसपालि उनलाई लागेछ– एकपटक अन्तर्वार्ताचाहिँ ‘फेस’ गरिहेरौं न त । मेल रिप्लाई गरिन् । अन्तर्वार्तापछि उनैलाई जागीर अफर गरियो । उनी द्विविधामा परिन् ।
त्यस बेला गूगल अहिलेजस्तो उच्चस्तरमा थिएन । ‘गूगल’ नाम नै धेरैका लागि हाँसोको विषय बन्थ्यो । तर, उनले कम्पनी सफल नहुँदा पनि त्यसबाट धेरै काम सिक्न सकिने सम्भावना पहिल्याइन् । जागीर खाने सोच बनाइन् । सन् १९९९ बाट गूगलमा ‘प्रोग्रामर’ का रूपमा प्रवेश गरेकी मारिस्सा चाँडै नै एक्जुकेटिभ इञ्चार्ज हुँदै वरिष्ठ उपाध्यक्ष बनिन् । उनको प्रवेश गूगलका लागि शुभसङ्केत बन्यो । सफलताको गति पक्रियो । उनले गूगल सर्च र यसका प्रडक्टलाई लोकप्रिय बनाउनमा भूमिका खेलिन् । संसारभरका हजारौं कर्मचारीले प्रडक्ट प्रयोगको अवस्थाबारे उनलाई रिपोर्टिङ गर्थे । गूगल अन्य वेबसाइटभन्दा दु्रत गतिमा सूचना उपलब्ध गराउने इञ्जिनका रुपमा स्थापित भयो । बजार विस्तार हुँदै गयो । मारिस्सा शुरूका दुई वर्ष यति धेरै घोटिइन् कि प्रोग्रामरका रूपमा हप्तामा सय घण्टासम्म काम गरिन् । त्यति बेला उनी चार घण्टा मात्र निदाउँथिन् । आफूले असहज दिनचर्या अँगालेर गूगललाई सर्च इञ्जिनको दुनियाँमा सहज र आरामदायी बनाउनमा लागिपरिन् ।
सन् २००५ देखि मारिस्सा गूगलको व्यवस्थापन पक्ष सम्हाल्नतिर लागिन् । गूगलमा काम शुरू गरेको केही वर्षसम्म पनि उनले स्टानफोर्डमा पढाउने काम छोडेकी थिइनन् । ३ हजारजति सङ्ख्याका अण्डरग्य्राजुएट उत्पादन गरिसकेकी थिइन् । तर, पछि अध्यापनकार्य छाडिदिइन् र पूरै समय गूगलकै कनिष्ठ तथा नयाँ कर्मचारीलाई दक्ष बनाउनमै केन्द्रित भइन् । गूगलका ग्राहकलाई खुसी बनाउने उपाय पत्ता लगाउनमा घोत्लिइन् । गूगलको डिजाइनलाई प्रभावकारी बनाएर उनले आफ्नो मेहनत र क्षमताको पुष्टि पनि गरिन् । उनले गूगल सर्चलाई सुविधासम्पन्न बनाएकी मात्र होइनन्, जिमेल, गूगल म्याप र गूगल न्यूजलाई पनि नयाँ उचाइ दिलाइन् । गूगलको विश्वप्रसिद्धिसँगै मारिएको व्यावसायिक उचाइ पनि चुलिँदै गयो । उनी मिडियाको आँखामा पर्न थालिन् । सन् २००४ मा न्यूज विकले उनलाई भविष्यका १० उत्कृष्ट ‘टेक लिडर’ मा समावेश गर्‍यो ।
सन् २००४ मै गूगलले सार्वजनिक गरेको शेयर मूल्य अधिक वृद्धि भयो । यसै बेला उनले ५ मिलीयन अमेरिकी डलरमा सान फ्रान्सिस्कोमा घर किनिन् । सन् २००९ मा उनी बैङ्कर जाचरी बगसँग विवाहबन्धनमा बाँधिइन् । तर, सन् २०१० को अन्तिमतिर तीव्र गतिमा बढिरहेको उनको करियरमा नसोचेको धक्का लाग्यो । व्यवस्थापनले उनलाई गूगल सर्चबाट हटाएर गूगल म्याप हेर्ने जिम्मा दियो । बाहिरबाट हेर्दा स्थानान्तरण गरिएजस्तो देखिए पनि यथार्थमा उनलाई सबभन्दा बढी आर्थिक आम्दानी हुने जिम्मेवारीबाट घटुवा गरिएको थियो । गूगलका तत्कालीन सीईओ ल्यारी पेजले उनलाई अपरेटिङ कमिटीमा पनि राखेनन् । हुँदाहुँदा उनलाई उनीभन्दा ४ वर्षपछि कम्पनीमा आएका जेफ हुबरको मुनि बसेर काम गर्नुपर्ने बाध्यतामा पारियो । व्यवस्थापनको यो शैलीले उनमा असन्तुष्टि बढाउन थाल्यो । सन् २००५ देखि गूगलको व्यवस्थापन पेजमा राखिएको उनको व्यक्तिगत विवरण पनि सन् २०११ को मे महीनामा हटाइयो । उनी गूगलको आर्थिक पक्षभन्दा उत्पादन र ग्राहकको प्रतिक्रिया बुझ्नतिरै बढी अल्झिएकाले व्यवस्थापन उनीप्रति असन्तुष्ट रहेको आँकलन गूगलका कर्मचारीले गरे पनि वास्तविक कारण भने न मारिस्साले खोलिन् न त गूगलले नै सार्वजनिक गर्‍यो । जे होस्, व्यवस्थापनको यही वक्रदृष्टिका कारण सन् २०११ सम्म आइपुग्दा उनको व्यक्तिगत प्रगति ठप्पै हुन पुग्यो । तर, यो नै मारिस्साको कर्मको अन्त्य थिएन । बरु, अर्को महत्त्वपूर्ण अवसर उनलाई पर्खिरहेको रहेछ ।
सन् २०११ देखि याहू व्यवस्थापन नयाँ नेतृत्वको खोजीमा थियो । असफल नेतृत्वका कारण याहूले पछिल्लो एक दशकदेखि सोचेजस्तो प्रगति गर्न नसकेको निष्कर्ष कम्पनी बोर्डले निकालेको थियो । अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पदका लागि एप्पलका इड्डी क्यू, गूगलकै निकेश अरोरा र ‘वेब टिभीसाइट हुलु’ का जासन किलर पनि प्रतिस्पर्धामा थिए । तर, बोर्डले आखिरमा मारिस्सालाई छनोट गर्‍यो । १३ वर्षसम्म काम गरेको गूगल छाडेर सन् २०११ मे १६ बाट उनी याहूमा प्रवेश गरिन् ।
करियरको यो नयाँ बाटो पनि सजिलो भने थिएन । किनकि पछिल्ला वर्ष याहूका ‘भिजिटर’ घट्दै थिए । याहूको मोबाइल ‘एप्स’ मा मानिसको चासो निकै कम थियो । दक्ष इञ्जिनीयर र कर्मचारी सबै फेसबुक र गूगलजस्ता कम्पनीतर्फ आकर्षित हुँदै त्यतैतिर हिँडिसकेका थिए । मारिस्साले याहू प्रवेश गरेपछि त्यो अभाव पूर्ति गरिदिइन् । अनलाइन भिजिटरहरूबीच ‘याहू संस्कार’ विकास गरिन् । याहूमा आबद्ध हुँदा मारिस्सा सात महिनाकी गर्भवती रहेकाले उनले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नेमा अनेक आशङ्का उब्जिएका थिए । तर, सुत्केरी हुँदासमेत जम्मा दुई हप्ताको छुट्टी लिएर कामलाई नै निरन्तरता दिइरहिन् । याहू आएपछिको पहिलो र महत्त्ववपूर्ण कामका रूपमा उनले आफ्नो आगमनमा असन्तुष्ट हुनेहरूलाई भेटिन् । आफ्ना योजनामा उनीहरूलाई सहमत र एकताबद्ध बनाउँदै अघि बढिन् । आफ्नो उद्देश्य स्पष्ट पारिन् । परिणामतः केही हप्तामै कर्मचारीको उत्पादकत्व दशककै सबैभन्दा बढी देखियो ।
अहिले मारिस्सा याहूमा दोस्रो वर्षमा काम गरिरहेकी छिन् । उमेरले ४० वर्ष छुन खोज्दै छ । याहूमा सीईओका रूपमा हजारौँ मानिसलाई ‘टेक्नोलोजी प्रडक्ट’ को प्रयोगप्रति आकर्षित गराउन भूमिका खेलिरहेकी छन् । उनको यो प्रयासले कम्पनीलाई चामत्कारिक उचाइ दिलाएको छ । उनको आगमनपछि याहूको ‘मेल ट्राफिक’ १ सय २० प्रतिशतले बढ्यो । त्यस्तै, ‘याहू वेदर’ मा १ सय ५० र ‘याहू न्यूज’ मा ५५ प्रतिशतको वृद्धिदर छ । २०१३ को अगष्टसम्ममा याहू अमेरिकामा सबैभन्दा लोकप्रिय साइट बन्न सफल भएको छ । मारिस्साको कुशल नेतृत्वले नै यो सम्भव बनाइदिएको चर्चा प्रविधिक्षेत्रमा हुन थालेको छ । अनि, उनी आफूचाहिँ जे छोयो त्यही सुन बनाउने कुनै तिलस्मी कथाकी चमत्कारी नायिकाजस्ती बन्न पुगेकी छन् ।
जीवन बस्नेत (एजेन्सीको सहयोगमा) ,आर्थिक अभियानबाट 

संसारकै सबैभन्दा धनी गाउँ,जहाँ होटलको खानादेखि हेलिकप्टरसम्म पनि निःशुल्क !

दक्षिण एशियामै नेपालका किसानहरुको अवस्था निकै नाजुक छ । उनीहरुको प्रति व्यक्ति आय, उनीहरुले उब्जाएको  बालीनाली तथा अन्नपातको बजार लगायतको हिसाबले यहाँका किसानहरु दिनहुँ गरीब बन्दै गएका छन् । कृषिप्रधान देश भए पनि सरकारले किसानमैत्री नीति बनाएर कार्यान्वयन गर्न नसक्दा कृषि कर्मप्रति नै बिकर्षण पैदा भइरहेको छ, यसले समग्र जीडीपीमै प्रत्येक वर्ष असर पुर्याइरहेको आँकडाहरु सार्वजनिक भइरहेका छन् । तर के तपाईंलाई थाहा छ, संसारमा यस्तो गाउँ पनि छ जहाँ उपलब्ध सुखसुविधा र किसानको आर्थिक अवस्था ठूला शहरको सुख सुविधा र त्यहाँका बासिन्दाको आर्थिक अवस्था भन्दा मजबुत छ । यो गाउँका मानिस गरीब होइनन् कि बरु धेरै धनी छन् । यो गाउँ चीनमा छ र यहाँका प्रत्येक किसानले वार्षिक रुपमा औसत डेढ करोड रुपैयाँ आम्दानी गर्छन ।
यो गाउँको नाम हुआझी हो, जुन चीनको उत्तरी तट नजिकैको  जियाङ्यिन शहरमा अवस्थित छ । यो गाउँमा रहने सबै २ हजार मानिसको वार्षिक आम्दानी एकलाख यूरो रहेको छ । यो गाउँ एक सफल समाजवादी गाउँको मोडेल दुनियाँसामु पेश गरिरहेको छ । तर सुरुवातमा यो गाउँको अवस्था निकै नाजुक थियो । सन् १९६१ मा बस्ती बस्न सुरु भएको यो गाउँको  त्यसबेलाको कृषिको अवस्था निकै भद्रगोल थियो । तर गाउँमा कम्युनिष्ट पार्टी कमिटीका पूर्व अध्यक्ष रहेका वू रेनवाओले यो गाउँको तस्विर नै बदलिदिए ।
नागरिकहरुलाई बंगला, कार, निःशुल्क स्वास्थ्य, सुरक्षा, निःशुल्क शिक्षा, शहरको हेलिकप्टरको निःशुल्क प्रयोग मात्र होइन होटलमा खानका लागि निःशुल्क सुविधा समेत प्राप्त हुन्छ ।
यसरी बदलियो गाउँको तस्विर
वू ले औद्योगिक विकासको योजनाका लागि पहिला गाउँको निरीक्षण गरे । त्यसपछि एक मल्टी सेक्टर इण्डस्ट्री बनाए । उनले सामूहिक खेती प्रणालीको नियम बनाइदिए । यसका साथ सन् १९९० मा सो कम्पनीलाई सेयर बजारमा सूचिकृत गरिदिए । गाउँका मानिसलाई कम्पनीको सेयरधनी बनाइयो ।
सित्तैमा प्राप्त हुन्छ सुविधा
गाउँमा स्टील, सिल्क र ट्राभल इण्डस्ट्री विशेष रुपमा फस्टाएको छ । र, यी उद्योगहरुले सन् २०१५ मा मात्रै ९.६ अर्ब डलरको मुनाफा दिएका छन् । गाउँका मानिसहरुले प्राप्त गर्ने लाभको हिस्सा कम्पनीको सेयरधनी र लगानीकर्ताका बीच प्रत्येक बर्ष बाँडफाँड हुन्छ ।
एक वेबसाइटका अनुसार उनीहरुको वार्षिक आयको निकै ठूलो हिस्सा अर्थात ८० प्रतिशत करको रुपमा काटिन्छ । तर यसको बदला त्यहाँका रजिस्टर्ड नागरिकहरुलाई बंगला, कार, निःशुल्क स्वास्थ्य, सुरक्षा, निःशुल्क शिक्षा, शहरको हेलिकप्टरको निःशुल्क प्रयोग मात्र होइन होटलमा खानका लागि निःशुल्क सुविधा समेत प्राप्त हुन्छ ।
पेन्सन पनि पाइन्छ
५० वर्ष माथिका महिला र ५५ वर्ष माथिका पुरुषलाई यो गाउँमा प्रत्येक महिना पेन्सनको साथमा दैनिक गुजाराका लागि चामल, सागसब्जी समेत दिइने गरिन्छ । रजिस्टर्ड व्यक्तिमा गाउँका त्यस्ता पुराना मानिसहरुको सहभागिता छ, जो स्थापनाकालदेखि नै यो गाउँमा बसोबास गरिरहेका छन् र कम्पनीका हिस्सा पनि हुन् । यी मानिसहरुसँग कम्पनीको सेयरधनी  प्रमाणपत्र समेत छ । तर यस्ता मानिसको अलावा यहाँ करिब २० हजार शरणार्थी मजदूर समेत बस्दै आएका छन् । जो छिमेकी गाउँबाट आएर यहाँ बसोबास गर्छन ।
सुन्दर छ गाउँ
हुआझी गाउँ समृद्ध मात्र छैन, निकै आकर्षक र मनोरम पनि छ । देशी र विदेशी गरी प्रत्येक दिन करिब ५ हजार पर्यटक यो गाउँमा घुम्न र यहाँको समृद्ध अवस्था हेर्न आउने गरेका छन् । पर्यटकहरुले गाउँमा सित्तैमा घुम्न पाउदैनन्, निश्चित प्रवेश शुल्क समेत तिर्नुपर्ने हुन्छ । एकपटक प्रवेश शुल्क तिरेपछि यो गाउँको जुनसुकै कुनाकाप्चा बिनापैसा घुम्न सकिने सुविधा छ ।
हाइटेक शहर भन्दा कम छैन
यो गाउँ हाइटेक शहरभन्दा कम छैन । २०११ मा बनेर तयार भएको ७४ तले लांग्झी इन्टरनेशनल होटलले यहाँको शानलाई अझ बढाइदिएको छ । यो होटल निर्माणका लागि कुनै पनि ऋण लिइएको थिएन, यी गाउँका मानिसहरुको सहयोगबाटै यो होटल निर्माण संभव भएको थियो । यस अलावा यहाँ सबै खालका सुख–सुविधा उपलब्ध छन् ।
साभार – विजशाला डटकमबाट 

धनी र सफल व्यक्ति बन्नको लागि यि १० सुत्रलाई ध्यान दिऔं

सकारात्मक रूपमा लिने हो भने हामी धनी र सफल व्यक्ति बन्नको लागि यि १० सुत्रलाई ध्यान दिनुपर्ने हुन्छ ।
– कमजोर व्यक्तिसँगको दुश्मनी ज्यादा महंगो हुन्छ । उसले त्यतिबेला हमला गर्छ जुन तपाईले कल्पना पनि गरेको हुदैन ।
– तपाई खुशी रहनु नै दुश्मनका लागि सबैभन्दा ठूलो सजाय हो ।
– कुनैपनि व्यक्ति आवश्यकता भन्दा धेरै इमान्दार सोझो हुनुहुदैन । किनकि सोझो रुख पहिला काटिन्छ ।
– अरुको गल्तीबाट सिक किनकि आफ्नै गल्तीबाट सिक्न तिम्रो आयु छोटो छ । – भाग्यले उसैलाई साथ दिन्छ, जो जस्तोसुकै संकटमा पनि आफ्नो लक्ष्यप्रति दृढ रहन्छ ।
– कुनै पनि व्यक्ति आफ्नो कामबाट  मात्र महान हुन्छ जन्मबाट होइन ।
– तपाईको कुरा सुन्ने बेला यता उता हेर्ने मान्छेको कहिल्यै विश्वास नगर्नु होला ।
– भूतको बारेमा पछुताउनु  र  भविष्यको बारेमा चिन्ता लिनु हुन्न किनकि  विवेकवान मानिस सँधै वर्तमानमा जित हाँसिल गर्छ ।
–सफलता प्राप्त गर्नका लागि राम्रो साथीको आवश्यकता पर्दछ र धेरै नै ठूलो सफलता प्राप्त गर्नकालागि राम्रो शत्रुको आवश्यकता पर्दछ ।
–कष्ट र विपत्ति मानिसका लागि शिक्षा दिने तत्वहरु हुन् । जसले शाहसका साथ त्यसको सामना गर्छ उ विजय बन्छ । साभारः चाणक्य नीति

कम्प्यूटर ह्याकर थिए मार्क जुकरबर्ग उनी पढाईमा अत्यन्त कमजोर थिए

फेसबुकका मालिक मार्क जुकरबर्ग अहिले विश्वका सबैभन्दा धनी युवाहरुको अग्रपंक्तिमा पर्छन् । उनले भर्खरै मुस्लिम समुदायको पक्षमा आफू रहेको धारणा सार्वजनिक गरेका छन् । उनको प्रख्याती चुलिदो छ । तर उनीसँग सम्बन्धित तथ्यहरु पनि बाहिर आउन थालेका छन् ।
आज उनले फेसबुकमार्फत संसारभर नाम मात्र कमाएनन्, विश्वमा सबैभन्दा धनी व्यक्तिको सूचीमा पनि पर्न सफल भए ।
सामान्य दन्त चिकित्सकका छोरा जुकरबर्ग सानै देखि कम्प्युटरबारे निकै चासो दिन्थे । उनी स्कुलमा पढ्दा नै उनको वुवाले उनलाई कम्प्युटर ल्याइ दिएका थिए । उनको एउटा क्लिनिक थियो । तर, जुकरबर्गले स्कुलमा राम्रो पर्फमेन्स भने गर्न सकेनन् । स्कुलमा राम्रो गर्न नसकेपछि उनका बुबाले जुकरबर्गलाई कम्प्युटरबारे ज्ञान दिन थाले ।
उनीहरुको क्लिनिक मै एउटा कम्प्यूटर थियो । जुकरबर्ग स्कुल जान छाडेर त्यही कम्प्युटर चलाएर बस्थे । जुकरबर्गका बुबाले त्यही कम्प्युटरमा जुकरबर्गलाई काम दिने सोच बनाए । त्यसपछि उनलाई ‘नेटवर्किङ’बारे सिकाउन थाले । बाबुछोराले घर र हस्पिटलको कम्प्युटरबीच ‘नेटवर्किङ’ गर्न सफल पनि भए ।
त्यति नै बेला जुकरबर्गले कम्प्युटर ‘प्रोगामिङ’बारे सिके । थप ज्ञानका लागि उनका बाबुले शिक्षकलाई घरमै आउने प्रबन्ध पनि मिलाइदिए । त्यसपछि जुकरबर्गले ‘ह्याकिङ’ चासो दिन थाले । उनको ‘ह्याकिङ’ दक्षता देखेर माइक्रोसफ्टले उनलाई जागिरको प्रस्ताव गरेको थियो । तर, जुकरबर्गले त्यसलाई अस्वीकार गरिदिए । फेसबुक स्थापना गर्दासम्म जुकरबर्गलाई लाखौँ पैसा तिर्न माइक्रोसफ्टले ११ पटकसम्म ‘अफर’ गरेको थियो । तर, जुकरबर्गले सधैँ अस्वीकार गर्दै आए ।

Wednesday, October 19, 2016

सफल व्यक्तिसँग दोस्ती गर्ने हो ? ध्यान दिनुहोस् यी ६ कुरामा

यदि तपाईं मानिसहरुसँग कुरा गर्न र संगत गर्न मन पराउनुहुन्छ भने तपाईंलाई यो जानकारी हुन आवश्यक छ कि अर्काको नजरमा राम्रो बन्ने कुरा तपाईंकै नियन्त्रणमा हुन्छ । तपाईंले मात्र केही सामाजिक क्षमताको विधिहरुलाई अपनाउनुपर्ने हुन्छ, ताकि तपाईंले आफ्नो व्यक्तित्व परिवर्तन गर्नसक्नुहोस् । यसमा तपाईले कुनै पनि सफल व्यक्तिलाई आफ्नो व्यक्तित्वबाट प्रभावित गर्न सक्नुहुन्छ । यसबाट तपाईको सम्बन्ध अरु व्यक्तिसँग पनि मजबुत हुन्छ ।

भेटेपछि सन्तुलित हात मिलाउनुहोस्


कुनै पनि सफल व्यक्तिसँग भेट हुँदा निकै सही ढंगले हात मिलाउने गर्नुहोस् । न नरम, न कडा, उचित ढंगले हात मिलाउने गर्नुहोस् । हातलाई सधैं सन्तुलित बनाएर दरिलो र पूर्ण आत्मविश्वाससहित मिलाउनुपर्छ । यो संकेत तपाईको बारेमा सफल व्यक्तिहरुको मन र दिमागमा प्रभाव जमाउने पहिलो कदम बनिदिन्छ, त्यसकारण हात मिलाउँदा निकै सजग हुनुपर्छ ।

आँखामा आँखा जुधाएर कुरा गर्नुहोस्



सामाजिक मनोवैज्ञानिक हेदी ग्रान्ट हल्वोरसनका अनुसार कुनै पनि व्यक्ति यही जाँच गर्दछ कि उसले तपाईप्रति विश्वास गर्न सक्छ कि सक्दैन । कुनै पनि मानिस यो फैसला निकै सोचविचार गरेर मात्र लिन्छ । त्यसकारण कुनै पनि सफल व्यक्तिसँग भेटघाट हुँदा तपाईले उत्साह र आफ्नो योग्यताका बीच सन्तुलन कायम गर्न आवश्यक हुन्छ । यसका लागि सबैभन्दा उत्तम शैली यो हो कि सफल व्यक्तिको आँखामा आँखा जुधाएर कुरा गर्नुहोस्, ताकि सो व्यक्तिलाई थाहा होस् कि तपाईं उसको कुरामा निकै चासोको साथ ध्यान दिइरहनुभएको छ ।

राम्रो हाउभाउमा ध्यान राख्नुहोस्



जब तपाईं सफल व्यक्तिसामु उभिनु भएको छ वा बस्नुभएको छ भने राम्रो हाउभाउ देखाउनुहोस् । सामाजिक विज्ञ रोसालिण्डा आरोपेजोको भनाईमा खराब हाउभाउका कारण तपाईअघिको व्यक्तिलाई लाग्न सक्छ कि तपाई लापरबाह हुनुहुन्छ । यस्तै अर्का सामाजिक मनोवैज्ञानिक ऐमी कुडीले भनेका छन् किन तपाईं उन्मुक्त तरिकाले उभिनुहोस् वा बस्नुहोस् । यसले तपाईंभित्रको विश्वास दोश्रो सामु दर्शाइदिन्छ । साथै, यसले तपाईलाई ज्यादै शक्तिशाली समेत देखाउँछ ।

मुस्कुराउने तरिका




मुस्काराउने समेत एउटा तरिका हो कि तपाईभित्रको विश्वास दर्शाउने । एक सर्वेक्षणका अनुसार विश्वकै सबैभन्दा धनी व्यक्ति बिल गेट्सलाई सबैभन्दा हसिलो व्यक्ति मानिएको छ । किनभने उनी सधैं मन्द मुस्कानसहित मानिसलाई भेट्ने गर्छन वा मानिस सामु प्रस्तुत हुन्छन । यदि तपाई चाहनुहुन्छ कि मानिसले तपाईंलाई मन पराउन् भने तपाईले सकारात्मक हाउभाउको साथ भेट्नुपर्छ वा प्रस्तुत हुनुपर्छ ।

मानिसको कुरा ध्यान दिएर सुन्नुहोस्



मानिसको कुरालाई ध्यानसँग सुन्नका लागि चारवटा चिजको आवश्यकता पर्छ । जस्तो ः सुन्नु, व्याख्या गर्नु, मूल्याङ्कन गर्नु र उचित जवाफ दिनु । पहिलो स्टेपका लागि ध्यान दिन आवश्यक हुन्छ । यसपछि स्पष्टीकरणका लागि कुनै प्रश्न सोध्नुहोस् । त्यसपछि आफूले के बोल्ने भन्ने बिषयमा स्वयम् मूल्यांकन गर्नुहोस्  र त्यसपछि आफ्नो भनाई प्रष्टसँग राख्नुहोस् । बोलिरहेको मानिसलाई राम्रो फिडब्याक दिनु पनि उत्तिकै जरुरी हुन्छ । भर्जिन ग्रुपका फाउण्डर रिचर्ड बेनसेनका अनुसार एक सफल नेता वा व्यक्ति त्यो हुन्छ, जो एक राम्रो श्रोता बन्न सक्छ ।

गल्ती भएर स्वीकार गर्नुहोस्



आफ्नो गल्तीलाई तत्काल स्वीकार गर्दा दोश्रो व्यक्तिसामु तपाईप्रतिको धारणा सही बनाइराख्न मद्धत गर्छ । त्यसो गल्ती नै नहुँदा पनि तपाईं माफी माग्नुहुन्छ भने यसले समेत कतिपय अवस्थामा तपाईंलाई फाइदै गरिरहेको हुन्छ ।


मुनिबहादुर शाक्य : कम्प्युटर आविष्कारका ज्युँदो इतिहास

उमेरले ७४ वर्ष कटे पनि नेपालका कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यको प्रविधिप्रतिको चाहना र जाँगर किशोर नै छ । कम्प्युटर भनेको कुन चराको नाम हो भन्ने समयमा शाक्यले सन् १९७९ सालमा कम्प्युटर बनाए । आजभन्दा ३७ वर्षपहिले, त्यो पनि नेपाली छोराले कम्प्युटर बनाएको भन्ने विषयलाई नेपाली समाजले त के कुनै विदेशीले विश्वास गर्न सकेनन् । आफ्नो सृजना र प्रविधिमा विश्वास दिलाउन शाक्यलाई हम्मे–हम्मे पर्थ्याे । तर, जब शाक्यले बनाएका कम्प्युटर देख्थे उनीहरू आश्चर्य प्रकट गर्दथे । आफ्नो आविष्कारबारे प्रतिक्रिया आउँदा शाक्य दंग पर्थे ।

सन् १९७० को दशकसम्म विश्वमै सूचना प्रविधि अर्थात् कम्प्युटरको विकास नभएको अवस्थामा शाक्यले सबैलाई आश्चर्य पार्दै माइक्रोचिप्स प्रयोग गरी कम्प्युटर निर्माण गरे । आइबिएम, एप्पल, माइक्रोसफ्टलगायतका कम्पनीहरू त्यतिबेला आफ्नो पहिलो माइक्रोकम्प्युटर बनाउन कसरत गरिरहेका बेला नेपाली प्रतिभाले यही प्रविधिमार्फत कम्प्युटर बनाए ।

मुनिबहादुर शाक्यले अझै हिम्मत हारेका छैनन् आफूमा भएका सीप र सिर्जनालाई आफू रहेसम्म गरेरै देखाउन । धर्म कर्म र आरामपूर्वक बस्नुपर्ने बेलामा पनि मुनिबहादुर शाक्यले अहिले ग्रीन प्रविधिको कम्पयुटर बनाएर सफल प्रयोग गरिरहेका छन् । जम्मा ३५ वाट क्षमतामा चल्लने यो कम्प्युटरमा ४ जीबी र्याम र १ टेराबाइटसम्म क्षमताको हार्डडिस्क रहेको ग्रीन प्रविधिको कम्प्युटर अहिलको उर्जा संकटको उत्तम विकल्प बन्न सक्छ ।

चीन, जापान र अन्य थुप्रै देशका सञ्चारमाध्यमले यो खबर प्रमुखताका साथ प्रकाशन–प्रसारण गरे । तर, शाक्यको यो प्रतिभालाई आफ्नै मुलुकले चिन्न सकेन । शाक्यको प्रतिभालाई देखेर अमेरिकाको एक कम्पनीले उतै बस्न आग्रह गरेको थियो । तर, त्यो आग्रहलाई लत्याउँदै शाक्य स्वदेशमै फर्के नेपालको नाम उ“चो राख्न । सोचेअनुरूप कहा“ हुदोरहेछ र ?

फ्रान्समा पढेर फर्केपछि शाक्य काठमाडौंमा हाइटेक पायोनियर नामको कम्पनी खोली कम्प्युटर र यसका पार्ट्सहरूको इन्नोभेसनमा लागिरहे । करिब डेढ दर्जन हार्डवेयर र सफ्टवेयर उत्पादन गरेका शाक्यको प्रविधितर्फको अद्भूत क्षमतालाई नेपाल सरकारले साथ मात्रै दिएको भए नेपालले कम्प्युटर निर्माणको क्षेत्रमा ख्याति कमाउने थियो भन्दा अतिशयोक्ति नहोला । उनका उत्पादनले यही भन्छ अनि यसैमा विश्वस्त पार्दछ । शाक्यले नयाँ आविस्कारमा पु¥याएको योगदान तात्कालिक समयमा कदर गरिएको भए अवस्था भिन्न हुन्थ्यो । कम्प्युटरमा ख्याति कमाउने ठूलो अवसर गुमेकोमा आज पनि चिन्तित छन् शाक्य ।

उनको यो साहसी काम र सिर्जनाको बारेमा चीनियाँ र जापनीज सञ्चार माध्यमहरुले बिशेष चासो दिएर विश्वभर समाचार एकैसाथ प्रसार गरेका थिए । शाक्यको यो इनोभेटिभ प्रविधि क्षमतालार्ई नेपालका सञ्चार माध्यमहरुले पनि प्राथमिकताका साथ महत्व दिएका थिए । तर पनि अहिले उहाँको प्रविधि क्षमता, इनोभेटिभ आइडिया, अपार ज्ञान र अनुभव अहिलेसम्म पनि ओझेलमा नै परिरहेको छ कारण उहाँले सञ्चालनमा ल्याउनुभएको १ करोड मूल्य बराबरको कम्प्युटर बनाउने मेशीन एउटा कोठामा अलपत्र अवस्थामा रहेको छ ।

एउटै कम्प्युटरमा भएको कामलाई २ सयभन्दा बढी कम्प्युटरबाट हेर्न सक्ने प्रणालीको विकास गरे शाक्यले । सन् १९८३ मा नेपाली माध्यमबाट देवनागरी लिपिको कम्प्युटर पनि उनैले बनाएका हुन् । शाक्यले बनाएका थुप्रै रोचक प्रविधिहरूमा आर्टिफिसियल इन्टेलिजेन्ससहितको रोबोर्ट, सेक्युरिटी यन्त्र उपकरण र अन्य थुप्रै कम्प्युटरका ग्याजेटहरू छन् । आवाजबाटै पानी खोल्न, बत्ती बाल्न र निभाउन, रेडियो बजाउन र बन्द गर्न, छुनै नपर्ने उपकरणहरूसमेत उनले बनाए । ए ब्रेन अफ कम्प्युटर, सुपर कम्प्युटर, नेपाली बोल्ने रोबोर्ट, ग्रिन कम्प्युटर शाक्यले निर्माण गरेका उत्कृष्ट नमूना हुन् ।

नेपालका कम्प्युटर वैज्ञानिक शाक्यले भ्वाइस रिकग्नाइनेशन सिष्टम, भ्वाइस डिक्सनरी, कम्प्युटर सहायता शिक्षा, नेपाली टु इङलिस, इङलिस टु नेपाली डिक्सनरी, विकिरण मनिटर, नेपाली सबटाइटल डिस्प्ले, नेपाली मल्टिमिडियालगायत प्रोग्राम निर्माण गरेका छन् । उनले बनाएको कम्युटर सन् १९८६ मा ८५ हजार रुपैया“का दरमा कृषि विकास बंैक र अर्थ मन्त्रालयले किनेका थिए । आफूले बनाएका कम्प्युटर कम्तीमा सरकारी कार्यालयमा प्रयोग होस् भन्ने शाक्यको चाहना भने पूरा हुन सकेन ।

शाक्यले अध्ययनका क्रममा भारत, फ्रान्स, सिंगापुर, हङकङ, जापानलगायत देशमा २१ बर्ष बिताए । उनले सन् १९६५ मा भारतबाट रेडियो इलेक्ट्रोनिक्सको कोर्स गरेका छन् भने सन् १९७२ मा ब्रिटिश काउन्सिलको छात्रवृत्तिमा कम्प्युटर इन्जिनियरिङ गरेका छन् । अध्ययन र कामको सिलसिलामा फ्रान्समा रह“दा उनले माइक्रोप्रोसेसरबाट कन्ट्रोलर र भिडियो कार्ड बनाएका थिए भने युकेमा निर्मित माइक्रोप्रोसेसरबाट नेपालमै पहिलो कम्प्युटर बनाएका थिए । शाक्यको आविस्कार उनको क्षमता र कार्यकौशलको विकास र प्रवद्र्धनमा सरकारले आवश्यक ध्यान दिन नसके पनि २ दर्जभन्दा बढी अन्तरराष्ट्रिय र राष्ट्रिय सम्मानबाट उनी सम्मानित भएका छन् । उनका आविस्कार नेपाली र विदेशी बजार पुग्न नसके पनि क्षमता र नवीनताको प्रशंसाले नेपाली र अंग्रेजी म्यागेजिन पोतिएका छन् ।

युरोप अमेरिका बेलायतबाट शाक्यलाई थुप्रै अवसरहरु आए तर देश र जनताका लागि आइटी विकासमा समर्पित हुने एउटै उद्देश्य उनकाे भएकोले ती सबै अवसरहरुलाई शाक्यले महत्वपूर्ण ठान्नुभएन र निरन्तर आफ्नो प्रयासमा नयाँ प्रविधिको खोज अनुसन्धानतर्फ लागे । तर उनको यी सबै प्रयासलाई राज्य वा सरकारले कुनै चासो दिएको पाइँदैन ।

घट्टेकुलोस्थित ३ तले भवनमा बस्दै आएका शाक्यको दिनचर्या नजिकैको कम्प्युटर फ्याक्ट्री तथा म्युजियम पायोनियर प्रालिमा नै बित्ने गरेको छ । फुर्सदको समयमा अझै पनि उनी नया“नया“ प्रविधिका पत्रिका पढिरहन्छन् । नयाँनयाँ आविस्कारमा लागिरहन्छन् । फ्याक्ट्री पुग्नु, आफ्ना आविस्कारको सुरक्षा र संरक्षण गर्नु तथा नयाँ आविस्कारमा घोत्लिनु शाक्यको दिनचर्या हो । रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्समा औधी रुचि राख्ने उनी कुशल तबलावादक पनि हुन् भने १० ओटा भाषा बोल्न सक्छन् । वैज्ञानिक शाक्यले २० वाटभन्दा कम विद्युत् खपत गर्ने ग्रीन कम्प्युटरको विकास गरी कालिकोटलगायतका जिल्लामा टेलिमेडिशिनसमेत सञ्चालन गरिरहेका छन् । उनी इन्टरनेट सेवाप्रदायक संस्थाका प्रथम अध्यक्षसमेत हुन् । सरकारले सहयोग गरेको खण्डमा कम्प्युटरको क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउन सकिने दृढविश्वास छ शाक्यको ।

५ वाट विद्युत्बाटै चल्ने ग्रीन कम्प्युटर बनाएर घरघरमा पुर्याउने शाक्यको प्रबल इच्छा छिट्टै साकार बनोस् । नेपालको एक मात्र कम्प्युटर म्युजियमका रूपमा रहेको उनको निजी सङ्ग्रहालयलाई सरकारले बृहत् रूपमा सञ्चालनमा ल्याउन सहयोग गरोस् । बनेपाको आइटी पार्कमा आफैले खरिद गरेका र बनाएका कम्प्युटरका कारखाना राखेर उत्पादन गर्ने उनको चाहना साकार बनोस् ।

लिभिङ विथ आइसिटी आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा सूचना प्रविधिको विकास र विस्तारका जिउ“दो इतिहास, नेपालका पहिलो कम्प्युटर एवम् सूचना प्रविधिका अभियन्ता मुनिबहादुर शाक्यप्रति ‘आइसिटी विशेष सम्मान २०१६’ अर्पण गर्दछ ।

सञ्जय गोल्छाको कथा र व्यथा

‘कुनै पनि काममा सफलता हासिल गर्नुछ भने त्यसको शुरुवात शुन्यदेखि गर्नुपर्छ। शुन्यदेखि राम्रो , राम्रोदेखि झन राम्रोगर्दै त्यो सर्वोत्तमलाई दिगो बनाउन सक्नुपर्छ।’ विचार नै उनको फरक छ । भन्छन्,‘सफल हुन त आफ्नै इनोभेसन र शैली हुनुपर्छ। ’ खाद्यमा बिस्कुटदेखि आइटीमा एप्पलका प्राडक्ट सम्मको समेत व्यापार गर्न उनले भ्याएका छन्। आइटी विजनेशमा अग्रस्थानमै छन् भन्दा पनि फरक नपर्ला । उनी देशबाहिर पनि व्यापार त गर्दैछन् तर त्यो संगसंगै नेपालको प्रचारप्रसार पनि । को हुन् त उनी ? कामप्रति प्रेम र उत्साह हुनुपर्छ तर अहम् हैन् भन्ने धारणा राख्ने उनै इन्नोप्रेनर्स सञ्जय गोल्छा हुन् उनी। मे महिनाको कथा र व्यथा इन्नोप्रेनर्सको सेरिजमा माइक्रोसफ्ट इनोभेसन सेन्टरले सञ्जय गोल्छालाई प्रस्तुत गर्दा, उपस्थित विद्यार्थी तथा दर्शकहरु उनको सरल जिवन र उच्च विचारबाट प्रभावित भए। आइसिटी क्षेत्रका सफल व्यत्तिको कथा र व्यथा सुन्ने र सुनाउने क्रममा सञ्जय गोल्छाको कथा आफैमा प्रेरणादायी थियो। सोहि कथा र व्यथालाई लिभिङ विथ आइसिटीले यसरी प्रस्तुत गर्ने प्रयास गरेको छ।’

नेपालको नेतृत्वदायी बिजनेश कम्पनी गोल्छा अर्गनाइजेसन सायदैले सुन्नुभएको छैन् होला। त्यसकै एक प्रमुख सदस्य हुन् सञ्जय गोल्छा । यो मात्रै कुरा गर्दा उनको परिचमा अन्याय हुन्छ। मोबाइल प्रयोगकर्ताहरु मध्ये कमैले चलाउनुभएन होला नोकियाको सेट ? हो , यहि नोकियाका मोबाइलहरु नेपालमा पहिलोपटक भित्राउने व्यक्ति हुन् गोल्छा। आजसम्म नोकियाको क्रेज नेपालमा उत्तिकै छ। flrmobilesउनले स्थापना गरेको संस्था गोल्छा अर्गनाइजेशनले चामल , चिनी , कागज लगायतका सामग्रीहरुको उद्योगनै सञ्चालन गरेको छ। जापानको दाइहात्सु , सामसुङ टेलिभिजन , नोकिया मोबाइल , बजाज , मोटर्स , एप्पलका कम्प्युटरहरु लगायतका चर्चित प्रडक्ट र कम्पनीहरुको आधिकारिक विक्रेता भएर विभिन्न कम्पनी पनि सञ्चालन गरेको छ गोल्छा अर्गनाइजेशनले।golchha_organizationत्यसैले यसलाई नेपालको पायनियर अर्गनाइजेशन भन्ने गरिन्छ। आइटीका सामग्री विक्री–वितरण गर्ने नियोटेरिक नेपालका प्रबन्ध निर्देशक पनि हुन गोल्छा। न्युटेरिकले ल्यापटप, मोबाइल, प्रोजेक्टर, एन्टिभाइरस लगायतका दर्जन बढि आइटी प्रडक्टहरुको ‘डिष्ट्रीव्युसन’ गर्छ। त्यस्तै नेपालमा आइटी सेवा दिने हेतुले खोलिएको आइटी नेपालका पनि प्रबन्ध निर्देशक उनी नै हुन्। विभिन्न इआरपि प्रडक्ट , सफ्टवेयरको उत्पादन र सेवा लगायतका काम आइटी नेपालले गर्ने गरेको छ । प्रबन्ध निर्देशक गोल्छा भन्छन् ,‘मेरो पहिलो प्रेम नै आइटी हो। ’ १९८४ सालमा कम्प्युटरमा बेसिक प्रोगामिङ सिकेर उनले आइटी क्षेत्रमा आफ्नो प्रवेश जमाएका हुन् । त्यो बेलामा इन्टरनेट सेवा पनि थिएन्। उनी भन्छन् , ‘ सन् १९९५ सालतिरमा टेलिफोन नेट तथा इन्टरनेट आएको हो । ’ नयाँ–नयाँ सफ्टवेयरहरु बनाउने उनको त्यतीबेला देखिकै रहर थियो। beoteric_nepalउनलाई नियाल्नेहरु उनको सफलता र आइटी प्रेमदेखि बडो चकित पनि हुने गरेको पाइन्छ। नहुनु पनि कसरी किनभने इन्टरनेशनल बिजनेशमा न्यु डिल्ली भारतबाट एमबीए गरेका उनले आइटीलाई नै आफ्नो प्रेम मानेका छन्। ‘मार्केटिङ मेरो दोश्रो प्रेम हो ’ लिभिङ विथ आइसिटीसंगको सहकार्यमा माइक्रोसफ्ट इनोभेशन सेन्टर नेपालले प्रत्येक महिना आयोजना गर्ने कथा र व्यथा इन्नोप्रेनर्सको वैशाखको कार्यक्रममा यसरी सुनाए ,‘त्यही प्रेमले गर्दा आज म यँहा सम्म आइसकेको छु। ’ गोल्छाले बिस्कुटको विक्रीवाट व्यापार शुरु गरेको अनुभव कार्यक्रममा सुनाएका थिए। ‘नेपाल अधिराज्यभर घुमे र फेदै देखि नेपालको मार्केटिङको अवस्थालाई अध्ययन गरे’ उनले विगत सम्झिदै भने ‘त्यसैले आज हाम्रो प्रडक्ट स्थापित हुन सफल भएको छ।

‘तपाई आफ्ना सफलताका कथा त सुनाउदै हुनुहुन्छ अब व्यथा पनि सुनाउहोस् न , समस्याहरु आएनन् तपाईको जिवनमा ? कार्यक्रममा प्रश्नहरु यसरी आएपछि उनले माओवादी विद्रोहको समयलाई सम्झिए। त्यतीबेला हिमाली भेगमा निर्यात पनि रोकिएको रहेछ । मजदुर र शक्तिका समस्याहरु पनि नआएका होइन् रहेछन्।  ‘म कहिल्यै आत्तिइन ’, उनी भन्छन् ,‘ समस्या छ र त त्यसलाई व्यवस्थापन गरिन्छ। ’ समस्यासंग कहिल्यै भाग्न हुदैन भन्ने उनको तर्क छ। भन्छन् ,‘ यदि सजिलो छैन् भने त्यो नै अवसर हो। जतिबेला नेपालमा मोबाइलको प्रयोग कम थियो, मोबाइलको विषयमा सचेता थिएन त्यतीबेला गोल्छाले नोकिया मोबाइलको विक्री वितरण शुरु गरे नेपालमा। देशभरका ३ हजार बढी पसलहरुमा विक्री वितरण गराए । मोबाइलको प्रयोगको विषयमा सचेतना दिदै पनि हिडे। ‘मोबाइल अब सोख हैन आवश्यकता हो ’, उनी सधै यसो भन्ने गर्थे रे। शुन्यमा रहेको मोबाइलको पहुच केही समयमा ६० प्रतिशतसम्म  पुगेको  विगत पनि उनले सुनाउन भ्याए। उनले शुरु गरेको व्यपारिक करिअर आज निकै सहज भएको उनको ठहर छ । ‘किनभने आज इन्टरनेटको विकास भएको छ ,पर्सनल कम्प्युटरदेखि ल्यापटपको मुल्य घटेको छ र गतिशिलता, वायरलेस, मोबाइल सबै संगसंगै आइरहेका छन् ’ उनले भने।

व्यपार संगसंगै नेपाललाई विश्वभर चिनाउने पनि लक्ष्य छ गोल्छाको ।  ‘मार्केटिङ, सफ्टवेयर र व्यवस्थापनबाट नेपाललाई विश्वमा चिनाउन सकिन्छ ’ । उनी भन्छन् ,‘ त्यसैले गोल्छा अर्गनाइजेसन अब त्यसको लागी अघि बढ्दैछ। ‘हाम्रो टार्गेट नेपालमा होइन् अब युरोप र युएसए हो ’ , उनी भन्छन्‘ त्यहा नेपाली प्रडक्ट निर्यात पनि गर्छौ , नेपाल र नेपाली प्रडक्ट त्यहा चिनिने पनि छ।  ‘एउटा सफल इन्टरप्रिनियर बन्नु छ भने आफु जे गर्दछौ त्यो संग प्रेममा फस्नुपर्छ किनभने इन्टरप्रिनियर बन्न विभिन्न कठिनाइ र विविधताहरुलाई जित्नुपर्छ’,  उनी यसरी सुझाउछन् ,‘ अनिमात्र तिमी त्यो प्रेमप्रतिको समर्पणले विहान ४ बज्ना साथ ओछ्यानवाट उठ्छौ र राती ११ वजेसम्म काम गछौ तर पनि थकित महसुस गर्दैनौ।’

service_centreएउटा सफल व्यवसायी बन्न गोल्छाले विभिन्न चर्चित व्यत्तीका प्रोफाइल पढ्ने गर्थे  । भन्छन् , ‘ आइटी व्यवस्थापनका सफल व्यक्ति स्टेफ जोभ्स , मार्क जुकरबर्ग जस्ता व्यक्तिको कथा र व्यथाले मलाई पनि प्रेरित गरायो र यस्तो व्यक्तिका कथालाई खोजीखोजी पढ्ने सल्लाह पनि दिन्छु । ’ सफल व्यवसायी बन्न उनले ४ वटा विषयलाई व्यवस्थापन गर्ने विषयमा सधै ध्यान दिने गरेका रहेछन्।

तिनीहरु के हुन् त ? राउन्ड टेबल नेपालका राष्ट्रिय अध्यक्ष समेत भइसकेका गोल्छाले भने, ‘ मानिस , उपाय , स्रोतसाधन र अन्य ( कर्मचारी , राजनिती लगायतवाट आउने समस्या) लाई व्यवस्थापन गरीए अवश्य सफल भइन्छ।’ आर्थिक सफलताका लागी सामाजिक सेवा पनि आवश्यक रहने धारणा राख्छन् गोल्छा । व्यवसायलाई पैसा कमाउने थलो मात्र नबनाएर सेवामुखी पनि बनाउनुपर्ने उनको आशय हो। ‘ कुरा सबैको सुन्न सक्ने धैर्यता हुनुपर्छ तर वास्तविकतालाई पछ्याउनुपर्छ’ सफल बन्न चाहनेका लागी उनी यसरी सम्झाउछन्।
गोल्छाको दृष्टिकोणमा भ्रष्टचार जम्मा दुई किसिमले गरिन्छ रे ।‘ एउटा इमान्दार र अर्को बेइमान भ्रष्टचार ।‘ इमान्दारले कसैलाई असर पुर्याउदैन , बेइमानले सबैलाई असर पुर्याउछ , अब कुन रोज्ने त्यो तपाईको हातमा ?’ उनले कार्यक्रममा उपस्थित दर्जनौ विधार्थीहरुको विचमा भने। कुनै विषयमा सही निर्णय गर्नुपर्दा मन र मस्तिष्क दईमा कसको कुरा सुन्ने भन्ने विषयमा दोधारमा परियो भने के गर्ने ? उपस्थित एक विधार्थीले गरेका प्रश्नमा गोल्छा निकै रोचक जवाफ दिए , ‘ मेरो मन भन्छ तिम्रो मनको कुरा सुन , मेरो मस्तिष्क भन्छ तिम्रो मस्तिष्कको कुरा सुन।

नेपालमा व्यवसायीहरुको लागी विभिन्न अवसरहरु छन् जुन सफल हुन सकेको छैन् गोल्छाको हेराईमा। ‘क्षमता , जनशक्ती र बिग ब्राण्डको समस्याका कारण हामी नेपालमा सफ्टवेयर उत्पादन र विक्री गर्न सकिरहेका छैनौ ’, उनले भने। सम्पन्न परिवारमा जन्मिएर पनि गोल्छाले आफ्नो मेहनत र लगनशिलतालाई कुनै कम रफ्तार नदिएको त उनको यो सफलताले प्रष्टाइनै हाल्छ। उनको यो कथा र व्यथावाट हामीले केही सिक्ने कि ? आफुलाई मनपरेका कामप्रति आफु समर्पित हुन सर्वप्रथम त्यो कामलाई प्रेम गर्ने कि ? गोल्छाकै भाषामा भन्ने हो भने ,‘ यदि तिमीले प्रेम भन्ने शब्द भेट्यौ भने तिमी अवश्य काममा प्रेम गर्न थाल्छौ र त्यहि काम प्रतिको लगाव, मेहनत र प्रेमले सफलता दिनेछ।

सफल हुन चाहनेले थाहा पाउनु पर्ने ३४ चर्चित व्यक्तिको विगत ।

सफलताको शिखरमा पुग्ने इच्छा कसलाई पो हुँदैन र ? प्रतिष्ठा कमाएर जीवनलाई सार्थक बनाउने दौडमा हर मानीस लाग्छन् । सफलताको शिखरमा पुगेकालाई तलबाट हेर्दा उनीहरुको इमानको उचाई धेरै माथि देखिन्छ । त्यो सफलता चुम्ने सोच बनाएकाहरु नै उचाई देखेर आँत्तीन्छन् । किनकी उनीहरुले पनि तल्लो तहबाट नै आफ्नो यात्रा सुरु गरेर शिखर पुगेको हामी बिर्सन्छौँ । यस्ता थुप्रै व्यक्तित्वहरुले निकै तल्लो तहबाट आफ्नो संघर्ष सुरु गरेर विश्वमाझ चिनिएका छन् । यस्ता व्यक्तिहरुको एउटा सूची लमजुङका दिपेन्द्र बन्जाडेले तयार परेर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् । उनले त्यी व्यक्तिहरुको सूची सार्वजनिक गर्दै आफुले पनि उनीहरुको जस्तो सफलता पाउन सक्ने दृढता राखेका छन् । प्रयास गरे प्रतिष्ठा बटुल्न सकिन्छ भन्ने उनले हिम्मत देखाएका छन् । म कसो नबनुला र ? भन्ने शिर्षकसहित उनले उल्लेख गरेका व्यक्ति र त्यीनको विगत यस्तो छ । जुन विगत पढेर तपाईँमा पनि उर्जा प्राप्त हुन सक्छ ।
१. खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।
२. ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।
३. कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।
४. वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।
५. सानैमा चोरी गर्दै हिँड्ने विकाशानन्द धार्मिक गुरू बने ।
६. साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।
७. सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने ।
८. भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।
९. चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।
१०. दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।
११. कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।
१२. कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।
१३. सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।
१४. लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।
१५. लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।
१६. मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।
१७. घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।
१८. पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।
१९. खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।
२०. अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।
२१. कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।
२२. गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।
२३. एसएलसी पास रेखा थापा चर्चित नायिका बनिन् ।
२४. तिन पटक SLC फेल हरीवंश आचार्य नामी कलाकार बने ।
२५. पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।
२६. कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।
२७. स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।
२८. झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने ।
२९. थर्ड डिभिजनमा एसएलसी पास गरेका महात्मा गान्धी विश्व नेता बने ।
३०. तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।
३१. हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।
३२. दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्रपती बने ।
३३. कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।
३४. मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने ।

वर्षैपिच्छे असफलता व्यहोरेका सफल व्यक्तिको इतिहास

विश्व विख्यात मानीसको सफलताका कथाहरु मात्र बाहिर बढी आउने गरेका छन् । त्यसैले उनीहरुको सफलताको कथालाई पछ्याउने प्रयास धेरैले गर्छन । तर, सफलताका कथा सुनेकाहरु छिट्टै हरेस खान्छन् । किनकी सफल व्यक्तिले असफलतापछि मात्र सफलता पाएको कुरा उनीहरु बिर्सन्छन् वा ख्याल गर्दैनन् ।
जुनसुकै सफल मानीसका पछाडि सफलता भन्दा असफलताका कथा बढी हुन्छन् । त्यी असफलतासँग जुध्न सफल भएर मात्र मान्छे सफल हुने गर्छन । यहि कुरालाई मध्यनजर गर्दै एउटा त्यस्ता विश्वविख्यात व्यक्ति, जसको सफलताप्रति सबैले लोभ गर्छन उनको इतिहास केलाउँदा हामीले थुप्रै असफलता पछि मात्र सफल भएको पायौँ । त्यी व्यक्ति अरु कोहि नभएर अमेरिका पूर्व राष्ट्रपति अब्राम लिंकन हुन् ।
उनले असफलतालाई समस्या मानेर निराश भएका भए राष्ट्रपति बन्न सक्ने सम्भावना नै थिएन । तर, असफलतादेखि उनी कहिल्यै निराश भएनन् । उनी राष्ट्रपति बन्नुभन्दा पहिला उनले व्यहोरेका १३  ठूला असफलताको यस्ता छन् । जसलाई जितेर मात्र उनी राष्ट्रपति बन्न सफल भए ।
१. उनले २२ वर्षको उमेरमा ठूलो घाटा व्यापारमा व्यहोरे ।
२. २३ वर्षको उमेरमा राजनीतिमा पाइला राखे, तर बिधायक निर्वाचनमा हारे ।
३. चुनाव हारेपछि जिवनको २४ औँ वर्षमा पनि उनले व्यापारमा ठूलो घाटा व्यहोर्नु पर्यो ।
४. जिवनको २६ औँ वर्षको युवा अवस्थामा नै उनलाई पत्नी शोक पर्यो, घर गृहस्थी जिवनमा उनको यो ठूलो घाटा थियो ।
५. पत्नी शोक पश्चात २७ वर्षमा उनी डिप्रेसनको शिकार बने, अमुल्य जिवनमा उनका लागि अर्को हार थियो । तर, पछि उनी सम्हालीए ।
६. जिवनको २९ औँ वर्षमा पनि उनलाई अर्को ठेस लाग्यो । उनले प्रवक्ताको चुनावमा हारे ।
७. ३१ वर्षमा फेरी अर्को हार व्यहोरे, उनले इलेक्टरको चुनावमा पनि हारे ।
८. यस्ता हारबाट उनी कहिल्यै निराश भएनन् । फेरी ३४ वर्षको उमेरमा उनले काँग्रेस चुनावमा असफल भए ।
९. असफलतासँग जुध्दै उनी फेरी ३९ वर्षको उमेरमा चुनावी मैदानमा उत्रिए । तर, फेरी पनि उनको हातमा हार नै मिल्यो ।
१०. ४६ वर्षको हुँदा उनी सिनेटको दौडमा थिए । उनले यसमा पनि पहिलो पटक  हार व्यहोरे ।
११. ४७ वर्षमा उपसभापतिको दौडमा उनले व्यहोरेको असफलता पनि सानो थिएन ।
१२. सोहि वर्ष उनलाई राष्ट्रपतिय चुनावमा अर्को असफलता हात परेको थियो ।
१३. ४९ वर्षको उमेरमा फेरी उनको जिवनमा अर्को हार मिल्यो । उनले फेरी सिनेटको दौडमा हारेका थिए ।
१४. वर्षैपिच्छेका हारका बाबजुद पनि उनले कहिल्यै हार मानेन रउनले जिवनको ।
५१ औँ वर्षमा उनले निकै ठूलो जित हाँसील गरे ।

Thursday, October 6, 2016

तुलनात्मक होइन, प्रतिस्पर्धात्मक लाभ हेरौं

जे. जेगादीशान
प्रमुख कार्यकारी अधिकृत, जेजे इश्वरा कनेक्ट एडीएन बीएचडी
संस्थापक सदस्य, मलेशियाली औद्योगिक विकास प्राधिकरण (मिडा)

तीव्र गतिमा आर्थिक विकास गरिरहेका ‘एशिएन टाइगर’मध्ये मलेशिया एक हो । मलेशियाली औद्योगिक विकास प्राधिकरण (मिडा)मार्फत सन् १९६७ मा अहिलेको विकसित र आधुनिक मलेशियाको जग हालिएको थियो । मलेशियालाई गतिशील अर्थतन्त्रको रूपमा विकास गर्न सघाएको मिडाका संस्थापक सदस्य जे. जेगादीशानले आर्थिक विकासका लागि आफ्नो अलग्गै सूत्रको विकास गरेका छन् । सन् १९९९ मा नायव महानिर्देशकको रूपमा मिडाबाट सेवानिवृत्त भएका उनले व्यापार तथा विकासका लागि राष्ट्रसङ्घीय सम्मेलन (अङ्कटाड), राष्ट्रसङ्घीय अन्तरराष्ट्रिय विकास संस्था (युनिडो)लगायत संस्थाको वरिष्ठ परामर्शदाताको रूपमा अफ्रिका तथा अन्य अतिकम विकसित मुलुकमा काम गरेका थिए । जिम्बाबे र ताञ्जानियामा लगानी केन्द्र स्थापना परियोजनामा संलग्न जेगादीशानले जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)लाई अफ्रिकाली मुलुकका लागि आर्थिक विकास रणनीति निर्माणमा सघाएका थिए । हाल उनी आर्थिक परामर्शदाता संस्था जेजे इश्वरा कनेक्ट एडीएन बीएचडीका प्रमुख रहेका छन् । सन् २००८ मा आर्थिक विकासका लागि नोबेल पुरस्कारको मनोनयनमा परेका उनी लगानी वातावरण निर्माणका विज्ञ मानिन्छन् । नेपाल आर्थिक सम्मेलनको अतिथिको रूपमा गत महीना नेपाल आएका जेगादीशानसँग आर्थिक सुधार, लगानीको वातावरण निर्माण र ती क्षेत्रमा मलेशियाको अनुभवलगायत विषयमा आर्थिक अभियानका मोदनाथ ढकालले गरेको कुराकानीको सार :

आर्थिक सम्मेलनमा मैले मलेशियाको सफलताको कथा सुनाएको थिएँ । सन् १९६९ सम्म मलेशिया निकै गरीब मुलुक थियो । त्यही वर्ष त्यहाँ भड्किएको दङ्गामा धेरै मानिस मारिए । मलेशिया बहुजातीय मुलुक हो, जहाँ मलाय, मुस्लिम, चिनियाँ, भारतीयलगायत धेरै प्रकारका मानिस बस्छन् । दङ्गाका पछाडि चरम बेरोजगारी प्रमुख कारण थियो । त्यसमा पनि शहरी बेरोजगारी झनै डरलाग्दो हुँदो रहेछ । ‘गरीबी जहाँ भए पनि त्यसले सबैतिरको समृद्धिमा असर पार्छ’ त्यहाँ यही लागू भएको छ । मलेशियामा पनि त्यस्तै भएको थियो । जागीरविना शहरमा बाँच्न अत्यन्तै गाह्रो छ । त्यसैले गरीबी सरकारको मात्र चासोको विषय होइन । तपाईंको घरमा चोर्न आउने व्यक्ति गरीबीले सताइएको पनि हुन सक्छ । त्यसैले, यो सबैको चासोको विषय हो ।

अहिलेका सरकारको चुनौती रोजगारी र सम्पत्तिको सृजना गर्नु हो । त्यसका लागि लगानी आवश्यक छ । सरकारले लगानी गर्न सक्दैन । त्यसैले, उसको काम लगानीका लागि उपयुक्त वातावरण तयार गर्नु हो । त्यसपछि निजीक्षेत्र आफै लगानीका लागि अग्रसर हुन्छ । सरकार र निजीक्षेत्र दुवैको उचित समन्वयविना रोजगारी सृजना हुनै सक्दैन । मलेशियाले गरेको त्यही हो । मलेशियाको आधुनिक विकासमा मुख्य भूमिका निर्वाह गरेको मलेशियाली औद्योगिक विकास प्राधिकरण (मिडा)को संस्थापक टीमको सदस्य हुँ म । हाम्रो भूमिका उद्योग स्थापनाका लागि सहजीकरण गर्नु थियो । रोजगारी सृजना नगर्ने हो भने मुलुक ध्वस्त हुनेछ भन्ने हाम्रो डर थियो । नीति त राम्रा बने, तर तिनको सफल कार्यान्वयन चुनौतीको रूपमा रहेको थियो । हाम्रो जिम्मेवारी भनेकै नीतिको कार्यान्वयन गर्नु थियो । त्यसैले, मलेशियाले लोभलाग्दो सफलता पाउँदै गयो । सन् १९७० मा एउटा पनि निर्यातमुखी कम्पनी नभएको मुलुक सन् १९८० मा आइपुग्दा विश्वकै ठूलो माइक्रोचिप्स निर्यात गर्नेमा दरियो । त्यस्तै, विद्युतीय सामग्रीको उत्पादन पनि बढ्दै गयो । त्यस अघिसम्म मलेशिया संसारकै ठूला रबर उत्पादक मुलुकमध्ये एक थियो । तर, हामी रबरका सामान बनाउँदैनथ्यौं । हामी यूरोपमा रबर निर्यात गथ्र्यौं र तयारी सामान किन्थ्यौं । सन् ८० कै दशकमा रबरका सामग्री निर्यात गर्न थालिसकेका थियौं । त्यसबेलासम्म हामीले १ लाख ५० हजारभन्दा बढी रोजगारी सृजना गरिसकेका थियौं । त्यसैलाई हामी ‘मलेशियन मिराकल’ भन्छौं ।

आशाको त्रिभुज
यस्तो कसरी सम्भव भयो ? त्यस्तो सफलताको मुख्य तत्व ‘आशाको त्रिभुज’ हो । यसका तीन आयाम छन् : राजनीतिक इच्छाशक्ति, कर्मचारी प्रशासनको कुशलता र निजीक्षेत्रको गतिशीलता । यी तीनै तत्वको मेलबाट मात्र त्यस्तो वातावरण सृजना गरी लगानीकर्तामा आशाको सञ्चार गर्न सकिन्छ । मैले संसारका धेरै सरकारसँग काम गरिसकेको छु । त्यो अनुभवको आधारमा म के भन्न सक्छु भने, ती तीन आयाममध्ये एउटामात्रै पनि भएन भने जुनसुकै मुलुक असफल हुन्छ । ती तीन आयाममा पनि राजनीतिक इच्छाशक्ति मुख्य हो । त्यसका लागि भिजनसहितको नेतृत्व चाहिन्छ । तर, कहिलेकाहीँ राजनीतिक इच्छाशक्ति बलियो भए पनि कर्मचारीतन्त्र निकम्मा र भ्रष्टाचारले ग्रस्त छ भने असल नेतृत्व पनि असफल हुन्छ । के उद्योगी–व्यवसायीले कर्मचारीतन्त्रबाट मित्रवत् व्यवहार पाएका छन्, के कर्मचारीतन्त्रले व्यवसाय अभिवृद्धिमा सहयोगीको भूमिका निर्वाह गरेको छ, या व्यवसायीहरू कर्मचारीतन्त्रसँग सङ्घर्ष गर्नुपरिरहेको छ, यस्ता कुराले लगानीमा प्रत्यक्ष असर पार्छन् ।

अफ्रिकी अर्थतन्त्रलगायत विभिन्न विकासशील मुलुकको अध्ययनपछि मलाई के लागेको छ भने धेरै देशमा निजीक्षेत्र आफ्नै सङ्घर्ष र बलबुताले अगाडि बढेको छ । उनीहरूलाई निकै कममात्र सरकारी सहयोग उपलब्ध छ । ती मुलुकमा ‘आशाको त्रिभुज’ निर्माण गर्नु ठूलो चुनौती बनेको छ । मैले जाम्बियाका राष्ट्रपतिसँगको भेटमा ‘आशाको त्रिभुज’ले राष्ट्रलाई नै आशावादी बनाउने बताएको थिएँ ।

लगानी वातावरण
लगानीको प्रवद्र्धन एकैपटकमा सम्पन्न हुने कार्य होइन । यो त निरन्तर चलिरहने प्रक्रिया हो । भाषण तथा गोष्ठी, विज्ञापन, रिसेप्शन तथा कक्टेल डिनर, महोत्सवमा सहभागिता आदिले लगानी भित्रिने होइन । धेरै मन्त्री तथा उच्चपदस्थ सरकारी पदाधिकारी त्यसैबाट लगानी आउँछ भन्ने भ्रममा छन् । त्यसका लागि चारओटा आधारभूत कुरा मुलुकमा उपस्थित हुन जरुरी छ । त्यसमध्ये पहिलो लगानीको वातावरण हो । यसका दुई पक्ष छन् : समग्र र क्षेत्रगत । समग्र वातावरणमा राजनीतिक स्थिरता सबैभन्दा महत्वपूर्ण छ । यो निकै संवेदनशील विषय हो किनकि, राजनीतिक स्थिरता व्यवसायी वा अर्थशास्त्रीले चाहेर आउने होइन । यसका लागि राजनीतिक दलहरू गम्भीर हुनुपर्छ । व्यवसायीका लागि त प्रजातन्त्र, राजतन्त्रजस्ता शासन व्यवस्था होइन, लगानी गर्ने तथा प्रतिफल पाउने स्वतन्त्रता महत्वपूर्ण हुन्छ । तर, रोजगारी सृजना गरी मुलुकलाई अस्थिर हुनबाट जोगाउन भने उद्योगी–व्यवसायीले उल्लेख्य योगदान दिएका हुन्छन् । साथै, विदेशी विनिमय नियन्त्रण, आप्रवासनलगायत सबैलाई प्रभाव पार्ने तत्व पनि समग्र वातावरणमै आउँछन् । क्षेत्रगत वातावरणमा लगानीका क्षेत्र पर्दछन्, जुन उत्पादन विशेष पनि हुन सक्छ । उदाहरणका लागि कृषि एउटा क्षेत्र हो भने आँप वा उखु उत्पादन विशेष हो । म्यानुफ्याक्चरिङ, ऊर्जा अन्य उदाहरण हुन् । जबसम्म समग्र वातावरण राम्रो बन्दैन, तबसम्म क्षेत्रगत लगानीमा पनि कुनै सुधार हुँदैन ।

तुलनात्मक होइन प्रतिस्पर्धात्मक लाभ
लगानी प्रवद्र्धनको दोस्रो चरणमा उपयुक्त परियोजनाको पहिचान गरिन्छ । आफ्नो मुलुकका लागि आवश्यक र सान्दर्भिक उद्योग तथा परियोजना के हुन्, त्यसको निक्र्योल गर्नुपर्छ । भारतमा कुन उद्योग राम्रो छ वा अन्य मुलुकले कुन क्षेत्रमा प्रगति गरेका छन्, त्यो कुरा बिर्सनुहोस् । आफ्नो अवस्था, उपलब्ध कच्चापदार्थ र जनशक्तिको विश्लेषण गरी निर्णय लिनुहोस् । यहाँ धेरैले तुलनात्मक लाभको कुरा गरेको मैले सुनेँ । उनीहरूका अनुसार पर्यटन, स्वास्थ्यजस्ता विषयमा नेपाल तुलनात्मक लाभको अवस्थामा छ । तर, म के भन्छु भने प्रगतिको सूत्र ‘तुलनात्मक लाभ’ नभई ‘प्रतिस्पर्धात्मक लाभ’ हो । धेरैलाई यी दुवै उस्तैउस्तै लाग्न सक्छ । तर, यी दुईमा ठूलो भिन्नता छ । मलेशियाकै उदाहरण लिऊँ, सन् १९६७ मा मलेशिया संसारकै ठूलो रबर उत्पादक थियो । तर, रबर बूटको सबैभन्दा ठूलो निर्यातकर्ता नर्वेस्थित भाइकिङ फूटवेयर नामक कम्पनी थियो भने रबर ‘स्विमिङ क्याप’ उत्पादन र निर्यातमा न्यूजिल्याण्ड अग्रस्थानमा थियो । एउटा पनि रबर प्लाण्ट नभएका र मलेशियाबाट हजारौं किलोमिटर टाढाका ती मुलुक कसरी विश्वकै ठूला रबरजन्य उत्पादन निर्यातकर्ता बने ? त्यसको पछाडि एउटै कारण थियो– प्रतिस्पर्धात्मक लाभ । कम लागत, कुशल उत्पादन प्रणालीजस्ता विषयमा उनीहरू दक्ष थिए । त्यसैले, उनीहरू हाम्रो रबरबाट बूट बनाएर हामीलाई नै बेच्न सफल भएका थिए । सन् १९८० मा नर्वेको भाइकिङ र न्यूजिल्याण्डको स्विमिङ क्याप निर्माता कम्पनी त्यहाँका प्लाण्ट बन्द गरेर मलेशिया आए । त्यसपछि मलेशिया रबर बूट र स्विमिङ क्यापको विश्वकै ठूलो निर्यातकर्ता बन्यो ।

रमाइलो कुरा त के छ भने, १ सय वर्षअघिसम्म मलेशियामा रबर र पाम आयल दुवै थिएनन् । त्यहाँ रबर ब्राजिलबाट र पाम अफ्रिकाबाट आएको हो । अब हेर्नुहोस् त, मलेशियाको प्रगतिको पछाडि परम्परागत उद्योग नै छैन । हाम्रा परम्परागत उत्पादन त नरिवल र धान थिए । त्यसैले, मेरो अभिप्राय यो हाम्रो परम्परा हो, यसलाई छोड्नुहुन्न भनेर त्यसैमा टाँसिएर नबस्नुहोस् । प्रतिस्पर्धात्मक लाभ भएका उत्पादनतर्फ ध्यान लगाउनुहोस् भन्ने हो । किनकि, परम्परागत उत्पादनको मूल्य घटिरहेको हुन्छ । अझ अन्तरराष्ट्रिय बजारमा सस्तोमा गइरहेका वस्तु त उत्पादन नै नगर्नुहोस् । कुन कृषि उपजको उत्पादन घटेको र मूल्य बढेको छ, त्यसको अध्ययन गर्नुहोस् र त्यसको यहाँ उत्पादनको सम्भावना खोज्नुहोस् । परम्परागत उत्पादनमा भर परेको भए मलेशिया अहिले पनि नरिवलमात्र उत्पादन गरिरहेको हुने थियो ।

जब लगानीको वातावरणमा सुधार ल्याई परियोजनाको पहिचान हुन्छ, तबमात्र लगानी प्रवद्र्धनको कुरो आउँछ । त्यसैले, प्रवद्र्धन तेस्रो तत्व हो । अब रह्यो, सबैभन्दा महत्वपूर्ण चौथो तत्व परियोजना कार्यान्वयन । सयौं योजनाको गफ नगर्नुहोस् । कुनै मुलुकले एक वर्षमा कति योजनालाई स्वीकृति दियो, त्यो महत्वपूर्ण होइन । महत्वपूर्ण त कार्यान्वयनमा कति गए भन्ने हो । तपाईंले जति छिटो परियोजनालाई स्वीकृति दिन सक्नुहुन्छ, त्यति छिटो रोजगारी सृजना हुन्छ । त्यसैले, कार्यान्वयन गर्न सकिने खालका परियोजनामात्र स्वीकृत गर्नुपर्छ ।

जेजे फर्मुला
औद्योगिक विकास तथा आर्थिक वृद्धिका लागि मैले आफ्नै फर्मुलाको विकास गरेको छु, ‘ई+सीफोर+ओ≠पी’ । यहाँ ‘पी’ भनेको ‘प्रोब्लम’ (समस्या) होइन ‘प्रफिट’ (नाफा) हुनुपर्छ भन्ने हो । नाफालाई शङ्कालु दृष्टिले हेर्नु गलत हो । कुनै पनि उद्यमी–व्यवसायीले नाफाका लागि नै लगानी गरेको हुन्छ भन्ने बिर्सनु हुँदैन । उसको नाफा बढ्दै जाँदा त्यसको लाभ सरकार, समाज र कर्मचारीले पनि पाउँछन् । ती व्यवसायीले तिरेको करबाटै त हो सरकारले अस्पताल, बाटोघाटो, विद्यालय आदि बनाउने ।

‘ई’ भनेको ‘एन्भायरोन्मेण्ट’ अर्थात् वातावरण हो । त्यसपछि चारओटा ‘सी’ छन् : लागत (कष्ट), सहजता (कन्भिनियन्स), पूर्वाधार र सरकारको क्षमता (क्यापाबिलिटी) र सहुलियत (क्यारोट्स) । ‘ओ’ को अर्थ अवसर (अपच्र्युनिटी) हो । यहाँ सरकारको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । उसले आफ्नो मुलुुकमा उपलब्ध अवसरको मार्केटिङ गर्न सक्नुपर्छ । तर, चारै ‘सी’ ठीक भएको समाजमा लगानी वातावरण राम्रो भएको मानिन्छ । विकासशील मुलुकमा व्यवसायीको हातगोडा फलामका बेडी बाँधेर उनीहरूलाई दौडिन भनिएको छ । तर, विकसित मुलुकमा व्यवसायीका हातगोडा स्वतन्त्र छन् । कतिपय अवस्थामा सरकारले हातको बेडीमात्र खोलेर ‘लौ मैले तिमीहरूलाई ‘इन्सेन्टिभ’ दिएको छु, खै त दौडेको ?, भन्छ । त्यसैले विकासशील मुलुकका सरकारलाई म व्यवसायमैत्री रणनीतिक कार्ययोजना बनाउन सल्लाह दिन्छु । तर, त्यसको कार्यान्वयनका लागि बलियो इच्छाशक्ति हुनुपर्छ । आशावादी र सहयोगी कर्मचारी प्रशासन हुनुपर्छ । व्यवसायको लागत कम हुनुपर्छ । र, सरकारी सेवामा कुशलता हुनुपर्छ । उदीयमान पूर्वी एशियाली अर्थतन्त्रले यही बाटोबाट प्रगति गरिरहेका छन् ।

लगानी बोर्ड
लगानी बोर्डले विदेशी लगानी भित्र्याउन सहयोग गर्छ । तर, धेरैले के बुझेका छैनन् भने लगानी बोर्ड त देखिने अङ्गमात्र हो । त्यसका पछाडि श्रम, कच्चापदार्थ, कर्मचारी, यातायात तथा ढुवानीको अवस्था पनि राम्रो हुनुपर्छ । नीति ठीक हुनुपर्छ । प्रधानमन्त्री नीति कार्यान्वयनको ‘रबिनहुड’ हो । त्यसैले, सबैको सहयोग भएमा मात्र लगानी बोर्डले प्रभावकारी रूपमा काम गर्न सक्छ ।  

मोदनाथ ढकाल

लिक्वान युको व्यावहारिक अधिनायकत्व

२०७१-कसैका लागि ली क्वान युको मृत्युको अर्थ निर्दयी निरंकुशको अन्त्य हो । अनि कसैका लागि चाहिँ यो अथक नेताको अन्तिम पुरस्कार हो । बितेका केही दिनहरूमा म उनीसँग बढी नै नजिकिएँ जस्तो लाग्यो । मैले उनको संस्मरण, केही अन्तरवार्ता पढेँ अनि कार्ल ट्रकीले लेखेको सिंगापुरको इतिहास पुस्तक दोहोर्‍याएर हेरेँ । तर, ली मेरा लागि अझै एक रहस्य हुन् । मलाई शंका छ, उनलाई कहिल्यै बुझ्न सक्दिनँ भन्ने ।

'उनीहरू मलाई जान्दछु भन्ठान्छन्, तर उनीहरू त मेरो सार्वजनिक 'म' लाई मात्र जान्दछन्' उनले सन् २००९ को एक अन्तरवार्तामा भनेका थिए । सायद ली ठीक थिए । मेरो अनुमानमा उनले दुःखका साथ त्यसो भनेको हुनुपर्छ । इतिहासमा ली जति उदार तानाशाहको पदवीको हकदार कोही पनि छैन । उनले ३१ वर्ष सिंगापुरमा प्रधानमन्त्री भएर शासन गरे । अनि अरू दुई दशक उनले मन्त्रिपरिषद्मा मुख्य स्थान ओगटे । दह्रोसँग जमेर खुला रूपले उनले सिंगापुरलाई आफ्नै तस्बिरमा ढाले । अनि 'नरम' अधिनायकवादको विशिष्ट मन्त्रको ब्रान्डमा अति नै व्यावहारिक जनताका साथ आजको समृद्ध राज्य सिंगापुर बनाए ।

आकारमा सिंगापुर लन्डनभन्दा आधै सानो र जनसंख्यामा दुई तिहाइ ठूलो छ । यसको कर्मचारीतन्त्र चुस्त छ । सफा

हावा, सुरक्षित सडक छन् । उच्च गुणस्तरका विद्यालय र खर्चले धान्न सक्ने स्वास्थ्य सुविधा छन् । घर भन्न लायक सुन्दर ठाउँ सिंगापुर धेरै हिसाबले व्यापार गर्नका लागि संसारकै उपयुक्त स्थान हो । यसका लागि धन्यवाद दिनलाई हामीसँग ली छन् । तर सिंगापुर भौतिक उन्नतिका लागि जिद्दीका साथ लागेको कठोर व्यावहारिकताको थलो पनि हो । अनि ली यसको

सबभन्दा महत्त्वपूर्ण परिपालक हुन् । उनी यो भौतिकवादको प्रवर्तक पनि हुन् र प्रचारक पनि । उनको पि्रय प्रश्न 'ठीक

के हो ?' भन्ने नभएर 'ठीक यो नभए के भयो त ?' भन्ने

हो । आफ्नो योजनाले काम गर्छ कि गर्दैन, यसले सिंगापुरलाई बचाउँछ कि बचाउँदैन र सिंगापुरको सफलतालाई निश्चित गर्छ कि गर्दैन भन्ने कुरा उनका लागि मुख्य थियो ।

स्वतन्त्रताको वैचारिक अवधारणाप्रति क्याम्बि्रजमा शिक्षित लीको कुनै रुचि थिएन । एक अधिवक्ताका रूपमा उनी स्वतन्त्रताको अवधारणा जान्दथे । तर बेलायको पठन र जापानी व्यवसायमा उनले 'स्वतन्त्रताले पेट भरिँदैन तर तपाईंलाई छेक्नका लागि स्वतन्त्रताको प्रयोग गर्नेहरूलाई पाखा लगाउन सक्नुहुन्छ' भन्ने एक अमूल्य पाठ सिके । 'मैले कसरी शासन गर्नुपर्छ भन्ने सिकेँ, बेलायती र जापानीहरूले जसरी शक्तिको प्रयोग गरेर कसरी जनतालाई तह लगाउनुपर्छ भन्ने जानेँ,' उनी भन्ने गर्थे ।

उनले सिंगापुर उपनिवेश हुँदा ताकाका सयौं अरोपित कम्युनिस्ट, विद्रोही र अतिवादीहरूलाई आन्तरिक सुरक्षा ऐनको प्रयोग गरेर वषर्ाैंसम्म गैरन्यायिक हिरासतमा राखे । मुद्दाबिनै उनीहरूलाई थुनिएकाले उनीहरू दोषी भए/नभएको कुनै ठोस प्रमाणको आवश्यकतै परेन । त्यसका लागि मुलुक कब्जामा पर्न लागेकाले विरोधीहरूलाई सखाप पार्न बौद्धिक रणनीति अपनाएको दृढ विश्वास भए पुग्थ्यो । आरोपित कम्युनिस्टमध्ये धेरै लीका राजनीतिक विपक्षीहरू हुनु कुनै संयोग थिएन । सन् १९६३ मा सयभन्दा बढी राजनीतिज्ञ र युनियनका नेताहरू राष्ट्रलाई खतरा पुर्‍याएको भनेर थुनिए । त्यसले लीको दल पिपुल्स एक्सन पार्टी -प्याप) लाई शक्तिशाली बनायो र उनलाई सबभन्दा खतरा भएको विरोधी दल बार्सियन सोसियलिसलाई अति कमजोर पार्‍यो । सन् १९६८ मा प्यापले संसद्को ५८ सिटमा ५८ सिट नै जितेको थियो । त्यसपछि विपक्षीहरू कहिल्यै उठ्न सकेनन् । प्यापले कहिल्यै चुनाव हारेन ।

शक्तिमा आउने यो विधिका बाबजुद सन् २००९ मा लीको अन्तरवार्ता लिने अमेरिकी पत्रकार टोम प्लेट्ससँग असहमत हुन कठिन छ । हामी पश्चिममा सिंगापुरले हासिल गरेको समृद्धिको बाटोमाथि वादविवाद गर्छाैं, तर सिंगापुरको उपलब्धि यसका विरोधीहरूलाई बाउन्ने पार्ने खालको देखिन्छ ।' उनले भनेका थिए । सन् २०१५ मा प्यापले आफ्नो अटल नेताले छाडेर गएको सिद्धान्तलाई नै पालना गरिहेको देखिन्छ ।

सन् २००५ मा एसियाली पत्रकारिता छात्रवृत्तिका निर्देशक चेरियन जर्जले प्यापको अधिनायकवादलाई जनतालाई खुसी राखेर राज्यको हैकम कायम राख्ने 'उत्पीडनको मानक' भनेका थिए । लीको उदार अधिनायकवाद एक कला भएको छ । तर सिद्धान्त भने उही नै छ, मानिसलाई टन्न खुवाऊ ताकि ती विद्रोह नगरून् ।

जनताले टन्न खान पाएनन् भने चाहिँ के हुन्छ त ? बितेका दशकमा सिंगापुरमा घरको मूल्य नाटकीय रूपले बढेको छ । आम्दानीको असमानता उच्च छ । विदेशीहरूसँगको उच्च प्रतिस्पर्धा यहाँका मानिसको असन्तोषको स्थायी कारण भएको छ । तन्नेरी पुस्ता अहिलेको सिंगापुरका संस्थापकको सफलता सूत्रमा विश्वास गर्दैनन् । तिनका सम्बन्धमा ली भन्ने गर्थे, 'स्थिरता र बर्सेनि बढ्दै गएको संवृद्धिमा जन्मेका तीस वर्षमुनिका युवाहरू मलाई व्यर्थमा काम दलाउने मान्छे ठान्छन् होला तर तिनीहरू गलत छन् । समस्या के भने, उनीहरू विश्वासै गर्दैनन् । उनीहरू त ठान्छन्, म चाहिँ गलत छु ।'

सिंगापुरका संस्थापकको मृत्यु भएको छ । अब के

हुन्छ त ? ब्रुकिङ इन्स्िटच्युसनको साउथ इस्ट एसियन स्टडिजका वरिष्ठ अध्येता सोसेफ लिओको विश्वास छ, 'प्यापले

आफ्नो व्यावहारिकतालाई निरन्तरता दिने छ । परिवर्तनको

रफ्तार ढिलो भए पनि, 'बाँच्नका लागि तिमी बदलिनुपर्छ भनेर

प्यापलाई सिंगापुरको प्रणालीमा लीले दिएको यो एक व्यावहारिक विश्वदृष्टि हो ।'

'अहिले अलि जटिल शासन समीकरण छ र सीमित परिधिमा प्याप सरकारले टाउको उठाउने अवसर खोजेको छ' नेसनल युनिभर्सिटी अफ सिंगापुरका अर्का वरिष्ठ अध्येता भन्छन्, 'एक संगठनको तहमा ली क्वान यु र उनको दलले नेताको योजना र त्यसको सहज उत्तराधिकारलाई कार्यान्वयन गर्नमा जहिल्यै जोड दिएका छन् । उनले आफ्नो शासन सत्ता दल र सरकारलाई हस्तान्तरण गरेको धेरै नै भइसकेको छ ।' यद्यपि आफ्नो छोरा ली सिएन लुङलाई प्रधानन्त्री बनाएकामा पर्यवेक्षकहरू लीलाई नातावादको आरोप लगाउँछन् । यसबारे लीले एकपटक यस्तो जबाफ दिएका थिए, 'म सन्तुष्टिको पागल होइन, ता कि मलाई छोराको जीवनमा अप्रत्यक्ष रूपले बाँच्न परोस् ।'

दि गार्जियनबाट

मलेशियाली औद्योगिक विकास प्राधिकरण

जे. जेगादीशान
प्रमुख कार्यकारी अधिकृत, जेजे इश्वरा कनेक्ट एडीएन बीएचडी
संस्थापक सदस्य, मलेशियाली औद्योगिक विकास प्राधिकरण (मिडा)

तीव्र गतिमा आर्थिक विकास गरिरहेका ‘एशिएन टाइगर’मध्ये मलेशिया एक हो । मलेशियाली औद्योगिक विकास प्राधिकरण (मिडा)मार्फत सन् १९६७ मा अहिलेको विकसित र आधुनिक मलेशियाको जग हालिएको थियो । मलेशियालाई गतिशील अर्थतन्त्रको रूपमा विकास गर्न सघाएको मिडाका संस्थापक सदस्य जे. जेगादीशानले आर्थिक विकासका लागि आफ्नो अलग्गै सूत्रको विकास गरेका छन् । सन् १९९९ मा नायव महानिर्देशकको रूपमा मिडाबाट सेवानिवृत्त भएका उनले व्यापार तथा विकासका लागि राष्ट्रसङ्घीय सम्मेलन (अङ्कटाड), राष्ट्रसङ्घीय अन्तरराष्ट्रिय विकास संस्था (युनिडो)लगायत संस्थाको वरिष्ठ परामर्शदाताको रूपमा अफ्रिका तथा अन्य अतिकम विकसित मुलुकमा काम गरेका थिए । जिम्बाबे र ताञ्जानियामा लगानी केन्द्र स्थापना परियोजनामा संलग्न जेगादीशानले जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)लाई अफ्रिकाली मुलुकका लागि आर्थिक विकास रणनीति निर्माणमा सघाएका थिए । हाल उनी आर्थिक परामर्शदाता संस्था जेजे इश्वरा कनेक्ट एडीएन बीएचडीका प्रमुख रहेका छन् । सन् २००८ मा आर्थिक विकासका लागि नोबेल पुरस्कारको मनोनयनमा परेका उनी लगानी वातावरण निर्माणका विज्ञ मानिन्छन् । नेपाल आर्थिक सम्मेलनको अतिथिको रूपमा गत महीना नेपाल आएका जेगादीशानसँग आर्थिक सुधार, लगानीको वातावरण निर्माण र ती क्षेत्रमा मलेशियाको अनुभवलगायत विषयमा आर्थिक अभियानका मोदनाथ ढकालले गरेको कुराकानीको सार :

आर्थिक सम्मेलनमा मैले मलेशियाको सफलताको कथा सुनाएको थिएँ । सन् १९६९ सम्म मलेशिया निकै गरीब मुलुक थियो । त्यही वर्ष त्यहाँ भड्किएको दङ्गामा धेरै मानिस मारिए । मलेशिया बहुजातीय मुलुक हो, जहाँ मलाय, मुस्लिम, चिनियाँ, भारतीयलगायत धेरै प्रकारका मानिस बस्छन् । दङ्गाका पछाडि चरम बेरोजगारी प्रमुख कारण थियो । त्यसमा पनि शहरी बेरोजगारी झनै डरलाग्दो हुँदो रहेछ । ‘गरीबी जहाँ भए पनि त्यसले सबैतिरको समृद्धिमा असर पार्छ’ त्यहाँ यही लागू भएको छ । मलेशियामा पनि त्यस्तै भएको थियो । जागीरविना शहरमा बाँच्न अत्यन्तै गाह्रो छ । त्यसैले गरीबी सरकारको मात्र चासोको विषय होइन । तपाईंको घरमा चोर्न आउने व्यक्ति गरीबीले सताइएको पनि हुन सक्छ । त्यसैले, यो सबैको चासोको विषय हो ।

अहिलेका सरकारको चुनौती रोजगारी र सम्पत्तिको सृजना गर्नु हो । त्यसका लागि लगानी आवश्यक छ । सरकारले लगानी गर्न सक्दैन । त्यसैले, उसको काम लगानीका लागि उपयुक्त वातावरण तयार गर्नु हो । त्यसपछि निजीक्षेत्र आफै लगानीका लागि अग्रसर हुन्छ । सरकार र निजीक्षेत्र दुवैको उचित समन्वयविना रोजगारी सृजना हुनै सक्दैन । मलेशियाले गरेको त्यही हो । मलेशियाको आधुनिक विकासमा मुख्य भूमिका निर्वाह गरेको मलेशियाली औद्योगिक विकास प्राधिकरण (मिडा)को संस्थापक टीमको सदस्य हुँ म । हाम्रो भूमिका उद्योग स्थापनाका लागि सहजीकरण गर्नु थियो । रोजगारी सृजना नगर्ने हो भने मुलुक ध्वस्त हुनेछ भन्ने हाम्रो डर थियो । नीति त राम्रा बने, तर तिनको सफल कार्यान्वयन चुनौतीको रूपमा रहेको थियो । हाम्रो जिम्मेवारी भनेकै नीतिको कार्यान्वयन गर्नु थियो । त्यसैले, मलेशियाले लोभलाग्दो सफलता पाउँदै गयो । सन् १९७० मा एउटा पनि निर्यातमुखी कम्पनी नभएको मुलुक सन् १९८० मा आइपुग्दा विश्वकै ठूलो माइक्रोचिप्स निर्यात गर्नेमा दरियो । त्यस्तै, विद्युतीय सामग्रीको उत्पादन पनि बढ्दै गयो । त्यस अघिसम्म मलेशिया संसारकै ठूला रबर उत्पादक मुलुकमध्ये एक थियो । तर, हामी रबरका सामान बनाउँदैनथ्यौं । हामी यूरोपमा रबर निर्यात गथ्र्यौं र तयारी सामान किन्थ्यौं । सन् ८० कै दशकमा रबरका सामग्री निर्यात गर्न थालिसकेका थियौं । त्यसबेलासम्म हामीले १ लाख ५० हजारभन्दा बढी रोजगारी सृजना गरिसकेका थियौं । त्यसैलाई हामी ‘मलेशियन मिराकल’ भन्छौं ।

आशाको त्रिभुज
यस्तो कसरी सम्भव भयो ? त्यस्तो सफलताको मुख्य तत्व ‘आशाको त्रिभुज’ हो । यसका तीन आयाम छन् : राजनीतिक इच्छाशक्ति, कर्मचारी प्रशासनको कुशलता र निजीक्षेत्रको गतिशीलता । यी तीनै तत्वको मेलबाट मात्र त्यस्तो वातावरण सृजना गरी लगानीकर्तामा आशाको सञ्चार गर्न सकिन्छ । मैले संसारका धेरै सरकारसँग काम गरिसकेको छु । त्यो अनुभवको आधारमा म के भन्न सक्छु भने, ती तीन आयाममध्ये एउटामात्रै पनि भएन भने जुनसुकै मुलुक असफल हुन्छ । ती तीन आयाममा पनि राजनीतिक इच्छाशक्ति मुख्य हो । त्यसका लागि भिजनसहितको नेतृत्व चाहिन्छ । तर, कहिलेकाहीँ राजनीतिक इच्छाशक्ति बलियो भए पनि कर्मचारीतन्त्र निकम्मा र भ्रष्टाचारले ग्रस्त छ भने असल नेतृत्व पनि असफल हुन्छ । के उद्योगी–व्यवसायीले कर्मचारीतन्त्रबाट मित्रवत् व्यवहार पाएका छन्, के कर्मचारीतन्त्रले व्यवसाय अभिवृद्धिमा सहयोगीको भूमिका निर्वाह गरेको छ, या व्यवसायीहरू कर्मचारीतन्त्रसँग सङ्घर्ष गर्नुपरिरहेको छ, यस्ता कुराले लगानीमा प्रत्यक्ष असर पार्छन् ।

अफ्रिकी अर्थतन्त्रलगायत विभिन्न विकासशील मुलुकको अध्ययनपछि मलाई के लागेको छ भने धेरै देशमा निजीक्षेत्र आफ्नै सङ्घर्ष र बलबुताले अगाडि बढेको छ । उनीहरूलाई निकै कममात्र सरकारी सहयोग उपलब्ध छ । ती मुलुकमा ‘आशाको त्रिभुज’ निर्माण गर्नु ठूलो चुनौती बनेको छ । मैले जाम्बियाका राष्ट्रपतिसँगको भेटमा ‘आशाको त्रिभुज’ले राष्ट्रलाई नै आशावादी बनाउने बताएको थिएँ ।

लगानी वातावरण
लगानीको प्रवद्र्धन एकैपटकमा सम्पन्न हुने कार्य होइन । यो त निरन्तर चलिरहने प्रक्रिया हो । भाषण तथा गोष्ठी, विज्ञापन, रिसेप्शन तथा कक्टेल डिनर, महोत्सवमा सहभागिता आदिले लगानी भित्रिने होइन । धेरै मन्त्री तथा उच्चपदस्थ सरकारी पदाधिकारी त्यसैबाट लगानी आउँछ भन्ने भ्रममा छन् । त्यसका लागि चारओटा आधारभूत कुरा मुलुकमा उपस्थित हुन जरुरी छ । त्यसमध्ये पहिलो लगानीको वातावरण हो । यसका दुई पक्ष छन् : समग्र र क्षेत्रगत । समग्र वातावरणमा राजनीतिक स्थिरता सबैभन्दा महत्वपूर्ण छ । यो निकै संवेदनशील विषय हो किनकि, राजनीतिक स्थिरता व्यवसायी वा अर्थशास्त्रीले चाहेर आउने होइन । यसका लागि राजनीतिक दलहरू गम्भीर हुनुपर्छ । व्यवसायीका लागि त प्रजातन्त्र, राजतन्त्रजस्ता शासन व्यवस्था होइन, लगानी गर्ने तथा प्रतिफल पाउने स्वतन्त्रता महत्वपूर्ण हुन्छ । तर, रोजगारी सृजना गरी मुलुकलाई अस्थिर हुनबाट जोगाउन भने उद्योगी–व्यवसायीले उल्लेख्य योगदान दिएका हुन्छन् । साथै, विदेशी विनिमय नियन्त्रण, आप्रवासनलगायत सबैलाई प्रभाव पार्ने तत्व पनि समग्र वातावरणमै आउँछन् । क्षेत्रगत वातावरणमा लगानीका क्षेत्र पर्दछन्, जुन उत्पादन विशेष पनि हुन सक्छ । उदाहरणका लागि कृषि एउटा क्षेत्र हो भने आँप वा उखु उत्पादन विशेष हो । म्यानुफ्याक्चरिङ, ऊर्जा अन्य उदाहरण हुन् । जबसम्म समग्र वातावरण राम्रो बन्दैन, तबसम्म क्षेत्रगत लगानीमा पनि कुनै सुधार हुँदैन ।

तुलनात्मक होइन प्रतिस्पर्धात्मक लाभ
लगानी प्रवद्र्धनको दोस्रो चरणमा उपयुक्त परियोजनाको पहिचान गरिन्छ । आफ्नो मुलुकका लागि आवश्यक र सान्दर्भिक उद्योग तथा परियोजना के हुन्, त्यसको निक्र्योल गर्नुपर्छ । भारतमा कुन उद्योग राम्रो छ वा अन्य मुलुकले कुन क्षेत्रमा प्रगति गरेका छन्, त्यो कुरा बिर्सनुहोस् । आफ्नो अवस्था, उपलब्ध कच्चापदार्थ र जनशक्तिको विश्लेषण गरी निर्णय लिनुहोस् । यहाँ धेरैले तुलनात्मक लाभको कुरा गरेको मैले सुनेँ । उनीहरूका अनुसार पर्यटन, स्वास्थ्यजस्ता विषयमा नेपाल तुलनात्मक लाभको अवस्थामा छ । तर, म के भन्छु भने प्रगतिको सूत्र ‘तुलनात्मक लाभ’ नभई ‘प्रतिस्पर्धात्मक लाभ’ हो । धेरैलाई यी दुवै उस्तैउस्तै लाग्न सक्छ । तर, यी दुईमा ठूलो भिन्नता छ । मलेशियाकै उदाहरण लिऊँ, सन् १९६७ मा मलेशिया संसारकै ठूलो रबर उत्पादक थियो । तर, रबर बूटको सबैभन्दा ठूलो निर्यातकर्ता नर्वेस्थित भाइकिङ फूटवेयर नामक कम्पनी थियो भने रबर ‘स्विमिङ क्याप’ उत्पादन र निर्यातमा न्यूजिल्याण्ड अग्रस्थानमा थियो । एउटा पनि रबर प्लाण्ट नभएका र मलेशियाबाट हजारौं किलोमिटर टाढाका ती मुलुक कसरी विश्वकै ठूला रबरजन्य उत्पादन निर्यातकर्ता बने ? त्यसको पछाडि एउटै कारण थियो– प्रतिस्पर्धात्मक लाभ । कम लागत, कुशल उत्पादन प्रणालीजस्ता विषयमा उनीहरू दक्ष थिए । त्यसैले, उनीहरू हाम्रो रबरबाट बूट बनाएर हामीलाई नै बेच्न सफल भएका थिए । सन् १९८० मा नर्वेको भाइकिङ र न्यूजिल्याण्डको स्विमिङ क्याप निर्माता कम्पनी त्यहाँका प्लाण्ट बन्द गरेर मलेशिया आए । त्यसपछि मलेशिया रबर बूट र स्विमिङ क्यापको विश्वकै ठूलो निर्यातकर्ता बन्यो ।

रमाइलो कुरा त के छ भने, १ सय वर्षअघिसम्म मलेशियामा रबर र पाम आयल दुवै थिएनन् । त्यहाँ रबर ब्राजिलबाट र पाम अफ्रिकाबाट आएको हो । अब हेर्नुहोस् त, मलेशियाको प्रगतिको पछाडि परम्परागत उद्योग नै छैन । हाम्रा परम्परागत उत्पादन त नरिवल र धान थिए । त्यसैले, मेरो अभिप्राय यो हाम्रो परम्परा हो, यसलाई छोड्नुहुन्न भनेर त्यसैमा टाँसिएर नबस्नुहोस् । प्रतिस्पर्धात्मक लाभ भएका उत्पादनतर्फ ध्यान लगाउनुहोस् भन्ने हो । किनकि, परम्परागत उत्पादनको मूल्य घटिरहेको हुन्छ । अझ अन्तरराष्ट्रिय बजारमा सस्तोमा गइरहेका वस्तु त उत्पादन नै नगर्नुहोस् । कुन कृषि उपजको उत्पादन घटेको र मूल्य बढेको छ, त्यसको अध्ययन गर्नुहोस् र त्यसको यहाँ उत्पादनको सम्भावना खोज्नुहोस् । परम्परागत उत्पादनमा भर परेको भए मलेशिया अहिले पनि नरिवलमात्र उत्पादन गरिरहेको हुने थियो ।

जब लगानीको वातावरणमा सुधार ल्याई परियोजनाको पहिचान हुन्छ, तबमात्र लगानी प्रवद्र्धनको कुरो आउँछ । त्यसैले, प्रवद्र्धन तेस्रो तत्व हो । अब रह्यो, सबैभन्दा महत्वपूर्ण चौथो तत्व परियोजना कार्यान्वयन । सयौं योजनाको गफ नगर्नुहोस् । कुनै मुलुकले एक वर्षमा कति योजनालाई स्वीकृति दियो, त्यो महत्वपूर्ण होइन । महत्वपूर्ण त कार्यान्वयनमा कति गए भन्ने हो । तपाईंले जति छिटो परियोजनालाई स्वीकृति दिन सक्नुहुन्छ, त्यति छिटो रोजगारी सृजना हुन्छ । त्यसैले, कार्यान्वयन गर्न सकिने खालका परियोजनामात्र स्वीकृत गर्नुपर्छ ।

जेजे फर्मुला
औद्योगिक विकास तथा आर्थिक वृद्धिका लागि मैले आफ्नै फर्मुलाको विकास गरेको छु, ‘ई+सीफोर+ओ≠पी’ । यहाँ ‘पी’ भनेको ‘प्रोब्लम’ (समस्या) होइन ‘प्रफिट’ (नाफा) हुनुपर्छ भन्ने हो । नाफालाई शङ्कालु दृष्टिले हेर्नु गलत हो । कुनै पनि उद्यमी–व्यवसायीले नाफाका लागि नै लगानी गरेको हुन्छ भन्ने बिर्सनु हुँदैन । उसको नाफा बढ्दै जाँदा त्यसको लाभ सरकार, समाज र कर्मचारीले पनि पाउँछन् । ती व्यवसायीले तिरेको करबाटै त हो सरकारले अस्पताल, बाटोघाटो, विद्यालय आदि बनाउने ।

‘ई’ भनेको ‘एन्भायरोन्मेण्ट’ अर्थात् वातावरण हो । त्यसपछि चारओटा ‘सी’ छन् : लागत (कष्ट), सहजता (कन्भिनियन्स), पूर्वाधार र सरकारको क्षमता (क्यापाबिलिटी) र सहुलियत (क्यारोट्स) । ‘ओ’ को अर्थ अवसर (अपच्र्युनिटी) हो । यहाँ सरकारको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । उसले आफ्नो मुलुुकमा उपलब्ध अवसरको मार्केटिङ गर्न सक्नुपर्छ । तर, चारै ‘सी’ ठीक भएको समाजमा लगानी वातावरण राम्रो भएको मानिन्छ । विकासशील मुलुकमा व्यवसायीको हातगोडा फलामका बेडी बाँधेर उनीहरूलाई दौडिन भनिएको छ । तर, विकसित मुलुकमा व्यवसायीका हातगोडा स्वतन्त्र छन् । कतिपय अवस्थामा सरकारले हातको बेडीमात्र खोलेर ‘लौ मैले तिमीहरूलाई ‘इन्सेन्टिभ’ दिएको छु, खै त दौडेको ?, भन्छ । त्यसैले विकासशील मुलुकका सरकारलाई म व्यवसायमैत्री रणनीतिक कार्ययोजना बनाउन सल्लाह दिन्छु । तर, त्यसको कार्यान्वयनका लागि बलियो इच्छाशक्ति हुनुपर्छ । आशावादी र सहयोगी कर्मचारी प्रशासन हुनुपर्छ । व्यवसायको लागत कम हुनुपर्छ । र, सरकारी सेवामा कुशलता हुनुपर्छ । उदीयमान पूर्वी एशियाली अर्थतन्त्रले यही बाटोबाट प्रगति गरिरहेका छन् ।

लगानी बोर्ड
लगानी बोर्डले विदेशी लगानी भित्र्याउन सहयोग गर्छ । तर, धेरैले के बुझेका छैनन् भने लगानी बोर्ड त देखिने अङ्गमात्र हो । त्यसका पछाडि श्रम, कच्चापदार्थ, कर्मचारी, यातायात तथा ढुवानीको अवस्था पनि राम्रो हुनुपर्छ । नीति ठीक हुनुपर्छ । प्रधानमन्त्री नीति कार्यान्वयनको ‘रबिनहुड’ हो । त्यसैले, सबैको सहयोग भएमा मात्र लगानी बोर्डले प्रभावकारी रूपमा काम गर्न सक्छ ।  

मोदनाथ ढकाल

सफतलाको कथा: माटोमा खेल्दा खेल्दै करोडपति

वीरेन्द्र केसी

अर्घाखाँची - उमेरले ४५ वर्ष पुगेका किमडाँडाका पुष्करनाथ बञ्जाडे जिल्लाकै नमुना कृषक हुन । सामान्य परिवारका जन्मेका उनले २०३९ सालमा एसएलसी उतीर्ण गरेपछि सरकारी निकायमा स्थायी जागिर खाने अवसर पाउँदा पनि जागिर तिर ईच्छा जागेन । महिना पुगेपछि पाईने तलबको जागिर सबैभन्दा टाउको दुखाई बन्यो । जागिर भन्दा उत्पादन मुलक अर्को पेशा गर्ने सोच बनाए । जागिर भन्दा व्यवसायतिर लाग्ने क्रममा प्युठानमा टरवाईन पानीबाट अन्न पिस्नें मिल किनेर काम गर्न शुरु गरे । त्यहाँबाट धान कुटेर अर्घाखाँचीका बजार र गाउँलेलाई चामल ल्याएर बिक्री गरे । केही वर्षपछि सोच अर्कै बनाए ।


- अर्घाखाँची किमडाँडाका कृषक पुष्करनाथ बञ्जाडे खुर्सानी बारी देखाउँदै । भिरालो पाखो बारीमा चार रोपानीमा खुसा्रनी सहित करिब १५ रोपनी बारीमा तरकारी खेती गरेका छन । अन्न खेती गर्न छाडेर व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन । उनले गरेको देखासिकीबाट िसंगो गाउँ नै तरकारी खेतीमा लागेको छ ।

शुरुमा एक सय रुपैयाको लगानीबाट तरकारी खेतीको शुरुवात गरेका उनले अहिले १ करोड रुपैयाँ भन्दा बढीको मालिक बन्न सफलता मिलेको छ । किमडाँडाको पाखोबारीमा अहिले मौसमी तथा बेमौसमी तरकारी बाह्रैमास उत्पादन भैरहेका छन । शुरुमा तरकारी खेती गर्दा अन्न नहुने यस्ता बारीमा तरकारी खेती गर्छु भन्नु बुद्धि बिग्रेको मान्छे भनेर ईष्या गर्थे गाउँलेले तर तरकारीबाट चमत्कार नै भएपछि तीनै गाउँलेले पुष्कारनाथको देखासिकी गरेर आफुहरुले पनि तरकारी खेतीलाई मुख्या पेशा बनाएका छन । बञ्जाडे भन्छन गरेपछि जे काममा पनि सफलता मिल्छ निरन्तरता काम गरिरहनुपर्छ । वर्षादको बेला उनले उत्पादन गरेको तरकारी दुई वर्ष अघि भारतको दिल्लीसम्म पुगेको थियो । अत्यन्तै दुःख गरेर उत्पादन गरेको तरकारी दिल्लीसम्म पुग्दा त्यसबेला मलाई सबैभन्दा खुसीको गर्व भयो, उनले भने वर्षादको तरकारी तयसमा पनि पहाडको तरकारी पोषिलो र स्वादिलो मान्दै सीमा नाकाका ब्यापारी घरमै आए र त्यो तरकारी दिल्लली पुग्यो । अहिले २० रोपनी बारीमा घिरौला सिमी बोडी लौका तोराय खुसा्रनी काक्रो तनेबोडी सिम्लामिर्चा लगायत एक दर्जन भन्दा बढी लहरेबाली तरकारीहरु उत्पादन भैरहेका छन । उनले दैनिक ५ देखि ८ हजार रुपैयाँको तरकारी सन्धिखर्क बजारमा बिक्री भएको बताउँछन । उक्त जग्गामा अन्न खेती गर्न १० वर्षदेखि छाडेका छन । दुई वर्ष देखि दुईवटा जर्सी गाई समेत पालेका छन । १६ लिटरसम्म दुध दिने जर्सी गाईमा भन्दा तरकारीबाट बढी आम्दानी हुने उनी बताउँछन ।


- अर्घाखाँची किमडाँडाका कृषक पुष्करनाथ बञ्जाडे र उनकी श्रीमती गोभीका विरुवामा झार गोडदै । बारीमा गोभी लगाउन करिब १२ सय जति विरुवा उत्पादन गरेका छन । वर्षाको सिजनमा उत्पादन गरेको तरकारी महंगोमा बिक्री हुने गर्छ । उनले आफनो १५ रोपनी बारीमा अन्न खेती गर्न छाडेर मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा पाँच लाख रुपैयाँ जति आम्दानी गरेका छन । उनले गरेको देखासिकीबाट िसंगो गाउँमा तरकारी उत्पादन भैरहेको छ ।

तरकारीबाट वर्षमा ६ लाख रुपैयाँ सजिलै कमाएपछि सन्धिखर्कमा हालै तीन तले घर बनाएका छन । ५० लाख रुपैयाँ भन्दा बढीका घर र घडेरी जोडिसकेका छन । उनका एक छोराले दिल्लीमा सीए पढदै छन । यीनै भिराका बारीमा माटोसँग लडेर करोडपति बन्ने सपना उनले बुनेका छन । चार वर्षयता पुरै बारीमा अर्गानिक तरकारी उत्पादन गरेका छन । गाईभैसीको गोबरमल भन्दा पिसाब सबैभन्दा उत्तम भएको पत्ता लगाएपछि तरकारी खेती दोब्बर उत्पादन भएको छ । पशुको पिसाब संकलन गर्न करिब १० हजार लिटरको टयाकी बनाएर संकलन गर्ने र तरकारीका बोटमै बेलाबेलमा राखेपछि रासायनिक र गोबर मलको आवश्यक्ता पर्दैन उनले भने यसबाट पुरै बारीमा अर्गानिक तरकारी उत्पादन भैरहेको छ । जुन स्वास्थयको लागि पनि होनी हानिकारक हुदैन । तरकारीको लागि सिचाईको पनि साह्रै समस्या छ । वर्षामा आकाशेपनि संकलन गर्न १ लाख लिटरको आकाशे पानी संकलन गर्ने पोखरी ४० हजार लिटरको टयाकी बनाएका छन । त्यहिबाट सिचाई गर्छन । दैनिक ८० लिटर भन्दा बढी गाईभैसीको पिसाब टयाकीमा संकलन हुन्छ, उनले भने त्यसपछि खेतबारीमा राखेपछि दोब्बर उब्जनी हुन्छ । सरकारले रासायनिक मलको सटा खेर गएको पिसाब संकलन र कम्पोष्ट मल प्रयोग गर्न अभियान संचालन गरे दोब्बर खाद्यान उत्पादन हुने थियो । १ उनी अहिले िसंगो जिल्लालाई नै कृषि जिल्ला भनेर चिनाउने अभियानमा लागेका छन । गाउँबाट रोजगारीको लागि विदेश जाने युवाहरुलाई तरकारी र जर्सी गाई पाल्न सुझाव दिएर धेरै यतातिर तानिएका छन । युवाहरु विदेशमा गएर जस्तो कठोर काम पनि गर्न पछि पर्दैनन, उनले भने तर आफनै स्वदेशमा काम गर्न हिच्किचाउँछन ।

जिल्लामा तरकारी र दुध मासुका लागि खसी बोकाको अत्यधिक माग भएकाले व्यवसायिक रुपमा लगे यहि माटोमै लाखौ रुपैयाँ कमाउन सकिने बताउँछन । अहिले किमडाँडाका ३ सय भन्दा बढी कृषकले तरकारी खेतीबाट लाखौं रुपैयाँ कमाएका छन भने १ सय ५० कृषकले दुई सय जति गाई पालेर समान्य कृषकले पनि माहिनामा १५ हजार देखि २५ हजार रुपैयाँसम्म आम्दानी गरेकोमा सबैभन्दा खुसी लागेको बञ्जाडे बताउँछन । एउटैले खेती गर्दा बिक्रीको लागि समस्या हुने भएकाले धेरैलाई यतातिर आकर्षित गरें । खानेपानीको अभावले गाउँलेहरु घर छाडदै गरेको अवस्थामा आकाशे पानी संकलन गरेर पनि जिल्लामै पहिलो पटक प्लाष्टिक पोखरी निमर्ँण गरेर खेती गर्न सकिने उदाहरण हो यो उनले भने हात धोएको कपडा धोएको झाडा माझेको पानी नोक्सान हुन दिदैनौं । यस गाउँमा खानेपानी ल्याउने स्रोतहरु भएपनि सरकारी क्षेत्रबाट भएको वेवस्ताले गर्दा खेती गर्न जागरुक भएका किसानहरुमा निराशा छाएको छ ।


- अर्घाखाँची किमडाँडाका कृषक पुष्करनाथ बञ्जाडे र उनकी श्रीमती गोभीका विरुवामा झार गोडदै ।

जिल्ला कृषि विकास कार्यालयबाट उनी धेरै पटक पुरस्कृत भएका छन । कृषि कार्यलयले उनलाई जिल्लाकै नमुना कृषक भनि घोषणा गरेको छ । उनी विगत स्मरण गर्दै भने म जागिरमै रहेको भए तलवले घरखर्च टार्नु बाहेक अरु केही हुने थिएन । तर माटोमै खेल्दा मेरो र गाउँलेको जीवनमा ठुलै परिवर्तन भएको छ यसमा मलाई असाध्यै खुसी लागेको छ । सरकारले कृषि क्षेत्रलाई वेवस्ता गर्दा नेपालमा धेरै उत्पादन मुलक संभावनाहरु भएपनि ती ओझेलमा परेको बताए ।
सरकारले नेपालमा के के उत्पादन हुन्छ विदेशबाट हाम्रो देशमा दैनिक अत्यावश्यक खाद्यान तरकारी फलफुल कति भित्रिन्छ भन्ने सर्वेक्षण गरेर लागु गरे विश्वमै नेपाल कृषिमा धनी देश बन्न सक्छ तर नेताहरुको ध्यान कुर्ची र पैसा मोह भएकाले कृषकलाई निसाशा छाएको दुखेसो पोखे । उनकै देखासिकीबाट किमडाँडाबाट वर्षमा झण्डै १ करोड रुपैयाँ तरकारी बाट भित्रिन्छ भने दैनिक १२ सय लिटर जर्सी गाईको दुध सन्धिखर्कका चारवटा डेरीमा बिक्री भैरहेको छ । गाईको दुधभन्दा पनि महत्वपुर्ण तरकारीको लागि पिसाब भएको छ ।

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति
Read more at http://www.merokhabar.net/story/%E0%A4%9C%E0%A5%80%E0%A4%B5%E0%A4%A8%E0%A4%AE%E0%A4%BE-%E0%A4%B8%E0%A4%AB%E0%A4%B2-%E0%A4%AC%E0%A4%A8%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%87-%E0%A4%9A%E0%A4%BE%E0%A4%A3%E0%A4%95%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8B-%E0%A4%AF%E0%A5%80-%E0%A5%A7%E0%A5%A6-%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF#HM3bhrsAQX6AVL02.99

चाणक्य नीति १ः           आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि बताउँदैन ।आफूले सोचेको कुरालाई पुरा गर्नको लागि ढृढ रहनुहोस्, तपाईंको जीत अवश्य हुनेछ ।
चाणक्स नीति २ः             शिक्षा सबैभन्दा राम्रो मित्र हो । एक शिक्षित व्यक्तिले हरेक ठाउँमा सम्मान पाउँछन् । शिक्षाले सौन्दर्य र यौवनलाई परास्त गर्ने गर्दछ ।
चाणक्स नीति ३:             मूर्खता जस्तै यौवन पनि दुखदायी हुने गर्दछ किनभने जवान हुँदा व्यक्तिले कामवासनाको आवेगमा कुनै पनि मूर्खतापूर्ण काम गर्न सक्छ । तर योभन्दा पनि अधिक कष्टप्रद भनेको अरु व्यक्तिमा आश्रित हुनु हो ।
चाणक्य नीति ४ः            यदि सर्प विषालु छैन भने पनि उसले आफूलाई विषालु देखाउन आवश्यक छ ।
चाणक्य नीति ५ः            ती आमाबुवा बच्चाहरुको लागि शत्रुजस्तै हुन्छन् जसले आफ्ना बच्चालाई राम्रो शिक्षादिक्षा दिएका हुँदैनन् । किनभने अनपढहरुको विद्वानको समूहमा निकै बेइज्जत हुने गर्दछ ।
चाणक्य नीति ६:            चाणक्यका अनुसार नदीको किनारामा रोपिएको जीवन अनिश्चित हुन्छ किनभने नदीमा आएको बाढीले किनारामा रहेको रुख उजाडिदिन्छ । यस्तै प्रकार अरुको घरमा बस्ने स्त्री पनि कुनै समय पतनको मार्गमा जान सक्छिन् । यस्तै, जुन राजासँग राम्रो सल्लाह दिने मन्त्री छैनन्, ती राजा धेरै समयसम्म सुरक्षित हुन सक्दैनन् । यसमा कुनै शंका छैन ।
चाणक्य नीति ७ः            जुन प्रकार यौनकर्मी सम्पत्ति सिद्धिएपछि परपुरुषको मुख पनि हेर्दिनन् त्यसरी नै जब राजा शक्तिहिन हुन्छन् तब प्रजाले उनको साथ छोडिदिन्छन् । यस्तै प्रकारले रुखमा बस्ने पंक्षी पनि त्यतिबेलासम्म मात्र त्यहाँ बास बस्ने गर्दछ जबसम्म त्यसले उक्त रुखबाट फल प्राप्त गर्छ । अतिथीलाई जब पुरा स्वागत सत्कार गरिन्छ भने उसले पनि त्यो घर छोडिदिन्छ ।
चाणक्य नीति ८:             जुन प्रकारले पत्नी वियोगको दुख, आफ्नो भाइ–नातागोताले प्राप्त गर्ने अपमानको दुख असह्य हुन्छ, त्यसरी नै ऋणले दबिएको व्यक्ति हरेक समय दुखी नै रहन्छ । दुष्ट राजाको सेवाका लागि बस्ने नोकर पनि दुखी नै रहन्छ ।
चाणक्य नीति ९ः             जो व्यक्तिको छोरा उसको नियन्त्रणमा बस्ने गर्दछ, श्रीमती उनको आज्ञा अनुसार व्यवहार गर्दछिन् र जो व्यक्ति आफूले कमाएको धनमा पूर्ण सन्तुष्ट हुन्छन् भने यस्ता व्यक्तिहरुका लागि संसार एक स्वर्गजस्तै हुन्छ ।

चाणक्य नीति १०ः            खानाको लागि मिठो पदार्थ उपलब्ध हुनु, त्यसलाई पचाउने शक्ति हुनु, सुन्दर महिलासँग संसर्गको लागि कामशक्ति हुनु, प्रचुर धनका साथै धन दिने इच्छा हुनु, यी सबै सुख मानिसका लागि निकै कठिन रुपमा प्राप्त हुन्छ ।

एक अमेरिकी, जसको हृदयमा ‘नेपाल’ छ

संसारमा थुप्रै मानिसहरु जन्मन्छन् । व्यक्ति जन्मने विषयलाई गौण मन्ने हो भने धेरैको जीवन असफल हुन्छ । थोरैको मात्र सफल र अपेक्षाकृत । जीवनमा संघर्ष गरेर पाएको सफलताको मूल्यलाई अन्य कुनै कृतिम वस्तुले जित्न सक्दैन होला सायद् । ‘इमान्दारिता’ र ‘लगनशिलता’ ती दुई शब्द हुन् जसले व्यक्तिलाई सफल बनाउँछ । सफलताले सहयोगको भावना विकास गराउँछ । गाउँ, समाज र राष्ट्रमा सफल व्यक्तिहरुको योगदान थुप्रै हुन्छ । तर एक व्यक्ति छन् जो आफ्नो देशभन्दा धेरै टाढाको देशमा सहयोगका हातहरु बढाउँन चाहन्छन् । आफ्नो मातृभुमिभन्दा बढी माया त्यो भूमिलाई गर्छन् जहाँ प्रकृतिको जन्म भएको हो । ति व्यक्ति हुन् अमेरिकी नागरिक माइकल कोबोल्ड ।

Kobold 3
कोबोल्डका हरेक अनुभूति भावनात्मक छन् । हरेक पाइला पाइलामा संघर्ष, प्रयास र निरन्तरता देखिन्छ । विश्वको चर्चित ‘कोबोल्ड’ घडी कम्पनीका मालिक माइकल कोबोल्ड नेपालको प्राकृतिक सुन्दरता र यहाँका मानिससँगको भावनात्मक सम्बन्धकै कारण प्रत्येक वर्ष नेपाल आउँछन् । सन् २००८ मा कोबोल्ड पहिलो पटक नेपाल आएका थिए । नेपालको भूमिमा हवाइजहाज प्रवेश गर्दैगर्दा देखिएको दृष्यले उनको मन दंग भएको थियो । सगरमाथा चढ्ने तयारी गरिरहेका एक मित्रलाई बधाई दिनका लागि मात्र उनी पहिलोपटक नेपाल आएका थिए । राजधानी सहर काठमाण्डौमा अवतरण गर्दैदेखि यहाँको प्राकृतिक सुन्दरताले उनलाई मोहित गराएको थियो ।
काठमाण्डौ अवतरण पछि सगरमाथाको ‘बेस क्याम्प’सम्म पुगेर साथीलाई भेट्नु थियो । पहिलो पटकको यात्रामा उनले धेरै लामो समय विताउन पाएका थिएनन् । ‘बेस क्याम्प’ पुगेर तुरुन्त स्वदेश फर्कनुपर्ने बाध्यता थियो । प्रेमिप्रमिकाबीच पहिलो भेटमा मायाप्रिति बसेजस्तै पहिलो आगमनमै नेपालप्रति उनी आकर्षित त भए तर समयको अभाव थियो । धेरै ठाउँहरु घुम्ने रहरलाई लत्याउँदै उनी अमेरिका फकिएका थिए । एक वर्ष कुर्नु परेन उनी दोस्रोपटक नेपाल आउन । सन् २००९ मा दोस्रोपटक नेपाल आए र राजधानीका सबै ठाउँ घुमे । संसारको शिखर सगरमाथा पनि चढे । ‘सगरमाथाको चुचुरोमा छँदा मलाई खुसी होइन एक प्रकारको अचम्म लागि रहेको थियो’ उनी भन्छन्, ‘त्यति अग्लो शिखर चढ्छु भन्ने सोच नै थिएन ।’

Kobold
दोस्रो पटकको उनको सगरमाथा आरोहण केही फिल्मी शैलिको थियो । कारण उनले श्रीमतीलाई सगरमाथा आरोहण गराउन ल्याएका थिए । अघिल्लोपटक भन्दा केही जटिल थियो यात्रा । कोबोल्ड दम्पत्तीले आरोहण सफलतापूर्वक गरे पनि फर्कने क्रममा श्रीमती अन्तिम अवस्थामा पुगिन् । अक्सिजनको कमिका कारण । उनमा आशा हटिसकेको थियो । ‘श्रीमतीको निलो शरीर अन्तिम पटक हेर्दैछु जस्तो अनुभूति भएको थियो ।’ उनी भन्छन्, ‘शेर्पा दाईहरुले बचाए ।’ यसरी शेर्पाहरुले गरेको सहयोगप्रति कृतज्ञता जनाउँदै दुई शेर्पालाई अमेरिका लगे उनले । नाम्गेल शेर्पा र थुन्डु शेर्पा । अमेरिकामा रहेको आफ्नै घडी बनाउने कम्पनीमा उनीहरुलाई तालिम दिलाए । निरन्तर दुईवर्षसम्म प्रशिक्षण दिएर दक्ष बनाए । यसरी शेर्पाहरुलाई तालिम दिनुको मुख्य कारण नेपालमा घडी कम्पनीको शाखा खोल्नु थियो । व्यवसायलाई विस्तार गर्नु थियो । तर त्यो भन्दा मुख्य विषय श्रीमतीको जीवन फिर्ता ल्याउने ती शेर्पा दाजुहरुलाई जोखीमपूर्ण कामबाट हटाई सीप सिकाएर अन्यत्र सार्नु थियो । दक्ष बनाउनु थियो ।

Kobold Climbing Mt Everest.
मार्च २६, २०१२ मा उनले हिमालय एभरेस्ट संस्करण घडीको उद्घाटन गरे । जसको निर्माण सगरमाथाका पत्थरहरुबाट हुने गर्छ । अमेरिकामा रहेको उनको मुख्य घडी कम्पनीको शाखा उद्घाटन गर्ने क्रममा सबै ठुला कम्पनीका मालिकहरुदेखि नेताहरुसम्मको सहभागिता भयो । सबैले सम्बोधन गरे । यहि प्रसंगलाई जोड्दै उनी भन्छन, ‘यहाँको सबै युवा पुस्ता जो विदेश पलायन हुन्छन, उनीहरु सबैलाई यहीँ नै मौका छ ।’ उनका अनुशार नेपालमा सबै काम सम्भव छ । ‘नेपाल धेरै सुन्दर देश हो र त्यो भन्दा पनि याहाँका मानिसहरुको भावना सुन्दर ।’ नेपालको प्राकृतिक सुन्दरताले मोहित भएका उनी थप व्याख्या गर्छन्, ‘यहाँ सबै कुरा सम्भव छ । तर परिस्थिति भने जटिल देख्छु ।’

Kobold With two watch.
कोबोल्ड फरक विषयमा रुची राख्छन् । उनी आफ्ना दुवै हातमा घडी लगाउँछन् । अर्थशास्त्रका विद्यार्थी कोबोल्डलाई हिसाबमा भने खासै रुचि थिएन । कलाकारितामा रुची राख्ने उनी संसारलाई उदाहरणीय काम गरेर देखाउन चाहन्थे । तर सोचेजस्तो सहज कहाँ थियो र । स्वयम्को जीवन जटिल थियो । कठिनाईहरु थिए । माइकल कोबोल्डको जीवन कथा उनको विद्यालय शिक्षाबाट सुरु हुन्छ । विद्यालय अध्ययनकै क्रममा बजार घुम्न जाँदा उनलाई सजाएर बेच्न राखिएको घडी मन पर्यो । परिवारका सदस्यहरुलाई घडी किनिदिन आग्रह गर्दा धेरै महंगो भएको र किन्न नसक्ने जवाफ पाए । उनको मन खिन्न भयो । तर नयाँ अठोट उनमा आयो । मूल्यकै कारण किन्न नसकेको घडी आफैंले बनाउने हो भने सस्तो पर्ने उनले सोचे । त्यसैमा समय खर्चन थाले ।

उच्च शिक्षा अध्ययन गर्दा कक्षामा दिइने प्रयोगात्मक विषयहरुमा उनी घडी रोज्थे । त्यसबारे अध्ययन गर्थे । खोज गर्थे । त्यसै शिलशिलामा उनी एक घडी उत्पादन गर्ने कम्पनीमा इन्ट्रनसीप गर्न पुग्छन् । त्यहाँ केहि समय काम गर्छन् । सानैदेखि नै घडीले कसरी काम गर्छ भन्ने बारेमा धेरै नै रुची राख्थे उनी । घडीमा प्रयोगहुने प्रविधिबारे जानकारी पाएसँगै उनलाई त्यसबारे थप रुची बढ्न थाल्यो ।

प्रधानमन्त्री पुष्पकमला दाहाल प्रचण्डलाई आफ्नो उत्पादनको विषयमा जानकारी गराउँदै कोबोल्ड ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो उत्पादनको विषयमा जानकारी गराउँदै कोबोल्ड ।
कोबोल्डलाई आफ्नै घडी कम्पनी बनाउने ठूलो रहर थियो । सपनालाई विपनामा सार्थक बनाउन कहाँ सहज हुन्थ्यो र । उनलाई पनि कम्पनी सुरु गर्न भने जति सहज पटक्कै थिएन । आफ्ना बुवासँग कम्पनीबारे कुरा राख्दा सकारात्मक जवाफ पाएका थिएनन् कोबोल्डले । तर उनको संघर्ष जारी नै थियो । विद्यालय पढ्दैदेखि उनले साधारण मिठाइ बेचेर पैसा जम्मा गरेका थिए । गाडी सञ्चालनमा दक्ष कोबोल्डले ड्राइभर कन्स्ट्रक्टर भएर चार वर्षसम्म काम गरे । जसमा उनी अरुलाई सुरक्षा सम्बन्धी तालिम दिन्थे । उच्च शिक्षा अध्ययनकै क्रममा उनले पाँच वर्षसम्म अमेरिकामा रहेको इण्डियनको रेस्टुरेन्टमा काम गरे । परिवारबाट खाजा खान दिएको पैसा बचत गर्थे उनी । काम गरेको पैसा पुरै जोगाउँथे । परिवारलाई जानकारी नदिई विभिन्न कामहरु गर्ने र रकम जम्मा गर्ने उनी गर्दथे । १२ वर्षको उमेरमा सुरुभएको घडी बनाउने सपना १९ वर्षमा पुरा भएको थियो । आफ्नै कम्पनी खोलेका थिए उनले ।

Watch
पटक पटकको असफलता, निरन्तरको अभ्यासले सफल बनेका उनी आज नेपालमा सहयोगका हात बढाउँदैछन् । सन् २००८ देखि निरन्तर नेपाल आइरहेका उनले नेपालीलाई सहयोग गर्ने उद्देश्यसहित २०१५ अप्रिल मा उनले कयगचधबथ ायगलमबतष्यल नामक संस्था स्थापना गरे । जसको मुख्य उद्देश्य भनेको जोखिममा परेका नेपालीहरुलाई सहयोग गर्नु थियो । सहयोगका हातहरु बढाउनु थियो । संस्था स्थापना भएको केहि हप्तामा नवित्दै २०७२ बैशाखमा महाभूकम्प गयो । ठूलो संख्यामा जनधनको क्षति भयो । उनले तत्कालै आफ्ना साथीहरुलाई सहयोग मागे । प्राप्त भएको सहयोग तथा रकम उनले आफ्ना संस्था मार्फत धेरै ठाउँहरुमा राहतको काम गरे ।

Firetruck
यतिबेला उनी नेपालका विभिन्न सहरहरुमा वारुणयन्त्र वितरण गर्ने योजनामा छन् । केही महिना भित्रै उनी नेपालमा विभिन्न कार्यक्रम गर्दैछन् । नेपालमा वारुणयन्त्र सेवाको आवश्यकता अत्याधिक भएको महशुस गर्दै उनले १२ ओटा दमकल विभिन्न सहरहरुमा हस्तान्तरण गर्न लागेका हुन् । उनलाई वारुणयन्त्र हस्तान्तरण गरेर चर्चा कमाउने भन्दा ठूलो सपना नेपालको प्रचारप्रसार गर्ने छ । प्राकृतिक रुपमा सुन्दर देशलाई विश्वमा चिनाउने उनको चाहना छ । जसका लागि वारुणयन्त्र वितरण कार्यक्रममा संसारका विभिन्न चर्चित व्यक्तिहरुलाई उनी नेपाल ल्याउँदैछन् । नेपालबारे जानकारी गराउँदैछन् । विभिन्न ठाउँमा आयोजना गरिने कार्यक्रम र यहाँको सुन्दरतालाई भिडियोमा क्याप्चर गर्दै अन्तर्राष्ट्रिय च्यानलहरुमा देखाउने उनको रहर छ ।

कोबोल्ड त्यस्ता व्यक्ति हुन् जो नेपाललाई छातीमा राखेर हिँड्छन् । यो देशलाई माया गर्छन् । नेपालीलाई माया गर्छन् । यहाँको प्राकृतिक सुन्दरतामा आनन्दित हुन्छन् । स्वर्ग पुगेको अनुभूति गर्छन् । सकारात्मक सोच राखेर संघर्ष गरेमा सफलता पाउन सकिन्छ भन्ने कोबोल्डको एकमात्र चाहना नेपाल आमालाई हँसाउने छ । प्रकृतिसँग लुटुपुटु हुन्छन् उनी । नेपालको विकासमा थोरै भए पनि योगदान दिन चाहन्छन् कोबोल्ड । आफ्नो लागि मात्र सोचेर परिवर्तन सम्भव नरहेको बताउने कोबोल्ड भन्छन्, ‘सबै असम्भवलाई सम्भव बनाउन सकिन्छ । त्यसका लागि मात्र संघर्ष र इमान्दारिताको आवश्यकता पर्छ ।’

प्रस्तुति: एनोश कार्की