Thursday, October 6, 2016

जान्नुहोस् यी सफल व्यक्तिको जीवनबाट हामीले के सिक्न सक्छौँ ?

उद्देश्य के लिनु उडी छुनु चन्द्र एक । महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी पंक्तिले हामीलाई उत्साहित बनाउँछ । हुन पनि हो, हामी सबै सफल हुन चाहन्छौं । त्यसै अनुसार मेहेनत गर्छौैं र, सफलता पाउँछौं । सफलताको एउटै सिढिं मेहेनत हो । हामी सफल भएका व्यक्तिको सफलता मात्र देख्छौं । तर, सफलताको त्यो शिखरमा पुग्न उनीहरुले कति मेहेनत गरे र कति हरेश र हन्डर खाए खासै वास्ता गर्दैनौं । आज हामी जीवनमा कडा संङघर्ष गरेर सफल भएका व्यक्तिहरुको चर्चा गर्दैछौँ ।
बिल गेट्स-बिल गेट्स् माईक्रो सफ्टका फाउन्डर हुन् । उनले अहिलेको सफल जीवन पाउनका लागि धेरै हण्डर र ठक्कर खाएका छन् । उनी धेरै रात भोकै पनि सुतेका छन् । शुरुवाती दिनमा उनले धेरै तिरस्कार सहनुपर्यो । उनले कम्प्युटरको ग्राफिक्स ईन्टरफेस र माउस बनाउँदा धेरै कम्पनीले उनको आइडियालाई रिजेक्ट गरेका थिए । उनको पेपर प्रोजक्टलाई पनि कसैले महत्व दिएनन् । तर उनी हार नमानेर निरन्छर प्रयास गरिरहे र पछि सफल व्यक्ति बने । अहिले उनी संसारकै धनी व्यक्ति हुन् ।


सोईचिरो होन्डा– सोईचिरो होन्डा, अटोमोटिभ होन्डा कम्पनीका फाउन्डर हुन् । होन्डाले पनि यहाँ सम्म आइपुग्न धेरै संङघर्ष गरेका छन् । उनी कामको खोजीमा टोयोटा कम्पनी गएका थिए । त्यहाँ उनलाई “तिमी यो कामको लागि फिट छैनौ” भनेर रिजेक्ट गरियो । तर उनले हार मानेनन् । निरन्तर मेहेनत गरिरहे । उनले टोयोटा कम्पनीसँग प्रतिस्पर्धा गर्न होन्डा कम्पनीको स्थापना गरे । हाम्रो जीवनमा खुट्टा तान्ने धेरै हुन्छन् । कसैले आफूलाई नराम्रो भन्यो भनेर मनमा इख पाल्ने भन्दा पनि अरुले भनेका कुरालाई ताकत बनाएर अघि बढ्नु पर्छ भन्ने कुरा उनको जीवनबाट बुझ्न सकिन्छ ।
स्टेफेन किङ्ग-स्टेफेन किङ्ग प्रसिद्व लेखक हुन् । उनको किताब नपढेको र फिल्म नहेरेका मानिसहरु कमै छन् होला । तर उनको जीवनको कथा थोरैलाई मात्र थाहा होला । उनले आफ्नो पहिलो उपन्यास प्रकाशनका लागि धेरै मेहेनत गरे । विभिन्न प्रकाशककहाँ धाए । तर, उनको उपन्यास कसैले पनि प्रकाशन गर्न मानेनन् । उनी निराश भए र रिसको झोकमा त्यो किताब फोहोरमा फालिदिए । त्यो किताब पछि उनको श्रीमतीले उठाइन र उनलाई हार नमान्न भन्दै फेरि लेख्न सुझाइन् । स्टेफेनले त्यो उपन्यास फेरि लेखे । सन् १९७३ मा उनको पहिलो उपन्यास क्यारी प्रकाशित भयो । पछि उनले द साईनिङ, द ईस्टान्ड, क्यारी मिजेरी, ईट जस्ता किताब र रिता हेव्र्थ जस्ता फिल्मका साथै टि.भी शो पनि लेखेका छन् । हाम्रो मेहेनतलाई नकार्ने धेरै हुन्छन् । तर त्यसैलाई आफ्नो शक्ती बनाएर जीवनमा अगाडी बढ्नु पर्छ भन्ने कुरा उनको जीवनीबाट बुझ्नुपर्ने कुरा हो ।

थोमस अल्वा एडिसन-थोमस अल्बा एडिसन सफलताको कथाले पनि हामीलाई पे्ररित गर्छ । थोमस एडिसनलाई बहुमूखी प्रतिभाका धनी पनि भनिन्छ । उनले बत्ती आविस्कार गरेका हुन् । त्यो क्रममा उनी ९९९ पटक चुकेका थिए । तर १०० औं पटकमा उनी सफल भएका थिए । उनी सफल भएपछि धेरैले उनलाई “पटक पटक असफल नहुदाँ आफूलाई कसरी सम्हाल्नु भयो” भन्ने प्रश्न गरे । जवाफमा उनले भने, “मैले त्यसबेला बत्ती बनाउने नयाँ मार्ग पत्ता लगाएँ ।” थोमसको सफलताको कथा पढेपछि, जीवनमा असफल भए पनि हामीले मेहेनत गर्न छोडनु हुँदैन् भन्ने बुझिन्छ ।
एम.एस.धोनी-एम.एस.धोनी भारतका चर्चित र सफल क्रिकेटर हुन् । उनको नाम र प्रसिद्धि खुबै छ । तर क्रिकेटर बन्नु भन्दा पहिले रेल स्टेसनमा टिकेट कलेक्टरको रुपमा काम गर्थे । उनले पहिला फुटबल पनि खेल्ने गर्थे । पछि उनलाई उनको कोचले क्रिकेट खेल्न लगाएका हुन् । उनको कप्तानीमा भारतले वल्र्ड कप पनि जित्यो । अहिले उनी सफल क्रिकेटरका रुपमा परिचित छन् । यो स्थानसम्म आइपुग्न उनले धेरै मेहेनत गरेका हुन् । धोनीको जीवनीमा फिल्म पनि बनीसकेको छ एम एस धोनी– द अनटोल्ट स्टोरी । यो फिल्म सेप्टेम्बर ३० मा रिलिज हुनेछ । उनको दुःख पछिको सुखका दिन हामीले चाँडै नै पर्दामा हेर्न पाउने छौं । तर, उनको मेहनत र लगनबाट हामीले हार कहिल्यै पनि मान्नु हुँदैन भन्ने सन्देश प्राप्त गर्छौँ ।
नरेन्द्र मोदी-भारतका प्रधामन्त्रि नरेन्द्र मोदी पहिले आफ्नो बुवालाई काममा सघाउँथे । उनका बुवाले रेलवे स्टेशनमा चिया बेच्ने काम गर्थे । उनले थ्रेटिकल प्रोडक्सनमा राजनेता भएर काम पनि गरेका थिए । त्यहीं बाट उनी राजनिति तर्फ आकर्षित भएका हुन् । उनीे कलेजमा राष्ट्रिय स्वंयम् सेवायक संघको “प्रचारक” थिए । उनी १७ वर्षको उमेरमा घर छोडेर दुई वर्षको लागि देशको विभिन्न ठाउँ घुम्न निस्किए । सन् १९९० मा बि.जे.पी. न्यू दिल्लीको प्रवक्ता भए । उनले यू.एस.मा पब्लिक रिलेशन र ईमेज म्यानेजमेन्टको तीन महिने कोर्स पूरा गरे । सानो छँदा उनी १९६५ ईन्डो–पाक वारमा घायल भएका अर्मीहरुलाई मद्दत गर्थे । उनले १९६७ मा गुजरात फल्डस्मा परेकालाई पनि मद्दत गरे । त्यसपछि उनले गुजरात ईस्टेट रोड ट्रान्सपोर्ट कर्पोरेशनमा स्टाफ क्यान्टिन चलाए । त्यसपछि उनी आर.एस.एस को टाईम प्रस्तावक र प्रचारक भएर काम गरे । पछि उनले आर.एस.एस. को नागपूर क्याममा ट्रेनिङ पनि लिए । त्यो ट्रेनिङ संदस्यले संघ परिवारमा आफ्नो स्थान कायम गर्न लिनै पर्छ । उनको एन्टी ईमेरजेन्सीमा गरेको कामले सिनियर प्रभावित भए । त्यसपछि उनी गुजरातमा भारतीय जनता पार्टीको क्षेत्रीय आयोजक पनि भए । यसरी मोदीले आफ्नो राजनैतिक करियरलाई अगाडि बढाएका हुन् ।

चेतन भगत –चेतन भगत अहिले ईन्डियाको चर्चित नोबलिस्टको रुपमा परिचित छन् । उनी नोबलिस्टका साथै मोटीभेस्नल ईस्पिकर पनि हुन् । उनी विभिन्न कलेज र कम्पनीमा ईस्पिच दिन्छन् । तर, यो स्थानसम्म आइपुग्न उनले कडा मेहेनत गरेका छन् । पहिला उनको नोबल “फाईभ पोईन्ट सम वान” प्रकाशित हुनु भन्दा अगाडि धेरै ठाँउमा रिजेक्ट भएको थियो । तर, उनले हार मानेनन् । अन्ततः उनको नोबल रुपा पब्लिकेशनले प्रकाशित गर्यो । उनको पहिलो नोबललाई पाठकले रुचाए पनि । त्यसपछि वान नाइट एट कल सेन्टर, टु स्टेटस्, थ्रि मिस्टेक्स् अफ माइ लाइफ, रिभोलुशन २०२०, हाफ गर्लफ्रेण्ड जस्ता नोबल प्रकाशित गरेका छन् । उनका प्राय नोबलबाट फिल्म बनिसकेका छन् । फिल्म थ्री इडिएट्स उनको नोबल फाइभ पोइन्ट सम वान बाट पे्ररित फिल्म हो । फिल्म हेलो उनको नोबल वान नाइट एट कल सेन्टर को कथालाई लिएर बनाइएको हो । उनको किताब टु स्टेटस् बाट फिल्म टु स्टेटस् बनेको हो । यस्तै, फिल्म काइ पो छे उनको किताब थ्रि मिस्टेक आफ माइ लाइफ बाट बनेको हो । उनको किताब हाफ गर्लफ्रेण्ड बाट पनि फिल्म बन्दैछ ।
चेतन भगतको जीवनीबाट हार मानेन भने सफलता पाइन्छ भन्ने कुरा बुझिन्छ ।
हामी जिवनमा कोही न कोहीबाट प्रेरित भएका हुन्छौँ । उनीहरुको जीवनको सफलता र असफलताले हामीलाई प्रेरित र प्रोत्साहित गरिरहेको हुन्छ ।

No comments:

Post a Comment