‘कुनै पनि काममा सफलता हासिल गर्नुछ भने त्यसको शुरुवात शुन्यदेखि गर्नुपर्छ। शुन्यदेखि राम्रो , राम्रोदेखि झन राम्रोगर्दै त्यो सर्वोत्तमलाई दिगो बनाउन सक्नुपर्छ।’ विचार नै उनको फरक छ । भन्छन्,‘सफल हुन त आफ्नै इनोभेसन र शैली हुनुपर्छ। ’ खाद्यमा बिस्कुटदेखि आइटीमा एप्पलका प्राडक्ट सम्मको समेत व्यापार गर्न उनले भ्याएका छन्। आइटी विजनेशमा अग्रस्थानमै छन् भन्दा पनि फरक नपर्ला । उनी देशबाहिर पनि व्यापार त गर्दैछन् तर त्यो संगसंगै नेपालको प्रचारप्रसार पनि । को हुन् त उनी ? कामप्रति प्रेम र उत्साह हुनुपर्छ तर अहम् हैन् भन्ने धारणा राख्ने उनै इन्नोप्रेनर्स सञ्जय गोल्छा हुन् उनी। मे महिनाको कथा र व्यथा इन्नोप्रेनर्सको सेरिजमा माइक्रोसफ्ट इनोभेसन सेन्टरले सञ्जय गोल्छालाई प्रस्तुत गर्दा, उपस्थित विद्यार्थी तथा दर्शकहरु उनको सरल जिवन र उच्च विचारबाट प्रभावित भए। आइसिटी क्षेत्रका सफल व्यत्तिको कथा र व्यथा सुन्ने र सुनाउने क्रममा सञ्जय गोल्छाको कथा आफैमा प्रेरणादायी थियो। सोहि कथा र व्यथालाई लिभिङ विथ आइसिटीले यसरी प्रस्तुत गर्ने प्रयास गरेको छ।’
नेपालको नेतृत्वदायी बिजनेश कम्पनी गोल्छा अर्गनाइजेसन सायदैले सुन्नुभएको छैन् होला। त्यसकै एक प्रमुख सदस्य हुन् सञ्जय गोल्छा । यो मात्रै कुरा गर्दा उनको परिचमा अन्याय हुन्छ। मोबाइल प्रयोगकर्ताहरु मध्ये कमैले चलाउनुभएन होला नोकियाको सेट ? हो , यहि नोकियाका मोबाइलहरु नेपालमा पहिलोपटक भित्राउने व्यक्ति हुन् गोल्छा। आजसम्म नोकियाको क्रेज नेपालमा उत्तिकै छ। flrmobilesउनले स्थापना गरेको संस्था गोल्छा अर्गनाइजेशनले चामल , चिनी , कागज लगायतका सामग्रीहरुको उद्योगनै सञ्चालन गरेको छ। जापानको दाइहात्सु , सामसुङ टेलिभिजन , नोकिया मोबाइल , बजाज , मोटर्स , एप्पलका कम्प्युटरहरु लगायतका चर्चित प्रडक्ट र कम्पनीहरुको आधिकारिक विक्रेता भएर विभिन्न कम्पनी पनि सञ्चालन गरेको छ गोल्छा अर्गनाइजेशनले।golchha_organizationत्यसैले यसलाई नेपालको पायनियर अर्गनाइजेशन भन्ने गरिन्छ। आइटीका सामग्री विक्री–वितरण गर्ने नियोटेरिक नेपालका प्रबन्ध निर्देशक पनि हुन गोल्छा। न्युटेरिकले ल्यापटप, मोबाइल, प्रोजेक्टर, एन्टिभाइरस लगायतका दर्जन बढि आइटी प्रडक्टहरुको ‘डिष्ट्रीव्युसन’ गर्छ। त्यस्तै नेपालमा आइटी सेवा दिने हेतुले खोलिएको आइटी नेपालका पनि प्रबन्ध निर्देशक उनी नै हुन्। विभिन्न इआरपि प्रडक्ट , सफ्टवेयरको उत्पादन र सेवा लगायतका काम आइटी नेपालले गर्ने गरेको छ । प्रबन्ध निर्देशक गोल्छा भन्छन् ,‘मेरो पहिलो प्रेम नै आइटी हो। ’ १९८४ सालमा कम्प्युटरमा बेसिक प्रोगामिङ सिकेर उनले आइटी क्षेत्रमा आफ्नो प्रवेश जमाएका हुन् । त्यो बेलामा इन्टरनेट सेवा पनि थिएन्। उनी भन्छन् , ‘ सन् १९९५ सालतिरमा टेलिफोन नेट तथा इन्टरनेट आएको हो । ’ नयाँ–नयाँ सफ्टवेयरहरु बनाउने उनको त्यतीबेला देखिकै रहर थियो। beoteric_nepalउनलाई नियाल्नेहरु उनको सफलता र आइटी प्रेमदेखि बडो चकित पनि हुने गरेको पाइन्छ। नहुनु पनि कसरी किनभने इन्टरनेशनल बिजनेशमा न्यु डिल्ली भारतबाट एमबीए गरेका उनले आइटीलाई नै आफ्नो प्रेम मानेका छन्। ‘मार्केटिङ मेरो दोश्रो प्रेम हो ’ लिभिङ विथ आइसिटीसंगको सहकार्यमा माइक्रोसफ्ट इनोभेशन सेन्टर नेपालले प्रत्येक महिना आयोजना गर्ने कथा र व्यथा इन्नोप्रेनर्सको वैशाखको कार्यक्रममा यसरी सुनाए ,‘त्यही प्रेमले गर्दा आज म यँहा सम्म आइसकेको छु। ’ गोल्छाले बिस्कुटको विक्रीवाट व्यापार शुरु गरेको अनुभव कार्यक्रममा सुनाएका थिए। ‘नेपाल अधिराज्यभर घुमे र फेदै देखि नेपालको मार्केटिङको अवस्थालाई अध्ययन गरे’ उनले विगत सम्झिदै भने ‘त्यसैले आज हाम्रो प्रडक्ट स्थापित हुन सफल भएको छ।
‘तपाई आफ्ना सफलताका कथा त सुनाउदै हुनुहुन्छ अब व्यथा पनि सुनाउहोस् न , समस्याहरु आएनन् तपाईको जिवनमा ? कार्यक्रममा प्रश्नहरु यसरी आएपछि उनले माओवादी विद्रोहको समयलाई सम्झिए। त्यतीबेला हिमाली भेगमा निर्यात पनि रोकिएको रहेछ । मजदुर र शक्तिका समस्याहरु पनि नआएका होइन् रहेछन्। ‘म कहिल्यै आत्तिइन ’, उनी भन्छन् ,‘ समस्या छ र त त्यसलाई व्यवस्थापन गरिन्छ। ’ समस्यासंग कहिल्यै भाग्न हुदैन भन्ने उनको तर्क छ। भन्छन् ,‘ यदि सजिलो छैन् भने त्यो नै अवसर हो। जतिबेला नेपालमा मोबाइलको प्रयोग कम थियो, मोबाइलको विषयमा सचेता थिएन त्यतीबेला गोल्छाले नोकिया मोबाइलको विक्री वितरण शुरु गरे नेपालमा। देशभरका ३ हजार बढी पसलहरुमा विक्री वितरण गराए । मोबाइलको प्रयोगको विषयमा सचेतना दिदै पनि हिडे। ‘मोबाइल अब सोख हैन आवश्यकता हो ’, उनी सधै यसो भन्ने गर्थे रे। शुन्यमा रहेको मोबाइलको पहुच केही समयमा ६० प्रतिशतसम्म पुगेको विगत पनि उनले सुनाउन भ्याए। उनले शुरु गरेको व्यपारिक करिअर आज निकै सहज भएको उनको ठहर छ । ‘किनभने आज इन्टरनेटको विकास भएको छ ,पर्सनल कम्प्युटरदेखि ल्यापटपको मुल्य घटेको छ र गतिशिलता, वायरलेस, मोबाइल सबै संगसंगै आइरहेका छन् ’ उनले भने।
व्यपार संगसंगै नेपाललाई विश्वभर चिनाउने पनि लक्ष्य छ गोल्छाको । ‘मार्केटिङ, सफ्टवेयर र व्यवस्थापनबाट नेपाललाई विश्वमा चिनाउन सकिन्छ ’ । उनी भन्छन् ,‘ त्यसैले गोल्छा अर्गनाइजेसन अब त्यसको लागी अघि बढ्दैछ। ‘हाम्रो टार्गेट नेपालमा होइन् अब युरोप र युएसए हो ’ , उनी भन्छन्‘ त्यहा नेपाली प्रडक्ट निर्यात पनि गर्छौ , नेपाल र नेपाली प्रडक्ट त्यहा चिनिने पनि छ। ‘एउटा सफल इन्टरप्रिनियर बन्नु छ भने आफु जे गर्दछौ त्यो संग प्रेममा फस्नुपर्छ किनभने इन्टरप्रिनियर बन्न विभिन्न कठिनाइ र विविधताहरुलाई जित्नुपर्छ’, उनी यसरी सुझाउछन् ,‘ अनिमात्र तिमी त्यो प्रेमप्रतिको समर्पणले विहान ४ बज्ना साथ ओछ्यानवाट उठ्छौ र राती ११ वजेसम्म काम गछौ तर पनि थकित महसुस गर्दैनौ।’
service_centreएउटा सफल व्यवसायी बन्न गोल्छाले विभिन्न चर्चित व्यत्तीका प्रोफाइल पढ्ने गर्थे । भन्छन् , ‘ आइटी व्यवस्थापनका सफल व्यक्ति स्टेफ जोभ्स , मार्क जुकरबर्ग जस्ता व्यक्तिको कथा र व्यथाले मलाई पनि प्रेरित गरायो र यस्तो व्यक्तिका कथालाई खोजीखोजी पढ्ने सल्लाह पनि दिन्छु । ’ सफल व्यवसायी बन्न उनले ४ वटा विषयलाई व्यवस्थापन गर्ने विषयमा सधै ध्यान दिने गरेका रहेछन्।
तिनीहरु के हुन् त ? राउन्ड टेबल नेपालका राष्ट्रिय अध्यक्ष समेत भइसकेका गोल्छाले भने, ‘ मानिस , उपाय , स्रोतसाधन र अन्य ( कर्मचारी , राजनिती लगायतवाट आउने समस्या) लाई व्यवस्थापन गरीए अवश्य सफल भइन्छ।’ आर्थिक सफलताका लागी सामाजिक सेवा पनि आवश्यक रहने धारणा राख्छन् गोल्छा । व्यवसायलाई पैसा कमाउने थलो मात्र नबनाएर सेवामुखी पनि बनाउनुपर्ने उनको आशय हो। ‘ कुरा सबैको सुन्न सक्ने धैर्यता हुनुपर्छ तर वास्तविकतालाई पछ्याउनुपर्छ’ सफल बन्न चाहनेका लागी उनी यसरी सम्झाउछन्।
गोल्छाको दृष्टिकोणमा भ्रष्टचार जम्मा दुई किसिमले गरिन्छ रे ।‘ एउटा इमान्दार र अर्को बेइमान भ्रष्टचार ।‘ इमान्दारले कसैलाई असर पुर्याउदैन , बेइमानले सबैलाई असर पुर्याउछ , अब कुन रोज्ने त्यो तपाईको हातमा ?’ उनले कार्यक्रममा उपस्थित दर्जनौ विधार्थीहरुको विचमा भने। कुनै विषयमा सही निर्णय गर्नुपर्दा मन र मस्तिष्क दईमा कसको कुरा सुन्ने भन्ने विषयमा दोधारमा परियो भने के गर्ने ? उपस्थित एक विधार्थीले गरेका प्रश्नमा गोल्छा निकै रोचक जवाफ दिए , ‘ मेरो मन भन्छ तिम्रो मनको कुरा सुन , मेरो मस्तिष्क भन्छ तिम्रो मस्तिष्कको कुरा सुन।
नेपालमा व्यवसायीहरुको लागी विभिन्न अवसरहरु छन् जुन सफल हुन सकेको छैन् गोल्छाको हेराईमा। ‘क्षमता , जनशक्ती र बिग ब्राण्डको समस्याका कारण हामी नेपालमा सफ्टवेयर उत्पादन र विक्री गर्न सकिरहेका छैनौ ’, उनले भने। सम्पन्न परिवारमा जन्मिएर पनि गोल्छाले आफ्नो मेहनत र लगनशिलतालाई कुनै कम रफ्तार नदिएको त उनको यो सफलताले प्रष्टाइनै हाल्छ। उनको यो कथा र व्यथावाट हामीले केही सिक्ने कि ? आफुलाई मनपरेका कामप्रति आफु समर्पित हुन सर्वप्रथम त्यो कामलाई प्रेम गर्ने कि ? गोल्छाकै भाषामा भन्ने हो भने ,‘ यदि तिमीले प्रेम भन्ने शब्द भेट्यौ भने तिमी अवश्य काममा प्रेम गर्न थाल्छौ र त्यहि काम प्रतिको लगाव, मेहनत र प्रेमले सफलता दिनेछ।

No comments:
Post a Comment